६१२. नयाँ बर्ष २०८३ देउखुरी स्थित जखेरा ताल, राप्ती पुल, कुलपानी हरित पार्क, राप्ती नदीमा निर्मित नेपालको दोस्रो ठूलो झोलुङ्गे पुल हुँदै लमही हरित पार्क भ्रमण र अन्त्यमा काकाश्री वेदराज अधिकारीसँग भेटवार्ता : एक संस्मरण
नयाँ बर्ष २०८३ देउखुरी स्थित जखेरा ताल, राप्ती पुल, कुलपानी हरित पार्क, राप्ती नदीमा निर्मित नेपालको दोस्रो ठूलो झोलुङ्गे पुल हुँदै लमही हरित पार्क भ्रमण र अन्त्यमा काकाश्री वेदराज अधिकारीसँग भेटवार्ता : एक संस्मरण
![]() |
| आन्तरिक पर्यटनको यात्राको तयारी |
१. आन्तरिक पर्यटन यात्रा शुरूवात:
![]() |
| अगाडिवाट बाबू नृपेश आचार्य, पुत्रबधु सुप्रिया आचार्य अधिकारी र श्रीमती एशोदा सुवेदी अधिकारी |
नयाँ वर्षमा नयाँ स्थानमा भ्रमण गर्नु राम्रो भन्छन् यसरी भ्रमण गर्दा बर्षै भरि रमाइलो नयाँ स्थान भ्रमण गर्न पाईन्छ भन्ने जनश्रृति रहेको छ । जुन कुरा सानो छँदा आमाले भन्ने गर्नु हुन्थ्यो । यसै बर्ष २०८३ को भ्रमण आफ्नै जिल्ला भित्र जहाँ पहिला भ्रमण गरिएको छैन त्यही स्थानमा एक दिवसीय छोटो आन्तरिक पर्यटन यात्रा गर्ने हाम्रो योजना बन्यो । सोही मुताविक एक दिन अगावै मात्र हाम्रो शिघ्र योजना बन्यो र खर्च हिसाबले मीतव्ययी, ज्ञान एवम् उपलब्धिमूलक नयाँ अनुभुति, स्फुर्तिदायक बनाउने सल्लाह बमोजिम घरैवाट खाना रोटी, तरकारी र अचारको व्यवस्था गरि दही डेरी बाट लिएर जाने योजना बनाई हामी म, श्रीमती एशोदाजी, पुत्रबधु सुप्रिया त सानोभाइ नृपेश आचार्य सहित यात्राको शुरुआत गर्यौ । बिहानै ४:०० बजे उठी स्नान, सन्ध्या, पाठ पूजा घरैमा गरि बिहान् ६:१५ बजे आन्तरिक पर्यटनका लागि प्रस्थान गर्यौं ।
![]() |
| जखेरा ताल लमही उपमहानगरपालिका वार्ड नं.३ |
२. प्राकृतिक सुन्दर जखेरा ताल:
![]() |
| जखेरा तालमा म |
लमही नगरपालिका वार्ड नं. ३ स्थित मजगाउँ देखि करिब डेढ किलोमीटर अगाडि गएर जखेरा तालमा पुग्यौं । जाँदा लमही सम्म र लमहीवाट जखेरा प्रवेशद्वार सम्म बस र जखेरा ताल प्रमुख प्रवेशद्वारवाट जखेरा तालसम्म अटोमा पुग्यौं । तहाँ पुगेर तालको वरिपरि परिक्रमा गर्यौं । जखेरा तालको वीचमा श्री गणेशको मन्दिर, ईशान कोण तर्फ श्री महादेवको मन्दिर शिवलिङ्ग र तुलसी मठ रहेछन् । यहाँ दर्शन गरि पुजारीसँग टीका लगायौं । मन्दिरमा सन्त कविरदासका दोहा सुमधुर रूपमा बजिरहेको थिए । यहाँ धेरै समुहहरु बनभोज स्थल (पिक्निक) भैरहेको रमाइलो दृश्यावलोकन देखिन्थ्यो । यहाँवाट जखेरा तालको पुरै परिक्रमा गरि फर्किएर आयौं । यहाँ माछाको आहार किनेर तालका माछालाई खुवायौं । तत्पश्चात डुङ्गा बिहाराकालागि टिकट काउन्टरमा गएर टीकट काट्यौ । यहाँ जेष्ठ नागरिकलाई निशुल्क रहेछ जुन सुविधा मैले उपभोग गरे ।
![]() |
| जखेरा ताल स्थित श्री शिव मन्दिरमा हामी |
तत्पश्चात सार्वजनिक शौचालयमा शौच गरि टिक्ट्क, भिडियो, फोटो सुट गरि एकक्षण आरामका साथ बस्यौं । यहाँ जखेरा तालमा प्रवेशका लागि टिकटको व्यवस्था रहेनछ । यश स्थानमा न्युनतम भएपनि टिकटको व्यवस्था गर्नु राम्रो होला । जखेरा ताल होचो भागमा पानी जमाईएर बनाईएको रहेछ, यो पानी उम्रने र निकास भने पाईएन । चारैतिर हरियाली रुख, अत्यन्तै राम्रो मनोरम स्थान रहेछ । धेरै बर्ष पहिला अर्थात् वि.सं.२०६८ सालमा यहाँ आउँदा भर्खरै सुरुआत भएको थियो । त्यतिबेला म दाङमा भुमिसुधार अधिकारी छँदा मुक्तकमैयाको कार्यक्रमको सिलसिलामा एक नजर लगाएको थिए । तत्पश्चात भने यहाँ आउने अनुकूल परेको थिएन । अहिले समय जुर्यो । "पर्खि बसे पालो आउँछ ।" भन्थे हो रहेछ, खुशी लाग्यो । स्थानीय प्रौढ लाई सोद्धा यश क्षेत्रका पुर्व संघीय सांसद मेटमणी चौधरीले बजेट निकासा गरि संरचना बनाउन लगाएका रहेछन् । अब जेन्जिको पालो आईरहेछ के के गर्छन् हेरौंला ।
![]() |
| जखेरा तालमा हामी |
३. राप्ती नदीमा निर्मित पक्की पुल:
![]() |
| जखेरा तालमा म |
जखेरा ताल घुमिसके पछि हामी सिसहनिया पुग्यौं । सिसहनियावाट डाइरेक्ट अटोको प्रवन्ध गरि कुलपानीका लागि अटो रिजर्भ गर्यौं । बसबाट गएपनि पुनः अटोवाट जाँदा खर्च बढ्ने हुँदा हामी अटो रिजर्भ गरि गयौं किनकि अटोले सिधै कुलपानी पुराउँदो रहेछ । अन्ततः हाम्रो लागि अटो यात्रा नै ठिक लाग्यो । जाँदाजाँदै राप्ती नदीको पक्की पुल हेर्यौं । ठूलो र रमाइलो पुल रहेछ जुन मैले मेरो युटुब चेनलमा प्रशारण गरिसकेको छु । यहाँवाट अगाडि गढवा गाउँपालिका शुरु हुन्छ । हामीले गढ्वा - कालाकाटे कतै पक्की र कतै वटासिल सडक भेट्यौं जुन सडक बि.सं.२०७१ सालमा म राष्ट्रिय सतर्कता केन्द्रमा अनुसन्धान अधिकृत पदमा कार्यरत छँदा इन्जिनियर खेमराज रेग्मीलाई साथ लिएर भवन शाखा, दाङका इन्जिनियर समेतको सहयोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको उजुरीमा प्राविधिक परिक्षण अनुसन्धान तहकिकात गरि अन्तिम प्रतिवेदन अदुअआमा पठाएको थिए । यहीँ सडकवाट जंगल तर्फ अगाडि बढ्दै कुलपानी पुग्यौ । आज नयाँ बर्षको पहिलो दिन मानिसहरूको जमघट अलि बढी नै थियो ।
![]() |
| कुलपानी हरित पार्कमा म |
४. कुलपानी हरित पार्क: बराह मन्दिर
![]() |
| कुलपानी स्थित पार्कमा हामी |
यहाँ धेरै मानिसहरू बनभोज (पिक्निक) खाएर मनोरञ्जन गर्दै रमाउन आउने रहेछन् । साथमा ससाना नानीहरू खुशीले रमाउँदै कराउँदै आएका थिए । बाहिर वाटो तर्फ २-४ वटा मात्र ससाना पसल जहाँ पानी पुरी, पानी, चटपटेका पसलहरु रहेछन् । प्रवेशद्वारमा टिकट लियौं । यहाँ पनि जेष्ठ नागरिकलाई निशुल्क व्यवस्था रहेछ । यहाँ भित्र प्रवेश गरि शिव गौरी गणेश र संकट मोचन हनुमानजिको दर्शन गर्यौं । अजिङ्गरको बच्चा उसको बासस्थान भित्र रहेछ, देखिएन । भित्र हरित पार्कमा बालबालिकाका लागि घोडा, खरायो, कछुवा, मजुर, हात्ती लगायत अनेक मानव निर्मित जिवन्त मूर्तिकला हेरियो साथै तस्बिर लियौं । भित्र आराम कुर्सीमा आराम गर्दै घरबांट लगेका रोटी, तरकारी र अचार समेत खायौं । श्रीमतीजि र सुप्रिया आराम गर्दै गर्दा सानो बाबू र म पिङ खेल्यौं र त्यहा स्थित आकर्षक कलाकृतिसँग तस्बिर लियौं । अवलोकन गर्दै, तस्बिर लिंदै पार्क भित्र आराम कक्षमा आराम गर्दै अत्यन्त आनन्दका साथ घुमफिर गर्यौं । यसरी अगाडि कुलपानी सानो तलाउ, बराह मन्दिर, नागराज मुर्ति अवलोकन गर्दै काष्ठ पुलवाट नेपालकै दोस्रो लामो झोलुङ्गे पुल तर्फ पैदलमार्ग अगाडि बढेउ ।
![]() |
| कुलपानी स्थित पार्कमा घोडा चढेको |
५. राप्ती नदीमा निर्मित नेपालको दोस्रो ठूलो झोलुङ्गे पुल:
![]() |
| नेपालको दोस्रो लामो झोलुङ्गे पुल |
कुलपानीवाट करिब पन्ध्र मिनेट पैदलमार्ग हिंडे पछि हामी नेपालको दोस्रो ठूलो झोलुङ्गे पुलमा पुग्यौं । नेपालको सबैभन्दा लामो पर्वत र बाग्लुङ जिल्ला स्थित कालीगण्डकी नदीमा निर्मित पुल नेपालकै सबैभन्दा लामो पुलमा वि.सं.२०७० सालमा सूचना आयोगमा शाखा अधिकृत छँदा सूचनाको हक सम्बन्धि सचेतता कार्यक्रम धादिङ, कास्की, पर्वत र म्याग्दी अनुगमनका सिलसिलामा गएको थिए परन्तु आफ्नै जिल्ला स्थित नेपालको दोस्रो लामो झोलुङ्गे पुलमा आउने अवसर आजै जुर्यो । पुलमा लिईएका टिक्ट्क भिडियो मेरो युटुब च्यानल र टिक्ट्कमा अपलोड भएका पनि छन् ।
![]() |
| कुलपानी स्थित पार्कमा म |
झोलुङ्गे पुलको पल्लोपट्टी बनघुस्री दक्षिण तर्फ वडहरा उत्तर तिर खुरुरे र लालमटिया पर्दोरहेछन् । यो पुल यति लामो रहेछ कि हामीलाई पार गर्न पन्ध्र मिनेट भन्दा बढी लाग्यो । करिब बाह्र मिनेटको त मैले भिडियो बनाए जुन टिक्ट्क र युटुबमा अपलोड छ । परन्तु गर्मीले मोबाईल हिट भएको कारणले पुरै बनाउन भने सकिएन । झोलुङ्गे पुलमा मोटरसाइकलको तिब्र आवागमनले गर्दा पैदल यात्रीलाई भने असहज रहेछ । यश बिषयमा तहाँको स्थानीय तहको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । समग्रमा झोलुङ्गे पुल अत्यन्तै सुन्दर, आकर्षक, मनोरम र एडभेञ्चर टुरिज्मलाई थप टेवा पुराउने रहेको छ ।
![]() |
| कुलपानी स्थित पार्कमा बाबू नृपेशसँग |
६. लमही हरित पार्क भ्रमण:
![]() |
| जैविक विविधता ग्रीन पार्क |
सयौं पटक लमही वाट भएर कहिले पुर्व र कहिले पश्चिम तर्फको यात्रा गरेपनि यो पार्कमा प्रवेश गरेको थिएन । धेरै पहिला यस्ता पार्कहरु पनि थिएनन् अहिले त स्थानीय तहको सक्रियतामा यस्ता पार्कको नवजीवन आएको छ । हरित पार्क अत्यन्तै राम्रो बनाएको रहेछ । टिकट व्यवस्था भने गरेको रहेनछ । अगाडि जंगलको नजीक पिकनिक स्थल तर्फ देउराली देवीको मन्दिर र अन्य संरचना निर्माण भैरहेका रहेछन् । श्रवण कुमारले बाबुआमालाई खर्पनमा बोकेर तीर्थाटन गराएको अत्यन्तै सुन्दर मुर्तिमा तस्बिर लियौं । रमाएर घुम्यौं, पानी चिसो पियौं । टिक्ट्क बनायौं । नयाँ बर्षको पहिलो दिन हुँदा यहाँ मानिसको भिडभाड रहेछ । बाहिर एउटा ढेबलीमा प्युठान घर भएकी भण्डारी नानी रहिछन् उनको पसलमा जम्बो चिसो, पानी, पाउँ आदि किनेर खायौं, केही बेर मैले मोबाईल चार्ज गरे । भित्र घुम्नु पर्ने स्थानहरूमा सबै घुम्यौं र भेना गुरु विष्णुप्रसाद आचार्यलाई फोन गरेर धेरै पहिले वाँहाले भन्नुभएको बुबाका युवावस्थाका साथी श्री वेदराज अधिकारीसँग भेटघाट गर्न पार्क बाहिर वाहाँ आउने सल्लाह बन्यो ।
![]() |
| लमही पार्कमा हामी |
७. बुबाको युवावस्थाका साथी तथा भाइ पगरी भ्रातृसमुह १६औं पुस्ताका वेदराज अधिकारी काकाश्रीसँग भेटघाट सहित भलाकुसारी:
![]() |
| श्रवण कुमार र आमाबाबुसँग हामी |
हामी जखेरा ताल तर्फ जाँदै गर्दा बेल्भारका भिनाजु गुरु श्री विष्णुप्रसाद आचार्य बसमा भेटिनु भयो । हामी वैदिक कर्मकाण्ड पढ्दाका सहपाठी गुरु मेरो भिनाजु नाता पर्ने हुँदा मैले भेना गुरु र वाहाँले मलाई सालागुरु भनेर सम्बोधन हुन्थ्यो । करिब एक महिना अगाडि लमही स्थित रातोडाँडामा मेरो बुबाका युवावस्थाका साथी तथा भाइ ८९ बर्षिय काकाले भेट्ने इच्छा व्यक्त गरेको खबर पाएको थिए तर समय नमिल्दा भेट्न नपाएको आज नयाँ बर्ष २०८३ का दिन वाहाँको #मेषसंक्रमणशान्तिकर्म गर्न जानू हुँदै रहेछ । भेना गुरुका ससुरा नाताका मेरा काकाजिसँग आज भेट्ने इच्छा मुताविक भेना गुरुले सहजीकरण गरिदिनु हुँदा लमही रातोडाँडा स्थित वाहाँकै घरमा गएर अपरान्ह ३:०० बजे पश्चात् करिब २:०० घण्टा भेटघाट भलाकुसारी गर्यौं ।
![]() |
| बायाँवाट क्रमशः भेना गुरु श्री विष्णुप्रसाद आचार्य, बुबाका साथी काकाजी श्री वेदराज अधिकारी साथमा म वसन्तराज अधिकारी, रातोडाँडा, लमही, दाङ । |
काकाजीले बुबासँग देउखुरी खुरुरेमा हाम्रै अधिकारी राजा पुरुषोत्तम कहाँ युवावस्थामा बस्दाका अनुभव र रमाइला जीवन संघर्षका कथा सुनाउनु भयो । बुबा म १५ बर्ष छँदा १० कक्षामा पढ्दा पढ्दै आजभन्दा सतचालिस बर्ष पुर्व स्वर्गवास हुनुभएको थियो । आमाबुबाको बिबाह भएको २०१७ सालभन्दा पहिलाको कथा, आफ्नो अनुभव, जीवन संघर्ष र त्यसपछि बुबासँग भेट नभएको कुरा बडो भावविह्वल भएर सुनाउनु भयो ।काकाजिले हाम्रो बारेमा वंशावली वाट जानकारी प्राप्त गर्नुभएको रहेछ तत्काल पनि मैले वंशावली हेरेर पुस्ता र नाता सम्बन्ध एकिन गरे । बुबाका अत्यन्तै मिल्ने साथी भेटिएकोमा बडो आत्मीयता साथ वार्तालाप भयो । वाहाँ पनि हर्षविभोर हुनुभो । ८९ बर्षिय काकाजी स्वस्थ्य रहेपनि गोडाको भने केहि समस्या रहेछ । हामीले पुडी अचार प्रसाद पान गरेउ वाँहासँग तस्बिर लिएर सौहाद्रताका साथ विदा भै आउनै लाग्दा
![]() |
| बुबाका युवावस्थाका साथी तथा मेरा काकाजि वेदराज अधिकारीसँग लमही रातोडाँडा, दाङ |
८. श्रीमती एशोदाकी फुपू खिमादेवी आचार्यसँग भेटवार्ता:
![]() |
| फुपू भदै ❤️❤️ |
काकाजिको घरवाट निस्कनै लाग्दा भान्दिदीले छिमेकी घरकी दिदी सुवेदीकी छोरी भनेर नालीबेली खुट्याउँदै गर्दा एशोदाको नजिकैको नाता पर्ने खीमा देवी आचार्य फुपू हुनुहुँदोरहेछ । फुपू भदैको भलाकुसारी भयो । सानैमा महेन्द्रीमा देखेको एशोदालाई विस्मृत भैसकेको रहेछ पुनः नविकरण भयो । फुपू भदैको तस्बिर लिईदिए अनि घरतर्फ प्रस्थान गर्यौं ।
![]() |
| Love Green Park Lamahi |
९. नववर्षको पहिलो सुखद दिन रमाइलो संस्मरणात्मक भ्रमण र भेटघाट:
![]() |
| Green Park, Lamahi |
आज नववर्ष २०८३ पहिलो दिन सारै रमाइलो भयो । भ्रमण र सुखद भेटघाटले मन पुलकित भयो । घर फर्कदै गर्दा रात भने पर्न थाल्यो । चौपट्टा र कुईरेपानी काट्दै गर्दा अँध्यारो भयो । रातको आठ बजे मात्र घरमा आईपुग्यौं । आन्तरिक पर्यटन यात्रा सुखद, फलदायी र स्मरणीय रह्यो ।
![]() |
| श्री संकटमोचन हनुमानजिसँग हामी |
१०. भ्रमणका महत्वपूर्ण बुँदागत उपलब्धि:
![]() |
| मयुरसँग म |
![]() |
| We with Sheep |
(क) प्राकृतिक सुन्दर मनोरम जखेरा तालको दृश्यावलोकन, आस्वादन, डुङ्गा विहारको मनोरञ्जन प्राप्त ।
![]() |
| Me with BABA |
(ख) देउखुरी स्थित राप्ती नदीमा पक्की पुलको अवलोकन ।
![]() |
| खरायोसँग म |
(ग) प्राकृतिक हरित पार्क, कुलपानीको स्थलगत भ्रमणवाट अत्यन्त आनन्दानुभुति भयो ।
![]() |
| जय देवी भगवती माता |
(घ) नेपालको दोस्रो लामो झोलुङ्गे पुल राप्ती नदीमा अवलोकन बुबाको युवावस्थाको कर्मस्थलो खुरुरे, लालमटिया दर्शन ।
![]() |
| हरित ग्रीन पार्कमा |
(ङ) लमही हरित पार्क घुमफिर श्रीमती, पुत्रबधु र सानो भाइ नृपेशका साथ रमाई रमाई घुमफिर स्फुर्ति प्रदान ।
![]() |
| श्रीमती, पुत्रबधु साथमा हरित पार्कमा |
(च) बुबाका युवावस्थाका साथी वा भाइ मेरा काकाजी श्री वेदराज अधिकारीसँग भेटघाट भलाकुसारीका साथ नववर्ष २०८३ सार्थक र उपलब्धिमूलक हुन गयो ।
![]() |
| बुबाका युवावस्थाका साथी र काका वेदराज अधिकारी साथमा म वसन्तराज अधिकारी, रातोडाँडा, लमही, दाङ |
ब्लग राईटर:
वसन्तराज अधिकारी
घोराही, दाङ
स्रोत सन्दर्भ: स्थलगत भ्रमण स्थानीय वासिन्दा र सम्बन्धितसँग भेटघाट, भलाकुसारी
नववर्ष २०८३ वैशाख १ मंगलबार ।






























Comments
Post a Comment