२२. सफलताका १० (दश) सुत्रहरु

 सफलताका १० (दश) सुत्रहरु                         

✍️ वसन्तराज अधिकारी
                        घोराही उपमहानगरपालिका, दाङ                          

१. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

२. डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।

३. धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

४. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धेरै बाटाहरु रहेको तथ्य नभुल्नुहोस् । 

६. सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको बलिदानी (sacrifices) हो । त्यसैले केही ठूलो पाउन स-साना कुरा गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट,  सस्तो  सामाजिक सञ्जाल  घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।

७. आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

८. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

९. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

१०. सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।

✍️ सफलता तपाईको मुठ्ठीमा छ’

✍️ मनन गरौं आफ्नो जीवनमा अपनाऔं ।

✍️ मन परे शेयर गर्न नभुल्नुहोला । 

📒 संकलन :                                                                                                                                                              ✍️  बसन्तराज अधिकारी                                                            दाङ घोराही ।


Comments