बन्दाबन्दी "लकडाउन", स्वपालन गर्नु पर्छ । मानिस बाँचे सृष्टि चल्छ, अनन्त जीवन ।।२।।
✍️ वसन्तराज अधिकारी @ राजापुर, बर्दिया |
कोरोनाको कहरले, रहर बन्दी भयो ।
आजवाट बडादशैं, पनि बिदा भै गयो ।।२।।
अर्कोसाल भेट होला, आफन्तजन सँग ।
कोरोना लाई जितेर, मनाउँला रसरंग ।।३।।
यस्तै रैछ मानिसको, जीन्दगानी कर्म ।
छोडनु हुन्न कर्तव्य, सत्कार्य र धर्म ।।४।।
टुक्रुक्यै बुढाबुढी घरमा, बसेका छौं दोक्लै ।
चाडबाडपनि खल्लो, लाछ केभनौं रखै ।।५।।
बिश्वब्यापी महामारी कोरोना, कहरले रुलायो ।
आफन्त देख्दा पनि, पराई लाग्न लायो ।।६।।
बन्दाबन्दी "लकडाउन", स्वपालन गर्नु पर्छ ।
माक्स लाई होशियारि, सतर्कता गर्नुछ ।।७।।
मन्दिर बिहार गुम्बा, मस्जिद चर्च गुरुद्वारा ।
शंख घन्ट ॐ माने, प्रार्थना गुरु स्मरण ।।८।।
सुनसान छन् देवी देउता, शोकमा डुबे सरि ।
मानिस सबै मर्दै जाँदा, झर्छ आँसु बर्बरी ।।९।।
अध्यात्मिक जागरण, स्वज्ञान प्रज्ञा अन्तर्मन ।
मानिस बाँचे सृष्टि चल्छ, अनन्त जीवन ।।१०।।२
✍️ रचनाकार : बसन्तराज अधिकारी
स्वनिवास घोराही, दाङ
रचना मिति : २०७७-०८-१० सोमबार शुुभम् ।
बडादशैं तथा बिजया दशमी "महादशमी" २०७७

Comments
Post a Comment