४०.नोकरी भनि रोजेको सेवा…………

 नोकरी भनि रोजेको सेवा…………                                             

✍️ वसन्तराज अधिकारी
                     घोराही उपमहानगरपालिका, दाङ, नेपाल                   

गाउँमै जन्मे गाउँमै हुर्के, गाउँमै पढेर ।

शिक्षक बनि घर गाउँवाट, सेवामा जुटेर ।।१।।


स्वतन्त्र र निष्पक्ष छनौट, योग्यता प्रणाली ।

निजामती सेवामा प्रवेश गरे, लोक सेवा पास गरि ।।२।।


जागीर खान कसैको भनसुन, हात पाउ जोडिन ।

घमण्ड, ईष्र्या लोभ र मोह, कहिल्यै बोकिन ।।३।।


राजनीतिक स्वार्थ जाल र झेल प्रपञ्च रचिन ।

राजनीतिक सँग सहकार्य भयो, आशक्त लिईन ।।४।।


जिल्ला र क्षेत्र केन्द्रिय सेवा, सरकारी नोकरी ।

बढुवा भए योग्यता क्षमताले, प्रतिस्पर्धा गरि ।।५।।


संघीय सरकारको दीर्घ सेवा, गरेर पश्चात् ।

संघवाट काजमा आईयो, स्थानीय तहमा ।।६।।


चार दशक करिब सरकारी सेवा, निजामती र शिक्षक ।

राष्ट्रसेवक भै बुद्धि र विवेक खर्चेर, सधैं, देशकै रक्षक ।।७।।


सेवा भाव इमानदारी, कर्तव्यबोध भएर सधैं ।

नोकरी भनि रोजेको सेवा, उत्तम रैछ है ।।८।।


जनसेवा एउटा जागीर, मात्र होईन रहेछ । 

सिङ्गो जीवन समर्पण गर्दा, तपस्या भएछ ।।९।।


स्वाभिमानी निजामती सेवक, उत्तम भएछ ।

नोकरी भनि रोजेको सेवा, महान रहेछ ।।१०।।


~~~~~समाप्त~~~~~


रचनाकार: ✍️ बसन्तराज अधिकारी

रचना मिति : २०७७\०५\०८ मंगलबार 

स्थायी ठेगाना : घोराही उपमहानगरपालिका, दाङ                  हाल : कीर्तिपुर, काठमाण्डौं, नेपाल । 

Comments