८३. संक्षिप्त साहित्यिक परिचय : कवितामा

                       ✍️ बसन्तराज अधिकारी

संक्षिप्त साहित्यिक परिचय : कवितामा 

म त हजुर ! निजामती, सरकारी सेवा ।

यसैमा छ रोजी रोटी, मिल्छ सेवा टेवा ।।

तीसौं बर्ष व्यतीत भयो, अनुभवी पाको ।

योग्यता क्षमता प्रतिस्पर्धा गरि, जागीर खाको ।।१।।

समायोजन भए पश्चात्, संघीय सरकार ।

प्रमुख प्रशासकीय अधिकृत, हाल कामकाज ।

राजापुर नगरपालिका, राजापुर बर्दियामा ।

विगत डेढ बर्ष भन्दा बढी, बसेको छु याहाँ ।।२।।

नाम मेरो बसन्तराज, अधिकारी थर ।

जन्मस्थल मजगैं दाङ, घोराही हो घर ।।

राष्ट्रसेवक हुँ म एक, सेवा नेपाल प्रशासन ।

उपसचिव नेपाल सरकार, मेरो पहिचान ।।३।।

                        ✍️ बसन्तराज अधिकारी 

                              राजापुर, बर्दिया ।




Comments