८७. शनिबार महिमा : कविता

शनिबार महिमा : कविता 

✍️ बसन्तराज अधिकारी र एशोदा अधिकारी
                 श्री अम्बिकेश्वरी मन्दिर, अम्बापुर, दाङ घोराही 

जागीरेको शनिवार रमाइलो दिन ।

छुट्टीहुने कार्यालय मित्र~मिलन ।।

समयको नयाँ गति यो पुरानो रिती ।

लचकता कार्यसमय, हुनुपर्ने थिती ।।

                       ।।१।।

परम्परा अड्डाखाना, स्कुल कलेज ।

प्रशासन प्राध्यापन, उहि पुरानै रित ।।

परिवर्तित समय र बिकासको माँग ।

नेतृत्वगण, युवावर्ग, अव उठ जाग ।।

                        ।।२।।

सयौं बर्ष सुतेका हो, उठने बेला भयो ।

एकत्रित भै आपसमा,जुटने बेला भयो ।।

सिंहदरबार हैन अब, स्थानीय सरकार हाम्रो ।

यहीँ गरौं बिकास निर्माण, सुन्दर देश राम्रो ।।

                         ।।३।।

फुर्सदको समयलाई पुर्णत:, सदुपयोग गरौं ।

रचनात्मक सिर्जनात्मक, अभ्यासमा जुटौं ।।

शारीरिक मानसिक बौद्धिक र संवेगात्मक ।

स्वस्थ्यताका पहिचान हुन्, सदैव ख्याल राखौं ।।

                          ।।४।।

चिन्तन मनन स्वाध्यायमा, नित्य निरन्तर ।

सकारात्मक भावनामा, दिन व्यतीत गर ।।

महामारी रोगलाई जित्न, सक्ने स्वसामर्थ्य ।

आत्मशक्ती "सिनर्जिकल" गरौं स्वयं साध्य ।।

                          ।।५।।


✍️ रचनाकार : बसन्तराज अधिकारी

बाँके, नेपालगन्ज ।

रचना मिति : शनिबार ३१ भाद्र २०७४ पुनः परिमार्जन मिति शनिबार २१ कार्तिक २०७७ शुभम् 

हाल : राजापुर, बर्दिया । 

Comments