१०४. तीन सन्देश कविता

 तीन सन्देश कविता

✍️ बसन्तराज अधिकारी तथा श्रीमती एशोदा अधिकारी
सन्देश एक १ ~~~~~~~ तिमी असल थियौं, चम्कियौं । म कमसल थिएँ, थन्किएँ ।।१।। तिमी बिद्वान थियौं, पुजियौं । म मूर्ख थिए, निन्दित भएँ ।।२।। तिमी सामाजिक थियौं, समायोजन भयौं । म असामाजिक थिएँ, बहिस्कृत भएँ ।।३।। तिमी मित्र थियौं, सकारात्मक रह्यौं । म शत्रु थिएँ, नकारात्मक रहें ।।४।। सलाम मेरो श्री ४ लाख२ सलाम !!! ✍️ शाखा अधिकृत BAT -21 Batch 2062 स्टाफ कलेजवाट तालिम अवधिमा परिचयात्मक पुस्तिका "साथी" मा प्रकाशित आफ्नै कविता पुनः परिमार्जन सहित सन्देश दुई २ ~~~~~~~ शक्ति भन्दा बुद्धि उत्तम, भाग्य भन्दा पुरुषार्थ ।।१।। खोजी राछु जीवनमा, सुखदुःखको साँचो अर्थ ।।२।। दु:खका पहाड नाघ्दा नाघ्दै, यहाँ सम्म आई पुगियो ।।३।। अझै अगाडि दृष्टि दिंदा, धेरै अग्ला पहाडहरु देखियो ।।४।। ✍️  रचनाकार : बसन्तराज अधिकारी राजापुर, बर्दिया । सन्देश तीन ३ ~~~~~~~~ माला थाप्ने, गला होईन, भारी बोक्ने, खुट्टा बन ।।१।। झुपडी मिल्काउने, हुरी होईन, पहाड सम्याउने, भूकम्प बन ।।२।। गहना बन्ने, सुन होईन, रेलगाडी बन्ने, फलाम बन ।।३।। बेश्या बन्ने, सुन्दरी होईन, सहयोद्धा बन्ने, बिराङ्गना बन ।।४।। ✍️ रचना/लेखन तथा सङ्कलनः वसन्तराज अधिकारी पुरानो डायरीको पानावाट साभार कीर्तिपुर, काठमाण्डौं हाल : राजापुर, बर्दिया ।

Comments