९६. दु:खदायी बुहार्तन भयो जागीर ।।

 दु:खदायी बुहार्तन भयो जागीर 

✍️ वसन्तराज अधिकारी 
                            उपसचिव, नेपाल सरकार                     

     

✍️  वसन्त राज अधिकारी 


नखाँदा सम्म अचम्म लोभ लाग्ने ।

अर्काले खाएको देख्दा सहज ठान्ने ।।१।।


समाजमा ठाँटबाँठ भई सोख मान्ने ।

नौवटा करकर सहि नोकरी धान्ने ।।२।।


दुःखदायी बुहार्तन भयो जागीर !!!


सदाचारको मूल ढोकामा ताल्चा मारेर ।

बनावटी इज्जत प्रतिष्ठा र आदर्शको खोल ओढेर ।।३।।


 ज–जस्को शासन चल्छ उसकै गीत गाउँदै ।

 पहिला जा त्यस पछि गीर रै छ जागीर ।।४।।


 योग्यता क्षमता र काम काजले,

 मूल्याङ्कन अपवादमै होला ।

 चाकडि चाप्लुसी र जी हजुरीयाहरूले

 रबाफ बढाउछन्, भाग्य बगाउछन् याहाँ ।।५।।


 दुःखदायी बुहार्तन भयो जागीर !!!


राजनीतिक र जागीरको सीमाङ्कन 

मेटियो अब छैन केहि फरक पन ।

फरक यत्ती छ जागीरलाई योग्यता चाहिने 

राजनीतिकलाई जसरी पनि चुनाव जिते हुने ।।६।।


दु:खदायी बुहार्तन भयो जागीर !!!


सेवा सुबिधा तलव भत्ता आफै निर्णय गरि खाने

फ़ेरि कसरी होला माननीय हुने ?

कहिले हाँस्न मन लाउँछ कहिले रुने !

भो हजुर अपरम्पार छ लिला 

बयानै गर्न नसकिने ।।७।।


दु:खदायी बुहार्तन भयो जागीर !!!


ऎन कानुन बिहिनतामा पनि 

संघीय सेवा  जेनतेन  चलेकै छ ।

राजतन्त्र फालेर संविधानसभावाट

निर्मित नयाँ जनताको संविधान ।।८।।


संघीय लोकतान्त्रिक गणतन्त्रात्मक 

अग्रगामी संघीय नयाँ नेपाल ।

मुल्यांकन गर्नुपर्छ अब यस्को आमजनतालाई

के फरक पायौं उन्मुक्ति को सास ।।९।।


दु:खदायी बुहार्तन भयो जागीर ।


आखिर ! परिवर्तन के भयो ? मुहार उहीँ छ 

प्रवृत्ति कत्ति पनि फ़ेरिएको छैन ।

जनताका दु:खका पहाड उस्तै छन् 

नेता जनप्रतिनिधिका दरबार ठडिएका छन् ।।१०।।


✍️ अपि सन्देश कर्मचारी मिलन केन्द्र, दार्चुलावाट प्रकाशित कविता, २०५२ को पुनः परिमार्जन २०७७ 


८. "जागीरे-यात्रा" सिर्जनाहरुको सङ्गालो, २०७० ।


✍️  बसन्तराज अधिकारी

राजापुर, बर्दिया ।

Comments

Post a Comment