३३. नोकरी भनि रोजेको सेवा…………

 नोकरी भनि रोजेको सेवा………

                     
📝 वसन्तराज अधिकारी 

गाउँमै जन्मे गाउँमै हुर्के, गाउँमै पढेर । शिक्षक बनि घर गाउँवाट, सेवामा जुटेर ।।१।। स्वतन्त्र र निष्पक्ष छनौट, योग्यता प्रणाली । निजामती सेवामा प्रवेश गरे, लोक सेवा पास गरि ।।२।। जागीर खान कसैको भनसुन, हात पाउ जोडिन । घमण्ड, ईष्र्या लोभ र मोह, कहिल्यै बोकिन ।।३।। राजनीतिक स्वार्थ जाल र झेल प्रपञ्च रचिन । राजनीतिक सँग सहकार्य भयो, आशक्त लिईन ।।४।। जिल्ला र क्षेत्र केन्द्रिय सेवा, सरकारी नोकरी । बढुवा भए योग्यता क्षमताले, प्रतिस्पर्धा गरि ।।५।। संघीय सरकारको दीर्घ सेवा, गरेर पश्चात् । संघवाट काजमा आईयो, स्थानीय तहमा ।।६।। चार दशक करिब सरकारी सेवा, निजामती र शिक्षक । राष्ट्रसेवक भै बुद्धि र विवेक खर्चेर, सधैं, देशकै रक्षक ।।७।। सेवा भाव इमानदारी, कर्तव्यबोध भएर सधैं । नोकरी भनि रोजेको सेवा, उत्तम रैछ है ।।८।। जनसेवा एउटा जागीर, मात्र होईन रहेछ । सिङ्गो जीवन समर्पण गर्दा, तपस्या भएछ ।।९।। स्वाभिमानी निजामती सेवक, उत्तम भएछ । नोकरी भनि रोजेको सेवा, महान रहेछ ।।१०।। ~~~~~समाप्त~~~~~ रचनाकार: बसन्तराज अधिकारी रचना मिति : २०७७\०५\०८ मंगलबार स्थायी ठेगाना : दाङ घोराही हाल: राजापुर, बर्दिया ।

Comments