६१०. श्री दुप्चेश्वर महादेव मन्दिर र नुवाकोट शेरा दरबार, भैरवी जात्रा र कुमारी दर्शन : पारिवारिक भ्रमण
श्री दुप्चेश्वर महादेव धाममा र नुवाकोट शेरा दरबार, भैरवी जात्रा र कुमारी दर्शन : पारिवारिक भ्रमण
![]() |
| श्री दुप्चेश्वर महादेवधाममा सम्धी सम्धिनीसँग हामी |
१. प्रस्थान :
तारकेश्वर नगरपालिका वार्ड नं. ठुलागाउँ गल्छीवाट शनिबार २१ चैत्र २०८२ बिहानै हाम्रो यात्राको प्रारम्भ भयो । हाम्रो टोलिमा सानी नातिनी मेधाश्री, छोरी - जुवाई, सम्धी - सम्धिनीहरु, साना जुवाईं र गाडी चालक सहित १० जनाको समूह थियौ ।
![]() |
| यात्रामा प्रस्थान गर्नु अधि छोरी जूवाईं र नातिनीसँग हामी |
२. यात्रामा रमणीय स्थानहरूको नाम नामेसी :
सामाखुसी ग्राण्डी अस्पताल हुँदै टोखा नगरपालिका पल्लोपट्टी सपन तीर्थ, भण्डारी चोक, गौरी गाउँ चोक, गौरी गाउँ चोक, भीरकाली मन्दिर जाने बाटो, टोखा १ झोर, कठेरी चोक, मेलालबारी जमघट रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर, नोलालवाडी, बाँडेश्वर, माथितिर प्रस्तावित सुरुङ्ग मार्ग, बाँडेश्वर मन्दिर, महादेव मन्दिर, झोर - यश क्षेत्रमा काठमाडौमा पानी पर्नु भन्दा पहिला पानी पर्ने जनविश्वास रहेछ । यहाँ हल्का लेमन पानी, कसैले चिया पियर अगाडि बढ्यौं । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र प्रवेश, लछुरज प्रवेश, तारकेश्वर नगरपालिका ७ माख, शिवपुरी गाउँपालिका प्रारम्भ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, ढकाल चौर, सैनिक ईलाका प्रवेश, गुर्जे भञ्ज्याङ हाईकिङ्ग - ककनी - तारकेश्वर, शिवपुरी गा.पा. गुर्जे, खाल गाउँ, गुरुङ गाउँ यहाँ होटल पक्की ढलानयुक्त घरहरू, यहाँ देखि नुवाकोट जिल्ला अन्तर्गत चापाकोट प्रारम्भ, तुम्बेश्वरी युवा क्लब, बोरे खोला, छहरे, शितलपाटी, काफल डाँडा, घट्टेखोला, छहरे झरना जाने बाटो (३ किलोमीटर), थापागाउँ, नुवाकोट, लिखु नदी, छहरेवाट दुप्चेश्वर महादेव ३१ किलोमीटर, लिखु गाउँपालिका, माथितिर रानीपौवा, थानसिङ, छहरे फाँट, चौघडी, लिखु ४ चौघडा यहाँ क्षेत्रपाल क्याम्पस रहेको, पञ्चकन्या गा.पा. यहाँदेखि नजिकै रसुवा शिखरवेसीका चामल प्रसिद्ध छन् ।
![]() |
| यात्रामा नुवाकोट जिल्ला स्थित गुरुङ गाउँमा म |
पिपलटार - तादी खोला पुल- समुन्द्रटार, तादी गा.पा. दुप्चेश्वर गा.पा., बाहुन बेशी, यहाँदेखि दुप्चेश्वर महादेव मन्दिर १५ कि.मि. रहेको, खरानीटार बजारमा बाणिज्य बैंक रहेको, घट्टे खोला, तादी हाइड्रोपावर, समुन्द्रटार देखि दुप्चेश्वर महादेव ४.५ किलोमीटर रहेको बाटामा गाडीहरूको लाम,शनिबार भक्तजनको असाध्यै भिड हुँदोरहेछ । तादी नदीको किनारमा रामती बजार हुँदै तादी नदीको किनारमा पहरामा स्थित दुप्चेश्वर महादेव बिहान ९:०० बजेतिर पुग्यौं ।
![]() |
| यात्रामा बायाँवाट क्रमशः छोरी, श्रीमती, सम्धिनी दिदीबहिनी |
३. श्री दुप्चेश्वर महादेवधाम दर्शन :
![]() |
| श्री दुप्चेश्वर महादेवधाममा हामी सम्धी सम्धी |
नुवाकोट जिल्ला स्थित तादी नदीको किनारमा हरियालीयुक्त रमणीय स्थल, दुप्चेश्वर महादेव माथी पहरामा स्थित रहेछ, जुत्ता चप्पल व्यवस्थापन गरि फुलप्रसाद लिएर लामबद्ध भै पहराको उकालोमा उक्लेउ । लामो लामबद्ध हुँदा पनि शिव स्तोत्र पाठ गर्दै म श्रीमतीजि सम्धी सम्धिनीहरु फुलप्रसाद लिएर अगाडि बढ्दै करिब दुई घण्टाको लामलागेर अन्ततः दर्शन गर्न पुग्यौं । पहरामा प्राकृतिक रूपमा देवाधिदेव महादेवको पत्थर शिला स्वरुपमा पूजाआजा, धूपदीप समेत गरि,अलिक तल झरेर भजन मण्डलीसँग नृत्य गरेर, तस्बिर भिडियो लिई तलतिर ओल्हियौं । दुप्चेश्वर सम्बन्धमा परापुर्वकालमा यहाँ शिवको शिलामा गौमाता आई नित्य दुध चढाउने गर्दथिन त्यो दृश्य देखेर स्थानीयले आजापूजा गर्ने प्रचलन चलेको जनश्रूति रहेछ ।
![]() |
| नातिनीको साथमा श्रीमती र छोरी |
दुप्चेश्वर महादेव दर्शन पश्चात् कोटबारी स्थित थकाली होटलमा पनीर सेट थाली खानपिन करिब दुई घण्टा समय पश्चात् यहाँवाट नुवाकोट शेरा दरबारको लागि प्रस्थान गर्यौं ।
![]() |
| कोटबारी होटल दुप्चेश्वर ७ |
४. नुवाकोट स्थित शेरा दरबार, भैरवी जात्रा र कुमारी दर्शन :
सातविषे, खरानीटार, दोर्खु खोला पुल पार गरि, ढिकुरे चोकवाट, लब्धु गंगटे, गंगटेवाट नुवाकोटको सदरमुकाम विदुर १० किलोमीटर रहेछ । बराफेदी, डुडे, तादी नदीको फाँटमा समतल मिलेको खेतीयोग्य जग्गा जमीन, फाँट, गंगटे, पिपलटार, बट्टार, विदुर नगरपालिका यहाँवाट केरुङ्ग तर्फ जाने बाटो रहेछ । बिरुवा हुँदै नुवाकोट दरबार तर्फ अगाडि बढ्यौं । बनदेवी मन्दिर, भैरवी मन्दिरवाट अगाडि जाँदा आज भैरवी जात्रा मेलाको कारणले गाडी तलै रोकेर हामी पैदलै अगाडि गयौं । मेलाले गर्दा बाटो भरिभराउ थियो । अलिकति उकालो चढेपछी नुवाकोट शेरा दरबार पुगियी । बि.सं.२०७२ को महाभुकम्पले पृथ्वीनारायण शाहले नेपाल एकीकरण क्रममा निर्मित नुवाकोट शेरा दरबार भग्नावशेष रहेछ र चिनियाँ सरकारको सहयोग र पुरातत्त्व विभागको संरक्षणमा यश दरबारको जिर्णोद्धार गर्ने कार्य भएकाले हामीले तहाँ स्थित, नारायणी मन्दिर, खाल्टेदेवी, बजार क्षेत्र, भौरवी मन्दिर र जिवित देवी कुमारीको दर्शन गरेउ र तहाँवाट फर्कियौं । विशेषतः रात हुने कारण समयाभावले देवीघाट राजा पृथ्वीनारायण शाहको समाधिस्थल तर्फ जान सकेनौं । यहाँवाट उत्तरतर्फ माथी गएपछि बेत्रावति उत्तरगया पितृ उद्धार श्राद्ध गर्नका लागि मानिसहरू जाँदा रहेछन् । हामी भने नुवाकोटवाट काठमाडौं तर्फ फर्कियौं ।
![]() |
| नुवाकोट दरबार अगाडि हामी |
५. उपसंहार:
फर्कदा फ़ेरि उहि बिहान गएको बाटोलाई भेटेर गुरुङ गाउँमा आई चिया चिसो, मम सहित हल्का खानपिन गरि साझ ८:०० बजे काठमाडौ शहर झलमल भएको समयमा आईपुग्यौं । यति लामो बाह्र घण्टाको ननस्टप यात्रामा पनि सानी नातिनी रुने, दु:ख दिने केगी गरिनन् । अन्त्यमा सम्धी श्री राजु फुयाल, सम्धिनी श्री सुनिता फुयाल, जुवाई सानिमा सम्धिनी श्री सरला फुयाल, जूवाई श्री रोहित फुयाल, छोरी विपना अधिकारी फुयाल, साना जूवाई श्री रोशन फुयाल र नातिनी सुश्री मेधाश्री फुयाल सहित हामी पारिवारिक भ्रमण अत्यन्तै रमाइलो भयो । आयोजक सम्धी सम्धिनी, छोरी जुवाईलाई विशेष सहर्ष हार्दिक धन्यवाद दिदै यो यात्रा वर्णनवाट विदा हुने अनुमति चाहन्छु ।
![]() |
| जीवित देवी कुमारी दर्शन नुवाकोट दरबार |
ब्लग लेखन :
स्रोत: आफ्नै यात्रा स्वअनुभव
![]() |
| ✍️ वसन्तराज अधिकारी |
✍️ वसन्तराज अधिकारी
तरकेश्वर नगरपालिका वार्ड नं.३ ठुलागाउँ, काठमाडौं, नेपाल
आइतबार चैत २२, २०८२ शुभम् ।










Comments
Post a Comment