३२. मलाई जन्म दिई यस धर्तीमा पदार्पण गराउने आमा [महतारी] बाट श्रृति-स्मृति

मलाई जन्म दिई यस धर्तीमा पदार्पण गराउने आमा [महतारी] बाट श्रृति-स्मृतिको आधारमा साक्षरता सिकाई शिक्षा

(मुखाग्र~ {×कण्ठाग्र होईन} शिक्षा पद्धति) #पुरानोशिक्षा 
                    
📒 मेरो प्रात: स्मरणीय आमा भावना अधिकारी र बुबा स्व. बलदेव प्रसाद अधिकारी बि.सं. २०३६ साल पुर्वको दुर्लभ तस्बिर 

म सानो [करिव ५ बर्षको छँदा आजभन्दा साढे चार दशक पुर्व बि.सं.२०२५-०२६ सालतिर] हुँदा मेरी आमा श्रीमती भावना अधिकारीले मुखाखर (कण्ठ? कण्ठाग्र~जवर्जस्त, मुखाग्र= स्वेच्छिक) मामाघर हजुरबुबा (कोमानिधी आचार्यवाट श्रुतिस्मृतिको आधारमा सुनेको बि.सं. २०२८ सालभन्दा पुर्वको पुरानो शिक्षा प्रणालीको अ आ इ ई, कखरा सुनाउँछु ध्यान दिनुस् है त । यो पुरानो शिक्षा पढेको हैन, मैले नयाँ शिक्षा पढेको श्रुति-स्मृतिका आधारमा मात्र :- अ आ इ ई ……… अ= अमला रुखमा हेर फलेको आ=आँप उडायो आज गलेको इ= इमिली अमिलो हुन्छ नखाउ ई= ईश्वरको महिमा गुण गाउँ उ=उल्लु हुँ हुँ गर्छ कराई उ= उँखु मीठो लाग्छ मलाई ॠ =ॠषिश्वर बनमा कुटी लगाई लृ=लृ कौवाले लग्यो उडाई ए= एक्कामा चढी जाउ डिल्ली ऎ=ऎनामा मुख हेर्दछ बिल्ली ओ=ओखलमा सबै कुट्द्छन धान औ=औषधि बैद्य बनाउँदछन जान अं= अम्बा अमृत तुल्य छ मीठो अ: अ: यो केटो कति ढिटो ।। कखरा है त क देखि ज्ञ सम्म क=कमला रुखमा भमराले छायो । ख= खटिया माथी बस्यो खरायो । ग= गधा माथी धोवी चढेको । घ= घडी हेर लौं तीन बजेको । ङ=ङा ङा ङु ङु बच्चा गर्छ । च=चरो बारीमा चारो खोज्छ । छ= छडी हातमा गुरुजी लिन्छन् । ज= जहाज जंगल पारी जान्छन । झ=झण्डा फरफर गर्छ लौ हेर ञा = ञा ञा बालक रुन्छ अधेर ट=टपरी मा छ टमाटर खात ठ=ठगले थैली लियो हात ड=डमरु डमडम गर्छ हाम्रो ढ=ढकना माथी फुल छ राम्रो ण= णणाना बिणाना सुनदी सोर त=तवला ताधिक जोर थ= थलियामा हाली खाउ मिठाई द=दहि बेच्दछन गुवालिनी आइ ध=धनुकाण हान्दछन महावीर न=नगरा ठोक्दछन अयोध्या वीर प=पहलवानहरु कुर्लिन्छन फ=फलपाके पछि भैमा झर्छन ब=बाखरी बनमा दुबो चर्छ भ=भण्टा खाई बैगुन गर्छ म=मह मौरीले जम्मा गर्छ य=यमपापीको सातो हर्छ। र=रथमा राजा भएका राजा ल=लडका लडकी खान्छन् खाजा व=वकिल हिडेका अड्डा जान श=शरिफा पाक्यो जान्छु म खान ष=षट्कोण माथी सरस्वती बस्छिन स=सहरमा झिलिमिली बत्ती बाल्छन ह=हरिणीका ठुलो आँखा क्ष=क्षत्री राक्षस बिघ्न चनाखा त्र= त्राश देखाउँछन राक्षस हेर ज्ञ =ज्ञानी बस्दछ जंगल नेर । #टिप्पणी : {मेरो निजी बिचार} अहिलेको आधुनिक मन्टेश्वरी र अझ हिजोआज MIDas eCLASS शिक्षा प्रणाली भन्दा के कम छ हाम्रो पुरानो शिक्षा प्रणाली ?? तर पुँजीपतिहरुको #ॠण र #अनुदानमा #आशामुखी हुने #आसेपासे राजनीति-कुटनीति-प्रशासनले अंग्रेजी शिक्षाको #अन्धानुकरण र जवर्जस्त लादने प्रभावले गर्दा अघिल्लो पुस्ताले र स्वयं हाम्रो पुस्ताले पनि यसलाई बचाउन तथा संरक्षण गर्न सकेनौं #अफशोच हाम्रो #पुर्खाले हामीलाई कहिल्यै #माफगर्नेछैन । अझै पनि चेत खुल्दैन, #अंग्रेजीशिक्षा कै #उग्रमोह छ । #संझनाकाआधारमा :- संकलन तथा सम्पादन : बसन्तराज अधिकारी घर : घोराही, दाङ @ कीर्तिपुर, काठमाडौंं, नेपाल अभिलेखिकरण तथा परिमार्जन मिति: २०७८\०३\१२ शनिबार ।

Comments