६. मेरा गजलहरु

६. मेरा गजलहरु {गीत/गजल/कविता}

१. बिछोडको बेला, अमिलो मन .....
                          
📝 वसन्तराज अधिकारी
                       घोराही उपमहानगरपालिका, दाङ, घोराही 


बिछोडको बेला अमिलो मन,
तिम्रो नि हुँदो हो ।
नबोलेपनी लुकाई आँसु,
धरधरी  मन त रुँदो हो ।।१।।

भेटमा पोखौला मनका बह,
भनी मुटुमा खोपेको ।
भेट हुँदा सारा ती बह लाई,
भुतुक्कै बिर्सेको ।।२।।

गहिरो माया बसेछ दिलभित्र,
देखाउ म के गरि ।
बसेछ माया म कस्को छोरा
तिमी कस्को नि छोरी ।।३।।

नजिक भन्दा टाढाको माया,
हुन्छ नि अजर र  अमर  ।
उद्देश्य प्रेम्मिलन खातिर
छोडेको घरबार ।।४।।

जहाँ छन राम अयोध्या त्यही
सीता र लक्ष्मण ।
गाण्डिब धनु काँधमा शर बोकेर
शिकार बन बन ।।५।।

न घरको झोज व्यवहार ताना,
नइष्टमित्र नकुल कुटुम्ब ।
पंन्छी झै उडदै गगनमा खेल्दै
रमाउंदै बित्दछ दिनरात ।।६।।

भाग्यले पाको लेखेर ल्याको
कसको के लाग्दछ ।
मायामा ईष्र्या रिस-डाहा गर्नेले
दु:ख मात्र भोग्दछ ।।७।।

कस्लाई हुन्न र  दु:खवाट मुक्ती
सुखको सदिच्छा ।
साँचो मायामा आउन नि
सक्छ अग्नि परीक्षा ।।८।।

प्राप्तिमा मात्रै होईन नि माया
त्यागमा झन गहिरो ।
मिलनमा मात्र होईन नि माया
बिछोडमा झन कसिलो ।।९।।

भेटमा मिठा गर्म्ला कुरा
मायामा बसम्ला हाँसेर ।
जीवन्को साया मायाको छायाँ
के हुन्छ रोएर ।।१०।।

भौतिक शरीर अभौतिक माया
मिश्रित सुन्द्र यौवन ।
यहि नै रेछ पुर्णता दिने
जीवनको अनमोल धन ।।११।।

यो गुरु ज्ञान पहिला नि तिम्ले
मलाई नि दिएको ।
साँचेर राख्या थिएर पि आज
नासोको रुपमा तिमिलाई दिएको ।।१२।।

जस्का छन बलिया पखेटाहरु
ती उडन सक्दछन ।
गगन्भेदी मायाले कदाचित
किन सिमाना नाग्दछन ।।१३।।

घमण्ड हुन्न मायामा कहिले
रिसराग नि  हुँदैन ।
बदनाम गाली र घटिया सरापले
कहिले नि छुदैन  ।।१४।।

जन्मेको भए आज यश धर्तीमा
 बुद्ध हुन्थे ती परम प्रेममा ।
शुधदोदन बाबा, माया देवी आमा
राहुल पुत्र यशोधराका साथमा ।।१५।।

२. आज राती सपनीमा .....

आज राती सपनीमा, तिमीलाई देखे ।
उठेर बिहानीमा, पिरतीको गीत लेखे ।।१।।

आज राती स्पनीमा.....

टाढा टाढा क्षितिजमा, तिमी लजाउँदै ।
मिठामिठा स्वर-लहरीहरु, गुनगुनाउँदै ।।२।।

आज  राती सपनीमा.....

परि जस्तै भेष गरि,  आउँदैथ्यौं मैतिर ।
झल्को  लागिराथ्यो,आफ्नै गाउँतिर  ।।३।।

आज राती  सपनीमा .....

सुसेलीमा हराउँदै गै, नयन  झुकाएर ।
सुन्दर त्यो मुखाकृती, पनि लुकाएर ।।४।।

आज राती सपनीमा....

बादल भित्र तिमी थियौ, निल गगनमा ।
आफै भित्र  मस्ताना,रंगीन सपनीमा ।।५।।

आज राती सपनीमा .....

न कोही परिवार थ्यि न  थियो, समाज ।
परि जस्तै बादलुमा,थियो तिम्रो राज ।।६।।

आज राती सपनीमा .....

ब्रह्म मुहुर्तमा आँखा खोल्दा सपनी पाए ।
ओछ्यानमा गुटमुटिई  ि निदाउन चाहे ।।७।।

राती उठि सपनीमा .....

जाग्रत स्वप्न सुषुप्तीका, चरण हाम्रा ।
स्वप्न संसार्मै धेरै  हुने रैछ राम्रा ।।८।।

राती उठि सपनीमा .....

माया भन्दा मीठो स्वाद के होला र कुन्नि ।
पिरतीको नशा पिई मादकतामै ज्युनी ।।९।।

राती उठि सपनीमा .....

जति टाढा भए पनि आत्मियता रहे ।
भावानात्मक सम्बन्ध गाढा भैदिए ।।१०।।

राती उठी सपनीमा .....

हुने छैन क्यै दु:ख, पिर मभित्रका व्यथा ।
लेखिनेछन सुखखुशी,मिलनका कथा ।।११।।

दिनाङ्क : आश्विन १०; २०७३
#नेपालगन्ज


बोली                                                                                    
सरल, मृदु, हृदयस्पर्शी, ढङ्गवाट बोली !
अभ्यन्तर, रहश्यमयी, वाक्चालले मनकाकुरा खोली ।।

मात्र हैन बोली हजुर, विचार विनिमय कला ।
प्राचीन सङ्केत भाषा सुन्दर, बोली हजुर, भाव छिपाउने गला ।।         
::~~~::                                                                                                                                                                         रचना : बुलेट__दादा
स्वर : बसन्त अधिकारी
रचना मिति २०७३/०५/४
नेपालगन्ज ।

Comments