सिंह संक्रान्ति
📒 वसन्तराज अधिकारी |
सिंह राशीमा प्रवेश गर्ने दिनलाई, सिंह संक्रान्ति ।
अन्तिम दिन महिना व्यतीत चिनिन्छ मसान्ति ।।१।।
संक्रान्ति एउटा मास परिवर्तन र पवित्र दिन यो ।
नवीन नयाँ सिर्जना रोप्ने, चिन्तन राम्रो हो ।।२।।
फालेर मनका दुर्भावना, बिकृति लुच्चाई ।
कर्तव्यपथमा सदैव राख्नु, सुकृति सच्चाई ।।३।।
गर्मीको उच्चतम न्यूनता हुँदै, सुरुआत दशैंको ।
निलो सफा आकाश खुल्ने, सिंह सक्रान्ति हो।।४।।
जोखिम छ बढदो डेंगु र भाइरल ज्वरो, हुनुहै सतर्क ।
आफ्नो सुरक्षा स्वयं आफैले नगरे कसले गर्दिन्छ ? ।। ५।।
सकिया छैन बर्षात् ॠतु हुँदैछ अझै अधिक बर्षात् ।
दैवी र प्राकृतिक बिपत्ति आउँछ होस् गर्नु है त ।।६।।
राम्रो छ अहिले बर्षे फसल खाद्यान्न मकै र धान ।
यसैमा त अडेको छ हाम्रो अन्नमय जीवन र प्राण ।।७।।
~~~~~समाप्त~~~~~
✍️ बसन्तराज अधिकारी स्वनिवास: घोराही उपमहानगरपालिका, दाङ ।
Comments
Post a Comment