२८. साहित्य (कविता) संविधान

साहित्य (कविता)                                                                        संविधान

            
📘 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
संविधान देशको मुल कानुन । धेरै बर्ष सम्म जनजिब्रोमा रह्यो । नेपालको कानुन, दैवले जानुन ।। १।। लादिएको विधि बिधान र पद्धति । अर्कैको खटनपटन आफ्नो स्वाभिमान रहित । गन्तव्यहिन ति दिन जनता जनार्दन !! कठैबरी ।।२।। आधा दर्जन भन्दा बढी संविधान फ़ेरिए ।। हरे ! हाम्रो जीवनशैली अपरिवर्तित कठैबरी ।। हामीसँगै लोकतान्त्रिक बाटोमा हिडेका । सँगै बामे सर्न थालेका श्रध्देय हाम्रा छिमेकीहरु ।। कहाँवाट कहाँ पुगिसके ? हाम्रो गति कहावत हिन्दी मुहाबरा । नौदिन चले अढाई कोष नेतृत्व शुन्य गतिमा कसरी आवस त होश ।।३।। न त समुचित रोजगारी छ ? न त शिक्षा दीक्षा ।। रोजगारी र शिक्षा भारत, खाडी मुलुक र  युरोप अमेरिका तिर ।। आजको तिक्तता यथार्थ आज नबोले कहिले बोल्ने ? अहिले नभने कहिले भन्ने ?? ।। त्यसैले त जनआन्दोलन संघर्ष भए । शान्ति सहमति र बृहत शान्ति सम्झौता समेत भए र त एकथान संविधान लेखिए ।।५।। हामीसँग एकथान अत्याधुनिक संविधान छ । जनताको आशा भरोसा र राज्यको मार्गचित्र ।। संविधानसभा वाट निर्मित हाम्रो स्वप्रतिबिम्ब ।। हाम्रो आफ्नै संविधान भाग्य र भरोसाको बिधान ।।६।। हामी आज अत्यन्त खुशी र आशावादी पनि छौं । र त यो संविधान दिवस, २०७८ मनाईरहेछौं ।। हामीसँग आज जेजति छ त्यसैमा अगाध आस्था । बिश्वास र गर्व छ अर्काको देखेर हामी लोभिन्नौं ।। त्यसैले त हामी पौरषी छौं । हामीसँग प्राकृतिक सुन्दरता छ मेची देखि महाकाली कालापानी लिम्पियाधुरा सम्मको हिमाल पहाड तराईको समथल मैदानको भुबनावट अवस्थित छ ।। नदी नाला ताल तलैया झरनाको अनुपम प्राकृतिक सुन्दरता बिद्यमानता छ ।। ७।। अद्वितीय सगरमाथा अनुपम शान्ति । बुद्ध जन्मभुमि ।। शिवको ज्ञानभुमी जनक र सीताको कर्मभुमी । वीर पुर्खाहरुको पितृभुमी ।। परन्तु, हामी भने आफ्नै शरिरको बिना नचिन्ने । कस्तुरी मृगसरी किन हराईरहेछौं किन ?? २०७२ को नयाँ संविधान संविधानसभा वाट घोषणा भए पश्चात् । राष्ट्रपति उपराष्ट्रपति सभामुख उपसभामुख । संघीय प्रदेश स्थानीय तह निर्वाचन सम्पन्न गर्यौं ।। ८।। स्थायी सरकार कर्मचारी समायोजन र पदपूर्ति कानुन बिहिनतामा कुहिरोमा हराएको काग जस्तैः किन बन्दैछ मुलुकका उच्च राजनीतिक नेतृत्व र प्रशासकहरु अनिर्णयको बन्दी !? ।।९।। अबेर भैसक्यो र पनि खै दैलो उघारेको । सुर्योदय भै माथीमाथी चढदा ओछ्यानमा सुतिरहेको अल्छि जस्तैः भैरहेको वर्तमान समयमा सातौं संविधान दिवस, २०७८ ले सद् बुद्धि प्रदान गरोस् नेतृत्व गणमा । सम्पुर्ण राष्ट्रबासी तथा प्रवासी सबैमा सातौं संविधान दिवस, २०७८ को हार्दिक मंगलमय शुभकामना ।।१०।।
✍️ रचनाकार : बसन्तराज अधिकारी                     अधिवक्ता तथा साहित्यप्रेमी र पुर्व उपसचिव, नेपाल सरकार      
🌻बाँके, नेपालगन्ज, २०७४ संविधान दिवस कार्यक्रममा बाचन तथा गुडन्युज पत्रिकामार्फत प्रकाशित आफ्नै रचना पुनः समसामयिक परिमार्जन सहित प्रस्तुति ।                                 ✍️ हाम्रो भावना राष्ट्रिय दैनिक पत्रिकामार्फत प्रकाशित भएको  📝 पुनः सातौं संविधान दिवस, २०७८ को अवसरमा साझा गरिएको ।                                                                                                                      

Comments