४१. हामी शिक्षक [सन्दर्भ : विश्व शिक्षक दिवस अक्टोबर ५, २०२०]

 हामी शिक्षक कविता

अध्यापक श्री वसन्तराज अधिकारी (स्वयं) प्रधानाध्यापक स्व. यमप्रसाद शर्मा आचार्य परिचर श्री प्रेमबहादुर ठेडीमगर र विद्यार्थी भाइबहिनीहरु श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौंर, थक्लेनी, प्युठान (बि.सं.२०३९ फागुन - २०४५ कार्तिक) 

शिक्षक हौं, हामी सम्पुर्ण  शिक्षक !! सम्पुर्ण बिश्वभरका हामी शिक्षक सामुदायिक र संस्थागत बिद्यालय तालीम केन्द्र, प्रतिष्ठान र एकेडेमीका सम्पुर्ण क्षेत्र तह र तप्काका सम्पुर्ण बौद्धिक वर्ग  शिक्षासेवी गुरुकुल, मदरसा र गुम्बाहरुका ज्ञानका पुजारी सम्पुर्ण गुरुजीहरु ।। शिक्षा सेवा गर्नु धेरै धेरै गर्नु छ हामी हाम्रो प्यारो बिद्यालयमा ।। प्यारो मातृभुमी नेपाल आमाका । छोराछोरी सन्ततीलाई ज्ञान गुणले परिपुर्ण सभ्य सुसंस्कृत शिक्षित नागरिक बनाउनु छ ।। १।। आफ्नो ज्ञान, सीप, धारणाले सकारात्मक परिवर्तन गरि । भावी सन्ततीलाई, विद्वान बनाई ।। देश बिकास गर्नका लागि हर्दम सचेत रहि पहल गर्नुछ । प्यारो हाम्रो देशबासीलाई शिक्षित, सभ्य, समुन्नत बनाउनु छ र बिकास प्रगति र समृद्धिको पथमा अग्रगामी गति प्रदान गर्नुछ ।।२।। विश्वको सर्वोच्च शिखर सगरमाथा "माउन्ट एभरेष्ट" हिमाल शिर भएको देश हाम्रो । महात्मा बिश्व शान्ति दुत गौतम बुद्ध जन्मस्थल सुन्दर शान्त  देश हाम्रो । राजा जनक र सीता जन्मभुमि वीर वीराङ्गनाको हो यो कर्मभुमि । रमणीय पहाडी डाँडा काँडा तराइका समथल मैदानी फाँट हरियाली सुन्दर शान्त हाम्रो देश राम्रो देश नेपाल ।। मेची देखि महाकालीसम्म हामी शिक्षकबर्गहरु शिक्षाको दियो जलाउन आफै जलि "मैनवत्तीको शिखा" जस्तैः गुरुत्व भुमिकामा सदा अडिग रहिरहने छौं  ।।३।। जहाँ, अझैसम्म पनि शिक्षाको उज्यालो ज्योतिवाट सर्वथा बञ्चित छन् नागरिकहरु । पढे लेखे पछि के हुन्छ  थाहा नपाई अन्योलतामा जीवन विताउँदछन् ।। एक्काइसौं शताब्दीमा पनि यद्यपि समाज अन्धविश्वास रुढीबादी परम्परागत यथास्थिति जडसुत्रवादमा ग्रसित र पीडित छ दिनानुदिन यहाँ अझैपनी पाशविक अमानवीय घटना घटिरहेको छन् महिला हिंसा व्यभिचार रुढीबादी घटना दिनप्रतिदिन घृणित घटित भैरहेछन् । नैतिक तथा चारित्रीक शिक्षा कमजोर बन्दै ह्रासोन्मुख छ । पश्चिमा अंग्रेजी शिक्षाको दम्भले हाम्रो पुर्वीया मूल्य-मान्यता शिक्षा र दर्शन रोईरहेछ ।। राज्यको नेतृत्व र सामाजिक अभियन्ता बिदेशी डलर र अर्काकै  भरमा पछौटेपनमै अन्धभक्त भै रमाईरहेछन् ।।४।। अन्धविश्वास र जडसुत्रवादी अशिक्षित समाजमा भिजेरै शिक्षकले शिक्षाको ज्योति अटल भै प्रज्वलित, पार्नु है पर्दछ ।। स्वदेशको लागि सधैं, कम्मर कसेर । प्रगति र समृद्धिको लागि सदैव कर्तव्यबोधका साथ लागि पर्नु पर्नेछ  ।। शिक्षक पेशा, खेलवाड हैन । संघर्ष गर्नुछ ! संघर्ष गर्नुछ !! ।।५।। जय शिक्षा !!! ✍️ रचनाकार : बसन्तराज अधिकारी स्रोत : शिक्षा तथा संस्कृति मन्त्रालय, पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण बिकास केन्द्र, हरिहरभवनवाट प्रशारण गरिएको "रेडियो शिक्षा शिक्षक तालिम कार्यक्रम पारिजात रेडियो नेपालवाट प्रशारित" प्रशारण मिति  २०४०/७/२१ पुनः परिमार्जन मिति २०७७\०६\१९ सोमबार शुभम् ।

Comments