१०७. मेरो देश नेपाल

 मेरो देश नेपाल

मेरो देश नेपाल 

सदैभरी जन्मभूमि नेपालकै, गीत गाई रहुँ । मातृत्वको अजस्र प्रेमधारा, सधै पाई रहुँ ।।१।। प्राकृतिक मनोरम सुन्दरता, मेरो देश नेपाल तराई पहाड सगरमाथा, स्वर्णिम हिमाल ।।२।। विश्वमान चित्रमा अंकित, सानो देश नेपाल । सर्वोच्च शिखर सगरमाथा, श्रीपेच हिमाल ।।३। नेमुनी द्वारा संरक्षणमा, नाम रह्यो नेपाल । बिभाजन छ तराई पहाड र उच्च हिमाल ।।४।। हो ज्ञान भुमि शिव धाम, बुद्धको जन्मस्थल । देवी र देउता रमाई बस्ने, सुन्दर क्रिडास्थल ।।५।। गोपाल किराँत लिच्छवि मल्ल, शाहकाल उप्रान्त । लोकतान्त्रिक संघीय गणतन्त्र, सार्वभौम संयन्त्र ।।६।। नेपाली जाती बिश्वमा चिनिने, वीरताको निशानी । मानव सभ्यताको उषाकालको, सुन्दर बिहानी ।।७।। जन्मेर यहीँ धर्तीमा हुर्के र बढे माटोको ममता । विभेद धनी र गरिब नहुन् सबमा, होस् समता ।।८।। जननी र जन्मभुमि स्वर्गभन्दा, हुन् गरिमामयी । हजुरकै चरण कमलको सेवा समर्पण, भाव लिई ।।९।। पुनः२ यहि मेरै यहीँ नेपालमा, पाउँ म जन्मन । जननी र जन्मभूमि लाई गर्दै, हर्दम प्रणाम ।।१०।। रचनाकार : ✍️ बसन्तराज अधिकारी दाङ घोराही हाल : राजापुर, बर्दिया ।

Comments