१७. उच्च शिक्षाको आधारस्तम्भ श्री महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, दाङ, घोराही : एक संस्मरण

१.स्थान परिचय: त्रिभुवन विश्व विद्यालयको आङ्गिक महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, घोराही, दाङको परिषर                                                                                 
📘 उच्च शिक्षाको आधारस्तम्भ श्री महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, दाङ, घोराही  : एक संस्मरण 



२.संस्मरण: बि.सं.२०४५-०४७ को अवधिमा यश क्याम्पसमा इन्टरमिडियट व्यवस्थापन अर्थात् आई.कम.नियमित विद्यार्थीका रूपमा अध्ययनरत छँदै लोक सेवा आयोग, राप्ती अञ्चल कार्यालय, दाङवाट खुला प्रतिस्पर्धा एक मात्र सिटमा करीब ६-७ सय जनाको प्रतिस्पर्धामा अब्बल रुपमा सफ़ल भै महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यानमा सिफारिश भै नियुक्ति भए पश्चात् निजामती सेवाको व्यावसायिकता भित्र आत्मसात गरे तत्पश्चात मेहनत र लगनशीलता एवं खुला प्रतिस्पर्धा वाटै वृत्ति पथमा अधिकृत सम्म अगाडि बढियो ।

३.कृतज्ञता: अहिले पनि यो बाटो हिडदा टक्क रोकिएर सम्झन्छु सुदुर अतितका कालातित अध्ययन संघर्षका आत्मकथा गौरवान्वित हुन्छु, श्रद्धाले शिर निहुरिन्छ, यश महाविद्यालय प्रति जस्ले आज मध्यमस्तरको राष्ट्रिय प्रशासनिक जनशक्तिको रुपमा यहाँ सम्म ल्याई पुरायो । तत्कालीन गुरुवर्ग को कहाँ कता खोजी गरि साध्य छैन परन्तु  क्याम्पस भवन सबैको पहरेदारको रूपमा  भिष्मपितामह समान खडा छ । अहिले त यश घोराही उपमहानगरपालिकाको महानगरमा धेरै निजीस्तरका कलेज तथा क्याम्पसहरु बिकसीत रुपमा दिन दुगुना रात चौगुना भएपनी तत्कालीन समयको एक मात्र बृहस्पतिका रुपमा खडा छ यो महाविद्यालयले उच्च स्तरका राजनीतिक जनशक्ति समेत हाम्रो समकालीन रूपमा उत्पादन गरिसकेको अवस्था रहेको छ ।

४.शैक्षिक उपलब्धि: निजामती सेवामा प्रवेश पश्चात् पनि निरन्तर एकलभ्य समान  स्वाध्यायनवाटै उच्च शिक्षा हाँसिल गरियो । मानविकी, कानुन र शिक्षामा स्नातक र मानविकी तथा सामाजिक शास्रमा स्नातकोत्तर यी सबै शैक्षिक उन्नयनको जग अथवा मुलाधार यही महेन्द्र बहुमुखी क्याम्पस नै हो भन्दा अत्युक्ति नहोला ।

५. सन्देश: मेरो यो सानो लघु अनुभुतीको सारसन्देशमा "स्वर्ग देख्नलाई आफै मर्न पर्छ, नमरी स्वर्ग कसले देखेको छ र ! ? यसको तात्पर्य "अरुले गरिदिएर हैन,आफैले गर्नुपर्छ, प्रगति अवश्य हुन्छ भन्ने सार कुरालाई आउँदो पुस्ताले आत्मसात गरोस् ।

आजलाई यत्ति ❤️🚾🙏👌✍️

धन्यवाद सहित महेन्द्र बहुमुखी क्याम्पसको पुरानो प्रवेश द्वार नयाँ प्रवेश द्वार पछि बनेको हो क्याम्पस भवन सहितको तस्बिर 👁️

अनुभव कस्को ??

बसन्त राज अधिकारी
स्थायी ठेगाना (हाल) : घोराही उपमहानगरपालिका वार्ड नं.१७, पनौरा, दाङ
कार्यरत : प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव, राजापुर नगरकार्यपालिकाको कार्यालय, राजापुर, बर्दिया ।
दिनाङ्क : मंगलबार १२ कार्तिक २०७६ तिहार भाईटीका शुभम् ।

Comments