९४. अथ गणेशस्तोत्र प्रारम्भ ।

 अथ पाञ्चायनस्तोत्र प्रारम्भ 

श्री गणेशाय नम:  

✍️ अथ गणेशस्तोत्र प्रारम्भ ।


हे गौरीसुत ! हे प्रभो ! गणपते ! हे अष्टसिध्दीपते ! हे स्वामी ! गजवक्त्र ! हे गुणनिधान ! हे ॠध्दिबुध्दी पते ।। हे लम्बोदर एकदन्त ! बिजुलीझै क्या चलाक लेखन्या ! मेरा दु:ख तरफ फिरुन नजर ती संसार सब देखन्या ।।१।। हे विष्णो ! करुणानिधे ! हरघडी लक्ष्मी संगैमा लिन्या ! हे विश्वंभर ! हे हरी नरहरी ! हेभक्तिले देखिन्या ।। हे राधापती ! रुक्मिणीपती प्रभो ! हे जानकीका पति ! मेरा दु:ख सबै बढारिदिनुहोस बक्सिस मिलोस सुख जति ।।२।। हे शंभो ! शिव ! हे सतिपति ! सधैं शिरमाथि गंगा लिन्या ! हे योगी हरिभक्त भक्तहरुका संताप सब नासन्या । हे शिर्माशशी लाउन्या मृगलिन्या तीन नेत्रले शोभिन्या । हे निर्वाण !अनन्यसेवकमहुँज्ञानबक्सियोस स्थिर हुन्या ।।३।। हे राजा ग्रहका पिताजी यमका हे अन्धकार्का अरि ! हे छायापती ! हे शनिश्चर- पिता ! को छन हजुर्का सरी । हे श्री सुर्य जगत भरी घुमी-घुमी सबको बिचार गर्दिन्या सारा रोगहरु नाश गराईदिनुहोस् मेरो उपर दु:ख दिन्या ।। हे देवी ! दु:खनाशिनी भगवती ! हे विष्णुमाया रमा । हे नारायणि ! शारदे ! गिरीसुते ! दृष्टि दिनुहोस् ममा ।। हे दुर्गे ! सब देवताकी जननी ! हे आदिशक्ति माता । पाउ पर्छु मलाई सिध्दी दिनुहोस् सेवक हुँ जाउँ कता ।।५।। यो पान्चायनको स्तुति जउन जन पढ्छन घरैमा बसी । तिन्का दु:ख बिनाश गरि सुख दिनन यी देव कम्मर कसी । यी पान्चायनका चरण कमलमा शिर्लाई पैल्ये धरी ।  बिस्तार गर्छु म भक्ती श्री हरिजिकि श्लोकवद्ध भाषा गरि ।।६।। इति श्री पान्चायनस्तुती सम्पुरणम शुभम ।। 

स्रोत : भगवतीस्तोत्र रत्न पुस्तक भण्डार, भोटाहिटी, काठमाडौ, नेपाल ।

Comments