८६. कोरोना कहरले अकालमै, लादैछ अमुल्य ज्यान । स्वास्थ्य मापदण्ड अपनाउन नि, छैन हाम्लाई ज्ञान ।।१।।२

कोरोना कहरले अकालमै, लादैछ अमुल्य ज्यान ।          स्वास्थ्य मापदण्ड अपनाउन नि, छैन हाम्लाई ज्ञान ।।१।।२                                  

✍️ वसन्तराज अधिकारी, राजापुर, बर्दिया 
                                                                                                                                                                                      कोरोना कहरले अकालमै, लादैछ अमुल्य ज्यान ।                   स्वास्थ्य मापदण्ड अपनाउन नि, छैन हाम्लाई ज्ञान ।।१।।२                                                                                                              कोभिड -१९ महामारी बिश्वब्यापी, दर्दनाक कहर                  फ़ैलिरहेछ बिषाक्त वायु सरि, नरसंहाररूपी जहर ।।२।।

चिनको बुहान यस्को मुहान, पार्यो लाखौं चिहान ।
होनहारको मृत्यु खवर आउँछ, बिहान् बिहान् ।।३।।

न छ यस्को कुनै डाक्टर बैद्य, न औषधि मुलो ।
कालै आए सरि मानवतालाई, निल्नु सम्म निल्यो ।।४।।

सामाजिक, भौतिक दुरि, मुखमा लाउनु मास्क ।
हात धुनु बीस सेकेन्ड मिची२, होशियारी साथ ।।५।।

मानिस भन्दा पशुपंन्छी, जनावर बरु होला ज्ञानी ।
कोरोनाले मार्यो भनी फ़ेरि अलापबिलाप किन रुनि ! ।।६।।

एकातिर विश्व स्वास्थ्य संगठनका, डाक्टर कराईराछन् ।
अर्को तिर सरकारी सूचनामा, खबरदारी गरिराछन् ।।७।।

सार्वजनिक शिक्षण संस्था बिद्यालय, बन्द प्रायः छन् ।
अत्यावश्यक सेवा मात्र निर्बाधरुपमा चलिराछन् ।। ८।।

तथापि ! हरेक जालझेल नौटंकी नि, मान्छे गरिराछन्  ।
आफ्नै लापरबाहीले मर्दा नि, सरकारलाई सराप्दैछन् ।।९।।

सरकार मूर्ख मनुवा नि हैन, साक्षात् भगवान नि हैन ।
सामुहिक शक्तिलाई नटेरे, आफ्नो हित हुने छैन ।।१०।।

जो जहाँ छौं धैर्यताले त्यहीँ बस भन्दा, कस्ले मान्या छ ? ।आफ्नो आङको भैंसी नदेखि अरुको, जूम्रा देख्या छ ।।११।।

संसारमा स्वस्थ्य तन्दुरुस्त रहि बाँच्न, कस्लाई रहर हुन्न ?
आधारभुत मापदण्ड पूरा गर्न सके, कोरोनाले छुन्न ।।१३।।

रोग विरुद्धको प्रतिरोधात्मक क्षमता, नष्ट गर्छ जब ।
कोभिडको प्रतिकुल प्रभावले, ग्रसित गर्छ तब ।।१४।।

होशियारपूर्वक सतर्कता गरौं, आवश्यक मापदण्ड पूरा ।
संयमित र धैर्यवान हुन् यश, कोरोनायुगका सुरा ।।१५ ।।

कोरोना कहरले अकालमै, लादैछ अमुल्य ज्यान ।
स्वास्थ्य मापदण्ड अपनाउन नि, छैन हाम्लाई ज्ञान ।।१।।२

✍️ बसन्तराज अधिकारी
राजापुर, बर्दिया ।
रचना मिति : २०७७-०७-२१ शनिबार शुभम् ।

Comments