२७. सेतीको किनारबाट .....

 सेतीको किनारवाट ………

              
📘 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
सेतीको किनारबाट कल्ले बोलाउँछ २ आफनो प्यारो मान्छे संझि मनै लोलाउँछ ।२ दिनमा आउने सूर्यलाई म सोध्छु सधै । रातमा आउने चन्द्रमालाई पनि सोध्छु सधै ।। पूर्वबाट बग्ने हावा मैलाई बोलाई भन्छ । अवस्था यो तिम्रो देख्दा मेरो मन रुन्छ ।। सेतीको किनारबाट कल्ले बोलाउँछ २ आफनो प्यारो मान्छे संम्झि मनै लोलाउँछ ।।२ झ्यालमा आउने गौथलिले मैलाई जिस्काउछे । ऋषि मुनि जस्तैः बन्यौ नि त मेरो प्यारो मान्छे ।। चाहिंदैन क्वैली तेरो मिठो भाषा अव । बगिरन्छिन् भावनामा विरहका यि गीत ।। सेतीको किनारबाट कल्ले बोलाउँछ ।२ आफनो प्यारो मान्छे संझि मनै लोलाउँछ ।२ घरमा आमा महतारी भाई बैनी प्यारा । संझिदिहुन् प्रिया मेरी ह्रदयकी तारा ।। प्यारो पुत्र साला साली प्राण जस्तै प्यारा । शसुरा सासुज्यू र आफन्त अरुहरु सारा ।। सेतीको किनारवाट कल्ले बोलाउँछ ।२ आफनो प्यारो मान्छे संझि मनै लोलाउँछ ।।२ जन्म घर र कर्म घर एउटै जस्तो लाग्छ । सपनिमा सामिप्यमा बसे जस्तो लाग्छ ।। सरकारी यो जागीरले बनवासी बनायो । घरमा त कहिलेकाही पाहुनाजस्तो न हो ।। सेतीको किनारवाट कल्ले बोलाउँछ ।२ आफनो प्यारो मान्छे संझि मनै लोलाउँछ ।।२ माण्डवीको किनारवाट यात्रा गरेको । धर्मावती झिम्रुकमा वास परेको ।। सखारै मिर्मिरेमा शारदा झरेको ।। खैराबाङ भगवतीको दर्शन गरेको ।। सेतीको किनारवाट कल्ले वोलाउँछ ।२ आफनो प्यारो मान्छे संझि मनै लोलाउँछ ।।२ बिहानीको झुल्के घाममा राप्ती तिरैतिर । बागेश्वरी देवी लाई नुहाएर शिर ।। बर्दिया र कैलालीको जङ्गल छिचोलेर । भासु र घण्टेश्वरको पहाड नाघेर ।। सेतीको किनारबाट कल्ले बोलाउँछ ।२ आफनो प्यारो मान्छे संझि मनै लोलाउँछ ।।२    डडेल्धुरा भात्काँडाको ठण्डी सहँदै । स्याहुले बजारमा आई चिया पिउँदै ।। रडुवाको घाट हुँदै सेती– दिपायल । स्वर्गभन्दा जन्मभूमी गौरब भूतल ।। सेतीको किनारबाट कल्ले बोलाउँछ ।२ आफनो प्यारो मान्छे संझि मनै लोलाउँछ ।।२ ✍️ रचनाकार : बसन्तराज अधिकारी रचना मिति : २०५०।०३।१० दिपायल, डोटी परिमार्जन  मिति : २०७७-०६-०८ बिहीबार @ कीर्तिपुर, काठमाण्डौं, नेपाल

Comments