८. Election Commission Nepal Special Request सबै नेपाली नागरिकहरूलाई विशेष #अनुरोध !! (Special Request to All Nepalese #Citizens)

केही जानकारी केही अनुरोध : निर्वाचन आयोग, नेपाल                                        
                            ✍️ वसन्तराज अधिकारी                                                         क्षेत्रीय निर्वाचन अधिकारी                                                           बाँके, नेपालगन्ज                                                                   (२०७३ - २०७५)                                                                                                                                                     
Election Commission Nepal
Special Request

सबै नेपाली नागरिकहरूलाई विशेष #अनुरोध !! (Special Request to All Nepalese #Citizens)                                                  

• मतदानद्वारा आफुलाई मन परेको प्रतिनिधि चुन्न पाउने अधिकार नागरिकको मौलिक अधिकार हो ।

• मतदानद्वारा आफुलाई मन परेको प्रतिनिधि चुन्न मतदाता नामावलीमा नाम दर्ता गरौं ।

• मतदाता नामावलीमा नाम नभएको व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न पाउँदैन ।

• निर्वाचनमा उम्मेदवार हुन वा आफुले रोजेको उम्मेदवारलाई मतदान गर्न मतदाता नामावलीमा नाम हुनु अनिवार्य हुन्छ । तसर्थ मतदाता नामावलीमा नाम दर्ता गरी आफ्नो अधिकार सुरक्षित गरौं ।

• स्थानीय निकाय निर्वाचनवाट नेपालको निर्वाचन इतिहास प्रारम्भ भएको हो ।

• नेपालमा पहिलो पटक बि.सं.२००४ साल जेठ २९ गते काठमाडौ म्युनिसिपालिटिको निर्वाचन भएको हो ।

• नेपालमा बि.सं.२०१० सालमा सम्पन्न काठमाडौ नगरपालिकाको निर्वाचनमा महिलाहरूले मताधिकारको अधिकार पाएका हुन ।

• नेपालमा बि.सं.२०१० मा सम्पन्न काठमाडौ नगरपालिकाको निर्वाचनमा वडा नं ८ को वडाध्यक्षमा साधनादेवी प्रधान निर्वाचित भएकी थिइन । उनी नेपालको पहिलो निर्वाचित महिला जनप्रतिनिधि हुन ।

• नेपालको पहिलो प्रमुख निर्वाचन आयुक्त (प्रधान निर्वाचन कमिश्नर) सुवर्ण शमसेर राणा हुन ।

• नेपालको पहिलो महिला निर्वाचन आयुक्त उषा नेपाल हुन ।

• नेपालको पहिलो संसदीय आम निर्वाचन २०१५ साल फागुन ७ गते शुरु भएको हो ।

• राष्ट्रिय जनमत संग्रह बि.सं.२०३७ साल बैशाख २० गते सम्पन्न भएको हो ।

• राष्ट्रिय जनमत संग्रह सम्पन्न गर्न बि.सं.२०३६ सालमा गठित राष्ट्रिय चुनाव आयोगको अध्यक्ष पदमा भगवती प्रसाद सिंह नियुक्त भएका थिए ।

• स्वच्छ, स्वतन्त्र र बिश्वसनीय निर्वाचन : हाम्रो लक्ष्य, हाम्रो अभियान



° Free,fair and credible election is the mission of all election.

° your vote is your right, your vote is your choice.

° The ballot is stronger than the bullet.

° Voters don't decide issues; they decide who will decide issues.

° Learn from the voters.

° Exercise your right to vote, shape tomorrow by voting today.

° Your vote is a valuable thing.

° The roll right, the poll right.

° Free and fair election:pride of nations.

° Who do not vote, have no right to complain.

° In election one man one vote and one vote one value.

° Your vote is your voice: be heard.

----------------------------------------

साभार :-

© नेपालको संविधानमा निर्वाचन र यससँग सम्बन्धित केही जानकारी पुस्तिका:

प्रकाशक : निर्वाचन आयोग, नेपाल

Presentef by :-

Mr.Basanta Raj Adhikari
Chief at Regional Electiom office
Nepalganj.

==========================

२. निर्वाचन आयोग, नेपाल र म   [ धारावाहिक कविता]

छन्द : स्वछन्द गीति लयमा
रचना: स्वयं



सत्ताईस बर्ष पुरा भयो, निजामती सेवा राष्ट्रसेवक भाको ।
गत बर्ष उपसचिव पदोन्नति भै, निर्वाचन आयोग अन्तर्गत नेपालगन्ज आको ।।१।।

जन्म मेरो दाङ मजगाउँ, घोराही स्थायी घर ।
कश्यप गोत्री बसन्तराज नाउँ मेरो, अधिकारी थर ।।२।।

बर्ष दिन भन्दा बढी  व्यतीत भयो, नेपालगन्ज बास ।
दाङ घोराही  घर आफ्नै प्रदेश, छैन म निराश ।।३।।

निर्वाचनको सार अर्थ शासन हेतु जनप्रतिनिधि चयन ।
स्वतन्त्र संबैधानिक आयोग छ, ऎन नियम कानुन ।।४।।

जनशक्ति सुरक्षा व्यवस्था, स्रोत साधन सामाग्री ।
राज्यको सारा सबै संयन्त्रलाई यसमै केन्द्रित गरी ।।५।।

मतदाता शिक्षा, तालीम र सूचना प्रविधिका कुरा ।
राजनीतिक समन्वय छलफल, अन्तरक्रिया ।।६।।

निर्वाचनको पुर्वाभ्यास र निर्वाचनको चरण ।
निर्वाचन पश्चात पनि निरन्तर चल्छ निर्वाचनको क्रम: ।।७।।

काठमाण्डौंको कान्तिपथमा, आयोगको छ केन्द्र ।
पाँचै बिकास क्षेत्रमा छ, आयोगको क्षेत्रीय संयन्त्र ।।८।।

सत्तरी जिल्लामा अवस्थित छ, जिल्ला निर्वाचन ।
प्रजिअको संयोजकत्वमा समिति, निर्वाचन  व्यवस्थापन ।।९।।

दुईहजार पन्ध्र सालको संसदीय,निर्वाचन देखी ।
निर्वाचन आयोग अधि बढीराछ, दह्रो पाईलाहरु टेकी  ।।१०।।

अठतीस छत्तीस अठचालीस र एकाउन्न सालमा ।
निर्वाचन भएका छन पञ्चायत र बहुदलीय कालमा ।।११।।

दुईहजार चौसट्ठी र सत्तरीको संविधानसभा ।
ऎतिहासिक निर्वाचनले जगायो, नेपालीको आशा ।।१२।।

जनचेतना, जनआशा संघीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्था ।
आफ्नो शासन आफै गर्ने प्रबल रह्यो, जनमतको ईच्छा ।।१३।।

राजनीतिक दललाई अविभेद, पाँचै औंला बराबरी सरी ।
हामी राष्ट्रसेवक गर्छौं कुशलताले, देशको रखवारी ।।१४।।

राज्यपुनर्संरचना अधिकार हस्तान्तरण, स्थानीय तहमा ।
प्रभावकारी जनसेवा आफ्नै, घर आँगन दैलोमा ।।१५।।

नेपालको संविधानमा सरकारको, स्वरुपमा छन तीन तह ।
स्थानीय तह गापा, नपा प्रदेश सभा र संघीय वा केन्द्र  ।।१६।।

संविधानको कार्यान्वयन चुनौती बीच, अवसरको स्थानीय निर्वाचन ।
हामी नेपालीको भाग्य भरोसाको केन्द्र, सफल निर्वाचन ।।१७।।


📘बसन्तराज अधिकारी
क्षेत्रीय निर्वाचन अधिकारी
Chief, Reo Banke
Nepalganj
[बुधबार २१ असार २०७४ शुभम]

Comments