८१. तिहार दीपावलीको हार्दिक शुभकामना !!!

 तिहार  दीपावलीको हार्दिक शुभकामना !!!                                

✍️ वसन्तराज अधिकारी साथमा बहिनी बालिकादेवी न्यौपाने 
                  ऎतिहासिक तस्बिर २०४३ हर्नोक, दाङ । 


शरद ॠतुको सुन्दरतामा, पर्दछ तिहार दीपावली ।

खुशी र उमंगको चाड यो, सवैतिर उज्यालो झिलिमिली ।।

भित्र्याउने अन्नवाली, किसानको खुशी हुन्छ बहाली ।

नधुलो नहिलो सफा प्रकृति, शारदीय शोभा भरी ।।१।।

बनपाखामा फुलेका, जाहीजुहीचमेली सयपत्री मखमली ।

प्रकृति मुस्कुराएकी छिन, शोभनीय धरतीको मुहारखुली ।।

खुशीमा छन जनहरु, नजाडो नगर्मी आनन्ददायी प्रकृति ।

महान चाड बडादशैं पश्चात् दोस्रो ठूलो चाड अगाडि ।।२।।

यमपञ्चकको पर्व यो, बिबिधताले परिपुर्ण भरिएको ।

काग देखि यमराजसम्म, श्रद्धा पुजनादी गरिएको ।।

काग_कुकुर_गाई_गोरू_लक्ष्मी यमराज यमुना दिदी भाइ ।

मीठो खाने राम्रो लाउने, गरि मेहनत साथ कमाई ।।३।।

द्यौसी भैलो सांस्कृतिक पर्व, परम्परागत रित पहिचान ।

चाड पर्वले  मानवलाई दिने सभ्यता संस्कृति दिव्य ज्ञान ।।

तुच्छ देखि उच्च-सम्म, जीव जगतको पुजानादी सम्मान ।

सबैको महत्व छ जगमा, जीवजगत पशुपंन्छी समान।।४।।

अस्वस्थ्य प्रतिस्पर्धा, धनसम्पत्तिको रोब धाक रवाफ ।

आडम्बर परित्याग गरौं, बनाउ सुन्दर सभ्य समाज ।।

महान चाडको महान छ सन्देश, आत्मसात गरौं सवमिली ।

तबमात्र सुन्दर देश बन्छ, दीपावली झै झिलीमिली ।।५।।


धन्यवाद 


✍️ रचनाकार :  बसन्तराज अधिकारी

स्थान : स्वनिवास घोराही दाङ 

रचना मिति : #गोबर्धन_पुजा_२०७३ पुनः परिमार्जन सहित ।

Comments