साउनको महिना
📝 वसन्तराज अधिकारी प्रमुख प्रशासकीय अधिकृत (रा.प.द्वितीय, उपसचिव) |
बर्षा ॠतुको पहिलो महिना
दिन्छ धुलो मैलो पखाली ।
प्रायः आकाश गुम्सिएको
धर्ती सुन्दर हरियाली ।।१।।
वारि खेत पाखा पखेरा
खोला खोल्सा र गह्रा ।
किसानको पसिना पोखिएको
अन्नको बिज रोपिएको ।।२।।
शिवको महिना बम भोले
हिन्दू सनातन चाडवाड ।
मेहनतले मानो रोपि मुरी
बर्षाले खेतवारी भरी ।।३।।
योजना र बिकास आरम्भ
आर्थिक बर्षको प्रारम्भ ।
सरकारी नयाँ बर्ष साउन
किसानका खुशी आउन ।।४।।
साउनका उज्यालो पक्षसँगैं
अन्धकार पनि छन् विकराल ।
बाढी पहिरो बिनाश हाहाकार
अनाबृष्टी अतिवृष्टी कराल ।।५।।
कोरोना भाईरसको कहर
बिगत छ महिना देखिको डर ।
समुदाय सम्मको संक्रमणले
भयावह बन्दैछ हरेक प्रहर ।।६।।
साउन महिना हुन्छ रे कष्टकर
प्राकृतिक बिपत्ति बिनाश ।
त्राशदी हुन्छ मानव जीवनमा
कालो साउनको डर ।।७।।
उषा किरणको लालित्य
देखिदैन कहिले सन्ध्या ।
कालो बादलले गगनमा
ढाकछोप गर्छ क्षण भरमा ।।८।।
साँप भ्यागुतो किरा फट्याङ्ग्रा
जंगली जनावरहरुको आतंक ।
हत्या हिंसा चोरी डकैती समेतको
सुनिन्छ प्रायः भयक्रान्त ।।९।।
आशा र विश्वासको दियो
दु:ख पछि सुख अवश्य ।
सदा आशावादी छ मानव
तमसोमा ज्योतिर्गमय ।।१०।।
~~~समाप्त ~~~~~~ रचनाकार : बसन्त राज अधिकारी
स्थान : दाङ घोराही
मिति : २०७७\०४\२३ शुक्रबार
Comments
Post a Comment