४२. शहर भन्दा गाउँ छ राम्रो, शान्त र सुन्दर ।

 शहर भन्दा गाउँ छ राम्रो, शान्त र सुन्दर ।

                  
✍️ वसन्तराज अधिकारी, घोराही दाङ नेपाल 

शहर भन्दा गाउँ छ राम्रो, शान्त र सुन्दर । गाउँ मै जन्मे गाउँमै हुर्के, सरल जीवन ।।१।। खेती र पाती बस्तु र भाउ, छ आत्मनिर्भर । जति हेर्यो हेरि रहुँ लाग्ने, प्राकृतिक सुन्दर ।।२।। धुवाँ र धुलो प्रदुषण छैन, स्वच्छ स्वच्छन्द । अध्यात्मिक सुख मिल्दछ, असिम आनन्द ।।३।। न जाल झेल  स्वार्थ प्रपञ्च न स्वार्थ घमण्ड । जति रसास्वादन लियो उति, असिम अनन्त ।।४।। शहर पनि भोगियो देखियो, गाउँ पनि देखियो । गाउँकै श्रेष्ठता अब्बल ठानी, कविता लेखियो ।।५।। किसानको सपना भन्दा, सर्वोच्च केहि छैन । जननी यिनी हुन् मानवका, सदिच्छा महान ।।६।। धानका बाला झुलेका छन् , लहलह खेतमा । पहेंल पुर स्वर्णिम भण्डार, धर्तीको काखमा ।।७।। स्वर्गका देवता लोभिन्छन्, याहाँ प्रकृति भुस्वर्ग । परम आनन्द धन्य छ जीवन, उत्तम पवित्र ।।८।। जो देखे सत्य यथार्थ लेखे, कविता बनाई । एकपटक अवश्य अनुभव लेउ, शहरिया आई ।।९।। स्वर्ग भन्दा सहस्र सुन्दर उत्तम, ग्रामीण जीवन । प्रफुल्ल भै आनन्द मै रमेको छ,भावना मन ।।१०।। ✍️ बसन्तराज अधिकारी राजापुर, बर्दिया रचना मिति: २०७७\०६\१७ शनिबार ।

Comments