अनिवार्य अवकाशप्राप्त पश्चात् : व्यतीत पाँच बर्ष
![]() |
| ✍️ वसन्तराज अधिकारी घोराही, दाङ |
धेरै सुख थोरै दु:ख रैछ जागीरको
निरन्तरताको क्रम भङ्ग भएपछि ।
तालुखुईले टाउकोलाई काँगियो
भए हाँसील सारा अनुभव जति ।।
।।१।।
पुराना पात झर्दै जान्छन् बनमा
फ़ेरि नयाँ पालुवाहरु पलाउँछन् ।
यहीँ शाश्वत नियम रैछ प्रकृतिको
जीव बनस्पतिमा पनि लागू हुन्छन् ।।
।। २।।
दु:ख लाग्छ उज्ज्वल अनुभव थन्के
सुपरिवेक्षक सहकर्मी सहयोगी छुटे ।
तथापि तनाव रहित जीवनयापन ।
अब निवृत्त योगको रसमा मस्त डुबें ।।
।।३।।
हिजोको याद स्वप्ना झै लाग्छ हजुर
निजामती सेवामा जागीर खाको ।
पाँच बर्ष पनि पूरापूर हुँदैछ अब
अनिवार्य अवकाशप्राप्त भाको ।।
।।४।।
पेन्सनको दुई गाँस सरकारकै आश
थात थलोमा बास र कपास मिलाइन्छ ।
घर छोडेको चारदशक अन्तराल पछि
दुई बर्षमै बाँकी सबै व्यवहार मिलाईयो।।
।।५।।
स्नातकोत्तर सम्मका सान्दार योग्यता
बिकाउन राजनीतिको पुच्छर लाग्न ।
अथवा खुला बजारमा अनुभव हिन भै
काम खोज्न आफै भित्रै वाट मन लागेन ।।
।।६।।
वेद, पुराण, भागवत र उपनिषद् पढ्छु
आत्मराम ईश्वर स्वयं भित्र खोज्दछु ।।
यो संसार एउटा चौतारीमा विश्राम रहेछ
नाता गोता आफन्त सबै अस्थाई रहेछ ।।
।।७।।
चिरस्थायी त केवल आफ्नो प्राण वायु
पाप र पुण्यको हिसाबकिताब रहेछ ।
सुक्ष्म शरीर अर्थात् अशरिरी अभ्यास
नित्य, नैमित्तिक र काम्य कर्म रहेछन् ।।
।।८।।
संघीय राजधानीवाट आफ्नै गाउँ फर्किनु
सरल सहज जीवनयापन व्यतीत गर्नु ।
अध्यात्मिक जीवनशैली सर्वोत्कृष्ट रैछ
परम आनन्द ईश्वरको सामिप्यतामा हुँदो रैछ ।।
।।९।।
धर्मशास्त्र बर्णित महान आदर्श पात्रहरू
आफ्नै जीवनका सहचारी लाग्छन् ।
यथार्थका पात्रहरू फगत काल्पनिक
बृद्धअबश्था हुँदा ईश्वरत्व हुन्छ सार्थक ।।
।।१०।।
✍️ वसन्तराज अधिकारी
पुर्व उपसचिव, नेपाल सरकार
स्थायी निवास: घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ
शुक्रबार जेठ २९, २०८३ शुभम् ।

Comments
Post a Comment