८२. तिहार दीपावली २०७७

 तिहार दीपावली २०७७                                                          

✍️ म साथमा बहिनीहरु र भाइ घोराही उपमहानगरपालिका, रझेना, दाङ शुभ दिपावली तिहार, २०७७ को जमघट 
                                                                                               

शरद ॠतुको सुन्दरतामा
पर्दछ तिहार दीपावली ।
खुशी र उमंगको चाड यो
सवैतिर उज्यालो झिलिमिली ।।१।।

भित्र्याउने अन्नवाली
किसानको खुशी हुन्छ बहाली ।
नधुलो नहिलो सफा प्रकृति
शारदीय शोभा हालीमुहाली ।।२।।

बनपाखामा फुलफुलेका जाहीजुही
चमेली सयपत्री मखमली ।
प्रकृति मुस्कुराएकी छिन शोभनीय
धरतीको मुहारखुली ।।३।।

खुशीमा छन जनहरु,  नजाडो नगर्मी
अनुकूलताको समयावधि ।
महान चाड बडा दशैं पछिको
दोस्रो ठूलो चाड अगाडि ।।४।।

यमपञ्चकको पर्व यो
बिबिधताले भरिएको ।
काग देखि यमराजसम्म
श्रद्धा पुजनादी गरिएको ।। ५।।

काग_कुकुर_गाई_गोरू_लक्ष्मी
यमराज यमुना दिदी भाइ ।
मीठो खाने राम्रो लाउने गरि
मेहनत साथ कमाई ।।६।।

द्यौसी भैलो सांस्कृतिक
परम्परागत पहिचान ।
चाड पर्वले दिन्छ मानवलाई
सभ्यता  संस्कृतिको स्वज्ञान ।।७।।

तुच्छ देखि उच्च-सम्म यथोचित सबै
जीव जगतको पुजा उच्च सम्मान ।
सवको महत्व अआफ्नै छ जगमा
पशुपंन्छी मानव देवगण समान।।८।।

तृष्णा लालच अस्वस्थ्य प्रतिस्पर्धा
धनसम्पत्तिको धाक रवाफ ।
आडम्बर परित्याग गरौं
बनाउ सुन्दर सभ्य समाज ।।९।।

कोरोना भाइरसको कहर छ
बाँच्न सबैलाई रहर छ ।
आफू बाँचौं ! अरुलाई बचाउँ
भौतिक र सामाजिक दुरी कायम राखौं ।।१०।।

संक्रमणको खतरा बढदो छ
मृत्यु दर पनि बढिरहेछ ।
होशियारपूर्वक सावधानी न अपनाउँदा
समय बितेसके पश्चात् पश्चाताप व्यर्थ छ ।।११।।

मानव जातिलाई आईपरेको महाविपद्
स्वास्थ्य मापदण्ड अपनाउँदै ।
मास्कको प्रयोग, स्यानिटाईजर वा
२० सेकेन्ड सम्म मिचिमिची हात धुँदै ।।१२।।

फ़लफुल र मिठाईका परिकारहरु
केनमेल गर्दा होश गर्ने गरौं बरु ।
लत्ता कपडा गरगहनामा मितव्ययिता
अपनाउँ सादा जीवन उच्च सतर्कता ।।१३।।

महान पर्व तिहार यमपञ्चक
लक्ष्मी पुजा, सुखरात्री भाइटीका ।
दिदीभाइको गाढा प्रगाढ नाता
धर्म संस्कृति सदाचार मानवता ।।१४।।

महान चाडको महान छ सन्देश
आत्मसात गरौं सबै मिली ।
तब मात्र बन्छ  सुन्दर देश यो सदा
दीपावली झै सदा झिलीमिली ।।१५।।

🙏धन्यवाद 🙏

✍️ रचनाकार  :  बसन्तराज अधिकारी
स्थान : स्वनिवास घोराही दाङ
रचना मिति : गोबर्धन पुजा, २०७३ पुनः परिमार्जन मिति २०७७-०७-१७  सोमबार राजापुर, बर्दिया ।

Comments