११०. प्रेम गीत जीवनसाथी

प्रेम गीत जीवन साथी

✍️ बसन्तराज अधिकारी, दाङ घोराही @ कीीर्तिपुर,काठमाण्डौं
प्रेम गीत जीवनसाथी  सानो छँदा आमा हुन साथी । बैंशमा साथ हुन्छ श्रीमती ।। यहि त रैछ संसारिक रित । यो जीवन मायाँको संगीत ।।१।। जन्म र सुरक्षा आमा महतारी । शिक्षा र बृत्ति पिता सहकारी।। मायाँ प्रेम रसमा जीवनसाथी । सुख सन्तोष ज्ञानी सन्तती।।२।। पेशा व्यवशाय दैनन्दीन अर्थ । मिल्दछ पनि प्रारब्ध र धर्म ।। सत्मार्गको गति सभ्यता पथ । राष्ट्रभक्ति स्व-अभिमत ।।३।। बृत्ति पथ मै छ जीवनगती । अधुरो जीवन बिना श्रीमती ।। यो संसार हो माँयाको घर । यसैमा जीवन को रहर ।।४।। पेशा र हो कर्म गुरुतर ज्ञान । सदाचार जीवन हुन्छ महान ।। जीवनसाथी बिना हुन्छ शुन्य । सृष्टिकर्ता तिमीछौ धन्य।।५।। जवानीको प्रिय साथी प्रौढमा सहकारी । बृद्धअबश्थाका नर्स हुन् प्रिय जीवनसाथी ।।६।। प्रवासको बिद्या मित्र घरको मित्र पत्नी । रोगीको ओषती मित्र मृत्युु हुँदा धर्म ।।७।। नारी पुरुष सृष्टि सभ्यताका दुई पैया रथका । नारी बिना पुरुष कहिल्यै हुँदैनन् पुर्ण जीवन पथमा ।।८।। सुख खुशी जीन्दगानी मानिसको कर्म । महिला हक अधिकार न्याय समानता परिपुर्ण ।।९।। जीवनसाथी शब्द कति मिठासले युक्त । चल्छ जीवनगती सदा माया प्रेमवत संयुक्त ।।१०।। रचनाकार: ✍️ बसन्तराज अधिकारी रचना मिति : २०७३/१/२९ पुनः परिमार्जन सहित घर: घोराही उपमहानगरपालिका, दाङ @ कीर्तिपुर, काठमाडौंं ।

Comments