३८. बिछोडको बेला अमिलो मन ……… गीत गजल बिछोडको बेला, अमिलो मन ....

 बिछोडको बेला अमिलो मन ………

                
📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेेपाल
बिछोडको बेला अमिलो मन, तिम्रो नि हुँदो हो । नबोलेपनी लुकाई आँसु, धरधरी  मन त रुँदो हो ।।१।। भेटमा पोखौला मनका बह, भनि मुटुमा खोपेको । भेट हुँदा सारा ति बह लाई, भुतुक्कै भुलेको ।।२।। गहिरो माया बसेछ दिलभित्र, देखाउ म के गरि । बसेछ माया म कस्को छोरा तिमी कस्को नि छोरी ।।३।। नजिक भन्दा टाढाको माया,  हुन्छ नि अजर र  अमर  । उद्देश्य प्रेम्मिलन खातिर  छोडेको घरबार ।।४।। जहाँ छन राम अयोध्या त्यही सीता र लक्ष्मण । गाण्डिब धनु काँधमा शर बोकेर  शिकारी बन बन ।।५।। न घरको झोज व्यवहार ताना, न इष्टमित्र न कुल कुटुम्ब । पंन्छी झै उडदै गगनमा खेल्दै रमाउंदै बित्दछ उमंग ।।६।। भाग्यले पाको लेखेर ल्याको कसको के लाग्दछ । मायामा ईष्र्या रिस-डाहा गर्नेले दु:ख मात्र भोग्दछ ।।७।। कस्लाई हुन्न चाहना दु:खवाट मुक्ती  सुखको सदिच्छा । साँचो मायामा आउनु नि सक्छ है अग्नि परीक्षा ।।८।। प्राप्तिमा मात्रै होईन नि माया त्यागमा झन गहिरो । मिलनमा मात्र होईन नि माया  बिछोडमा झन कसिलो ।।९।। भेटमा मिठा गरम्ला कुरा मायामा बसम्ला हाँसेर । जीवनको साया मायाको छायाँ के हुन्छ रोएर ।।१०।। भौतिक शरीर अभौतिक माया मिश्रित सुन्दर यौवन । यहि नै रैछ पुर्णता दिने जीवनको अनमोल धन ।।११।। यो गुरु ज्ञान पहिला नि तिम्ले मलाई नि दिएको । साँचेर राख्या थिएर नि आज नासोको रुपमा तिम्लाई नै दिएको ।।१२।। जस्का छन बलिया पखेटाहरु ति उडन सक्दछन । गगन भेदी मायाले कहिले नि सिमाना नाग्दछन ।।१३।। घमण्ड हुन्न मायामा कहिले रिस राग नि  हुँदैन । बदनाम गाली र घटिया सरापले मायालाई छुदैन  ।।१४।। जन्मेको भए धर्तीमा आज  बुद्ध ति प्रेममा । शुध्दोधन बाबा, माया देवी आमा राहुल पुत्र यशोधराका साथमा ।।१५।। रचनाकार : बसन्तराज अधिकारी "बुलेट ब्रो." रचना मिति २०७३/०५/४ बाँके, नेपालगन्ज । गीत गजल
📝 बिछोडको बेला, अमिलो मन विभिन्न राष्ट्रियस्तरका पत्रिकामार्फत प्रकाशित     

Comments