२. श्री गणेश बन्दना

[आज मंगलबार श्री गणेशजीको आराधना, ध्यान, भक्ती, स्तुती र बन्दना गरौं !!!]
२.१ श्री गणेश वन्दना
                                   
✍️ वसन्तराज अधिकारी    
                                   कीर्तिपुर, काठमाण्डौंं 
                       

विध्नहर्ता, शुभकर्ता, माता शक्ति लाला ।
भक्त प्रभु कै हौ हामी, विन्ति छ कृपाला ।।
लामो सुँढ गजानन्, भाल चन्द्र धारी ।
शङ्ख ध्वनी घन्काउँदै केलाश विहारी ।।१।।

बक्रतुण्ड महाकाय, कोटी सूर्य सरी ।
दुःख पर्दा सम्झीरन्छौ, तिम्लाई घरी घरी ।।
शुभ कार्य सबै हाम्रा, सफल पारीदेउ ।
मानव मनको दानव भाव, सबै मारीदेउ ।।२।।

पुत्र तिमि शक्तिमाका, सत्य तिम्रा पिता ।
ऋद्धि सिद्धिका पति, कुमारजी छन् भ्राता ।।
देवताका अधिपति सर्वगुण स्वामी ।
अन्धकार मेटाईदेउ, कृपा पाउँ हामी ।।३।।

शुभलाभ पुत्र तिम्रा, शिवगण साथी ।
कृपा गर गणाघिश हामी अनाथ माथि ।।
असुर र दानवले, टाउको उठाउँदा ।
सत्यता र न्यायलाई, नष्ट गर्न थाल्दा ।।४।।

धर्मको रक्षा गरी, पाप नाश ग-यौ ।
आज हामी पनि तिम्रै, शरणमा प-यौ ।।
पाञ्चायन देव हौ तिमी, सज्जन हितकारी ।
सुख–सम्पति, धन–धान्यको तिमि अधिकारी ।।५।।

कुबेरको धनको घमण्ड, पनि तोडिदियौ ।
चन्द्रमाको अभिमानलाई, निर्मुल पारी दियौ ।।
फलफूल, लड्डु भोग, मेवा मिष्टान्न ।
चढाउँदा भक्त तिम्लाई बन्दछौ प्रसन्न ।।६।।

सरस्वती, लक्ष्मी तिम्रा दीदी र बहिनी ।
तिम्रो समिपमा रम्छन्, त्रिदेव पनि ।।
प्रथम पुज्य तिमी, भक्त देव मानव सारा ।
तिम्रो महानतालाई बुझ्न म के सक्दछु र ।।७।।

ज्योर्तिलिङ्ग लङ्कामा, स्थापित गर्न खोज्ने ।
दानवमाता कैकसीको, अहङ्कारमा बग्ने ।।
रावणजस्तो चतुरलाई, पनि छलिदियौ ।
देव,पितृ ऋषि मुनि, सवलाई शान्ति दियौ ।।८।।

संसारमा सबै खोज्छन्, सुख शान्ति चैन ।
तिमी नै हौ गणपति, सन्तोष र धन ।।
विद्वान्लाई बुद्धि दिने, मुर्खलाई विध्न ।
कस्ले सक्छ सबै तिम्रो गर्न नै बखान ।।९।।

व्यासजीको गुरूत्वलाई मुखरीत पार्ने ।
कलमले विजुलीझै सरसरी लेख्ने ।।
सत्यलाई व्यवहारमा प्रयोगधर्मी पार्ने ।
शक्तिलाई अनुकूल शिरमा धारण गर्ने ।।१०।।

तिम्लाई मन पर्ने कमल, पुस्तक, कलम साथ ।
नम्रतासाथ ढोगीदिन्छौ, टेकाएर माथ ।।
बुद्धिबल, श्रेष्ठबल, प्रथमपुञ्ज तिमि ।
शुभकार्य तिमी विना सफल हुँदैन नि ।।११।।

एकदन्त लम्बोदर, मुसा तिम्रो बाहन ।
प्रकाण्ड बुद्धि तिमि शिव पुत्र रत्न ।।
तीन त्रिलोक चौधै भुवन तिमि बिना कोही ।
सुख, शान्ति पाउने छैनन्, देव, मानव पनि ।।११।।

जहाँ तिम्रो आराधना ध्यान हुन्छ सदा ।
शिव–शक्ति प्रकट हुन्छन्, हट्छन् सबै बाधा ।
मेरो राजा, मेरो प्रभु शिव पुत्र रत्न ।
यथा शक्ति यथा भक्ति गर्दछौ प्राथना ।।१३।।

बसन्तराज अधिकारी
[२०६२, कीर्तिपुर, काठमाडौ]


२.२ श्री गणेशाय नम:

जय गणनायक सब सुखदायक ।
मंगलमय प्रभु बिघ्न बिनायक ।।१।।

शिश मुकुट पिताम्बर धारी ।
यज्ञ पवोवित अति शोभाकारी ।।२।।

चार बाहु शुभ सिध्दी बिनायक ।
पुज्य सदा शुभ मंगलदायक ।।३।।

जय गणेश जय गणेश जय गणेश देवा ।
माता तिम्रो पार्वती पिता महादेव ।।४।।

बक्रतुण्ड महाकाय सुर्यकोटी समप्रभ ।
निर्विघ्नं कुरुमेदेव सर्वकार्यषु सर्वदा ।।५।।

जय गणनायक …………।
मंगलमय प्रभु ……………।।

Comments