३१. राष्ट्रसेवकको स्वाभिमान

 राष्ट्रसेवकको स्वाभिमान

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
मानिसको जिन्दगानी, कर्कलाको पानी । बाल बित्यो बित्यो पनि, बैँस र जवानी ।।१।। उमेरले परिपक्व भै, अनुभव सङ्गालेर । राष्ट्रसेवा गर्नुपर्छ, राष्ट्र नै घर ठानेर ।।२।। भ्रष्टाचार अनैतिक छद्म, कुकृत्य गरेर । आखिर के लानु छ र, एकदिन मरेर ।।३।। नीति बनाई थीति बाँधी, पध्दति बसाई । असल राम्रो कर्म गरि, संसार हँसाई ।।४।। पुण्य कर्म मानव धर्म, भन्दा ठूलो के छ? । स्वर्ग नर्क पाप पुण्य, सव थोक यहिँ छ ।।५।। जस्तो रोप्यो त्यस्तै फल्छ, कोदो रोपि धान । कहाँ पो फलेको छ हजुर, यहीँ सत्य ज्ञान ।।६।। सुखमा भन्दा दु:खमा हुन्छ, आफ्नो पहिचान । इज्जत हुन्छ बस्न सके, निजत्व स्वाभिमान ।। ७।। ✍️ बसन्तराज अधिकारी घर::दाङ घोराही हाल: राजापुर, बर्दिया ।

Comments