३९. सन्दर्भ : कोरोना भाईरस ( कोभिड -१९) कविता कविताको शीर्षक : एक्लिदैंछ मान्छे !

 सन्दर्भ : कोरोना भाईरस ( कोभिड -१९) कविता                        कविताको शीर्षक : एक्लिदैंछ मान्छे !!                      

✍️ वसन्तराज अधिकारी
                    घोराही उपमहानगरपालिका, दाङ, नेपाल             

मानिस एउटा सामाजिक प्राणि हो ।
स्कुल, क्याम्पस र बिश्व बिद्यालयमा पढेको ।।
लोक सेवा पढदा बुझेको गुनेको ।
मानिस जैविक, मनोबैज्ञानिक र सामाजिक प्राणी ।
तर, अहिले आएर जैविक प्राणी
मात्र लागिरहेको छ ।।१।।

व्यक्ति२ मिलेर घर बन्दछ ।
घर२ मिलेर परिवार र
परिवार२ मिलेर समाज,
समाज२ मिलेर राष्ट्र अन्ततः
राष्ट्र२ मिलेर अन्तर्राष्ट्र
हाम्रो पुर्वीया दर्शनले भन्छ
बसुधैव कुटुम्बकम् ।।२।।
(यो संसार नै हाम्रो घर हो ।)

मानिस स्वार्थी प्राणि हो
हामीले बुझेकै हो ।
परन्तु, व्यक्तिगत स्वार्थभन्दा माथी
सामाजिक स्वार्थ ।
सामाजिक स्वार्थभन्दा माथी
राष्ट्रिय स्वार्थ ।।३।।
हाम्रो  बन्दाबन्दी "लकडाउन" पुस्ता ।
कोरेन्टिन र आइसोलेसन ।
कोभिड - १९ को संक्रमण पश्चात्
कन्ट्याक्ट् ट्रेसिङ
नेगेटिभ रिजल्ट गुड
पोजेटिभ व्याड ।। ४।।

जीवन् यावन कठिनतम् ।
चरम आर्थिक संकट ।
कसरी मुक्त होला ?
कोभिड-१९ महामारीको
परिणाम प्रतिफल
फर्कन सामान्य अवस्थामा ।
सोच्न कठिन छ ।
भोगाई अझ महाकठिन ।
खुम्चिदैछ हाम्रो सोचाइ
सभ्यता बिकास संस्कृति
शिक्षा र संस्कार ।। ५।।

~~~समाप्त ~~~
रचनाकार : बसन्तराज अधिकारी
मिति : २०७७/०२/०५ सोमबार
स्थान : राजापुर, बर्दिया ।

Comments