४४. बडादशै : लोकाचार : होशियार कोरोनाको कहरमा, अपनाउँ उच्च सतर्कता !?

बडादशै : लोकाचार : होशियार कोरोनाको कहरमा, अपनाउँ उच्च सतर्कता !?

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
बर्षौं बर्ष देखि मात्र देखिरहेका छैनौं अपितु भोगीरहेका छौं हाम्रो घर आँगनीमा गल्ली गोरेटो गाउँ र समाजमा भित्रीएको दशैं उस्तै उस्तै लाग्छ हरेक बर्ष तामझाम  नयाँ लुगा कपडा माछा-मासु शैशिकार र आ-आफ्नो कुलपरम्परा र रितिरिवाज उस्तै उस्तै मीठो मीठो खानेपिने लुगा कपडा र गर-गहना वा नयाँ बस्तु हुनेखाने र सम्पन्नताको चहलपहल गरिव-गुरुवा भर्सेस धनी र सम्पन्नको नाटकीय तामझाम  ।।१।। त्यसैले होला भनिएको पनि पुनित: पावन पर्व बडा दशैं । को हुन त बडा ¿¡ पञ्च पिता जन्मदिने बाबू शिक्षा दिने गुरु राष्ट्रनायक छोरी दिने ससुरा अन्नदिने किसान र तत् तत् माता पञ्च माता पौराणिक मत ।।२।। नातामा उच्च पदमा उच्च शिक्षामा उच्च नैतिकता र सदाचारमा उच्च र अन्त्यमा उमेरमा उच्च बडा वा श्रेष्ठ शास्त्रीय मत तर बिडम्वना बडाको परिभाषा स्पष्ट छैन दिनप्रतिदिन धमिलो छ हिजोआज बडाको अर्थ धनीमानी र सम्पन्नतामा जोडिएको छ । दुनियाँ दिनप्रतिदिन स्वार्थी र मतलवी हुँदै गैराछ ! अफशोच !!! ।।३।। अरुको त केकुरा बाबू-आमा पनि धनी  र सम्पन्न सन्ततीको बखान गर्छन् गुनगान गर्छन चाहे त्यो दौलत कमिशन, घुसखोरी र भ्रष्टाचारवाट कमाको किन नहोस । यथार्थमा समाज अपरिवर्तित छ जड छ साँच्ची क्रान्तिकारीको मुखुण्डो भिरेकाहरु अझ बढी स्वार्थी र दम्भी छन ।।४।। के छ र नयाँ परिवर्तित रुपरंग र नयाँ ढंग आशिर्वाद त्यही दिन्छन आयु द्रोण सुते श्रीयं दशरथे ।। यथास्थितिवाद के आश गर्ने खै !? रुढीबादी र पश्चगामी समाज एउटा औपचारिकता बिधिको बिडम्बना र लोकाचारको पर्व चाडवाड हो मान्नपर्छ । मान्दिम न त मानेरै के बिग्रन्छ र ? आखिर यस्तै चलिराछ र चलिरहन्छ ।।५।। यस बर्ष २०७७ को बडादशैं अधिकमासले कार्तिकमा धकेलियो एकातिर बिश्वब्यापी कोरोना "कोभिड-१९ महामारीको सन्त्राश अर्कोतिर परम्परागत बडादशैं पर्व । सरकारको घोषणा छ जो जहाँ छ त्यहीँ मनाउँनु पर्छ दशैं बुढाबुढी आमा बाबू हजुरामा हजुरबुबालाई भेटन नजानु है दशैं त अर्को साल पनि मानिएला तर, प्रिय आफन्त गुमाएमा फ़ेरि कहिले पनि पाउनेछैनौं । होशियार कोरोनाको कहर चिन्तन मनन गरौं र सहि निर्णय लिउँ ।। ६।। विश्वव्यापी महामारी कोरोनाको कहर बन्दाबन्दी "लकडाउन" होईन रहर ! विश्व कोभिड-१९ ले भयाक्रान्त छ शहर ।। विकसित, अल्पविकसित र विकासोन्मुख सबैको उस्तै उस्तै अवस्था रहेपनि । तौरतरिका र शैली फरक२ छन् । कोरोना साम्य हुने कुनै संकेत छैन । तसर्थ भौतिक दुरी र स्वास्थ्य मापदण्ड यहीँ छ एकमात्र अचुक अस्त्र । दशैं तिहार आउँछन् जान्छन् । हाम्रो सोचाई र समझदारीमा संकुचित न आवस् । अवश्यमेव मिलिरहनेछ ठुलाबडाको आशीर्वाद जो जहाँ छौं त्यहीँ बसौं । यात्रा नगरिनहुने भए अपनाउ होशियारी र अपनाउँ उच्च सतर्कता ।।७।। ~~~~~धन्यवाद ~~~~~ ✍️ रचनाकार : बसन्तराज अधिकारी रचना मिति: २०७३/०६/१९ मंगलबार पुनः परिमार्जित मिति : २०७७/०६/२१ बुधबार स्थायी ठेगाना : दाङ घोराही हाल: राजापुर, बर्दिया ।

Comments