३५. घरसँग साथीत्व "मनसँग आत्मालाप"

 घरसँग साथीत्व "मनसँग आत्मालाप"

❣️ हाम्रो परिवार घोराही उपमहानगरपालिका स्थित दाङ आफ्नै स्वनिवासमा सामुहिक तस्बिर श्रीमती र छोराछोरी समेत 

राजधानी शहरको कोलाहलवाट, अनिवार्य अवकाशप्राप्त पश्चात्
बिशिष्ट कर्तव्य कर्म र
निक्षेपित दायित्व 
एकाधिकार सहित ।।१।। 

सुन्दर नगरी दाङ घोराहीको
आफ्नै गृह जिल्ला ।
"घरसंग साथित्व्"को स्वनिवासमा
अब सेवा निवृत्त साधनामा ।।२।।

ब्रह्मलिन हुन पुँगे तब भएको 
मनसंगको आत्मालाप ।।
मेरो अगाडि आए धेरै थरी अनुहारहरु 
मजस्तै हामी भित्रका स्वरुपहरु ।।३।।

"शक्ती"आएर भन्यो 
खबरदार!खबरदार !!
तेरो तागत मेरो मुठ्ठीमा छ ।।४।।

"बुध्दी" आएर भन्यो 
आर्काको भर नपर 
तँसंग म अपार छु, सागरजस्तै ।।५।।

"कर्म" आएर भन्यो 
तँ मात्र केवल नोकर हैन 
संसारका सबले मेरै नोकरी गर्छन्,
तथापि, अज्ञानिहरु आफुलाई मालीक ठान्छ्न् 
म तँ जस्ता यथार्थबादीको साथमा छु ।
जस्ले स्वयंलाई स्वघोषितरुपमा नोकर स्वीकार गरे ।।६।।

"भाग्य" अदृश्यवाटै आकाशवाणी गरे 
म किमार्थ तिनको साथमा छैन 
जो प्रारब्ध र पुरुषार्थहिन सम्पत्तिको उपभोग गर्छ्न, र
स्वयंलाई भाग्यमानी सोच्छ्न ।।७।।

"प्रारब्ध" मौन रहे 
केही बोलेनन 
उनमा मैले 
मेरा स्वर्गीय पिताजीको स्वरुप देखे ।।८।।

"पुरुषार्थ" गह्रौ भारी सहित 
पसिनाले निथरुक्क भिजेर  
गोजीवाट रुमाल झिकेर 
पसिना पुछ्दै रहेको देखियो  ।।९।।

"ज्ञान" टाढा२ वाट 
एउटा सेतो सफेद शिला आकृति  ।
प्रश्नवाचक मुद्रामा 
देखिई रहेको थियो ।।
आत्मबोध आफैभित्र 
परिस्कृत अन्तरह्रदयको
अन्तरबोध सुखानुभुति ।।१०।।                                                                       रचना: बसन्तराज अधिकारी
मिति : मंगलवार, चैत्र १६, २०७२ 
परिमार्जन मिति: २०७७\०५\१५ सोमबार 
स्वनिवास (घर) : घोराही दाङ 
पुनः परिमार्जन मिति : शुक्रबार ०८ असोज २०७८ 

Comments