पुस्ता छुट्याउने र आशौच बार्ने विषयमा
![]() |
| ✍️ वसन्तराज अधिकारी |
तोयराज नेपाल २०७९/३/३१
´´लेपभाजश्चतुर्थाद्याः पित्राद्याः पिण्डभागिनः पिण्डदः सप्तमस्तेषां सापिण्ड्यं साप्तपौरुषम्।।`` (श्राद्धकल्पः-१४५०)
पुस्ता छुट्याउने
शास्त्रीय र प्रामाणिक आधार श्राद्ध नै हो।
श्रद्धमा श्राद्ध गर्ने
कर्ता आफू १ पुस्ता हुन्छ ,उसका पिता २ पुस्ता हुन्छन् ,पितामह ३ पुस्ता हुन्छन् ,प्रपितामह ४ पुस्ता हुन्छन् , आफू माथिका तीन पुस्तालाई श्राद्धकर्ताले पिण्ड दिन्छ ।प्रपितामहका पिता ५ चौं पुस्ता हुन्छन् , प्रपितामहका पितामह छैटौं पुस्ता हुन्छन् र प्रपितामहका प्रपितामह सातौं पुस्ता हुन्छन्। ती तीनपुस्तालाई लेपभाग दिइन्छ। पिण्डदिने कर्ता आफुसमेत सात पुस्तालाई सपिण्ड भनिन्छ।
आफैं एक भयो पिता दुइ भए
तेस्रा बुढाबा भए ,
तीभन्दा अरु माथि चार पुगिए
सापण्ड्य तेत्ती भए ।
सातौंका सुतसन्तति प्रति सबै
बार्नू दशैरात हो ,जूठो सूतक आठदेखि
परका ती चौधपर्यन्तको --।।१।।
तीनै रात पछाडि शुद्ध भइने
आशौचको पक्ष हो।
पन्ध्रौंदेखि अगाडिका जति भए एक्काइसैसम्मको ।
एकैरात पछाडि शुद्ध हुन ता
पुग्छन् सबै बन्धुको ,
त्यो भन्दा अझ माथि बन्धु सबको
स्नानै गरे शुद्ध भो
।।२।।
आफु १ पुस्ता , पिता(बाबु )२ दोस्रो पुस्ता , पितामह (बुढाबाबु) ३ तेस्रो पुस्ता , प्रपितामह (जिजुबाजे )४रौं पुस्ता , प्रपितामहका पिता ५चौं पुस्ता ,
प्रपितामहका बुढाबा ६टौं पुस्ता , प्रपितामहका प्रपितामह(जिजुबाजे) ७ पुस्ता हुन्छन्। ती जिजुबाजेका जिजुबाजेलाई मूलपुरुष मानिन्छ र उनका जतिभाइ छोरा हुन् ,तिनीहरूका सबै छोरानाति आदि सातपुस्ताभित्रका परस्परमा सबै सपिण्ड मानिन्छन् । सपिण्डका पुरुष सन्ततिको आफुले १० रात्रि आशौच बार्नुपर्दछ , तरआफ्नो छोरो तिनीहरूसँग आठौं पुस्ता भएकाले छोराले भने तीनरात्रि आशौच बार्दा हुन्छ। यदिआशौच अवधिमा बाबुआमाले छोएको नखाएमा छोराले तीन रात्रिपछि नित्य नैमित्तिक कर्म गर्न हुन्छ। तर आफुले भने आफुभन्दा तलका भतिजा नाति-पनाति आदि सबैको १० रात्रि नै आशौच बार्नुपर्दछ। उनीहरूले भने आफ्नो तीनरात्रि भन्दा बढि बार्नुहुँदैन।
८ पुस्तादेखि १४ पुस्तासम्मका बन्धुलाई सोदक वा समानोदक भनिछ। सोदकको ३ रात्रि आशौच लाग्दछ। १५ पुस्तादेखि २१ पुस्तासम्मका बन्धुलाई सगोत्र भनिन्छ । सगोत्रको १ रात्रि आशौच लाग्दछ। कोही ता सगोत्रको आशौच लाग्दैन भन्दछन्।
(यो आशौचबार्ने कुरा जुठामा र सूतकमा उति उतिदिन नै बार्नुपर्दछ।)
संस्कृत मूल--
´´कूटस्थादारभ्य सप्तमपुरुषपर्यन्ताः सपिण्डाः,ततः सप्त समानोदकाः, ततः सप्तैकविंशतिपर्यन्ताः सगोत्राः। तत्र सपिण्डानां दशाहमित्युक्तम्। ससोदकानां त्रिरात्रम् , सगोत्राणामेकरात्रमिति नागोजीभट्टीये। अन्ये तु सगोत्राणां नाशौचमित्याहुः। अयं सपिण्डसोदकाद्याशौचविभागो जनने मरणे च समानः। मरणे त्वाशौचविच्छेदेS पि स्नानमात्रं यावदेककुलत्वज्ञानं तावद्भवत्येवेति विशेषः। अत्रेदं बोध्यम्-- कूटस्थादारभ्य सन्ततिभेदे एकसन्ततौ कश्चिदष्टमोSपरसन्ततौ च कश्चित्सप्तमस्तयोश्चैकतः सापिण्ड्यानुवृत्तिः परतो निवृत्तिरित्युक्तम्। तत्राष्टमेन निवृत्तसापिण्यकेन सप्तमादीनां परसन्ततिस्थानां जनने मरणे त्रिदिनाशौचं कार्यम्। सप्तमेन त्वनुवृत्तसापिण्ड्यकेनाष्टमादीनां जनने मरणे वा दशाहमेव कार्यम्। एवं सोदकत्रिरात्रादौ कन्याविषयकत्रिपुरुषसापिण्ये चोह्यम्। तत्राष्टमस्य मृतपितृकत्वे जीवत्पितृकत्वे S पि च त्रिदिनमेव।``
´´सपिण्डता तु पुरुषे सप्तमे विनिवर्तते। समानोदकभावस्तु निवर्तेत चतुर्दशे।। जन्मनामस्मृर्तेवैके तत्परं गोत्रमुच्यते।।--
(अग्निपुराण )
´´ दशाहेन सपिण्डास्तु शुद्ध्यन्ति प्रेतसूतके। त्रिरात्रेण सकुल्यास्तु स्नात्वा शुद्ध्यन्ति गोत्रजाः।।``-- (बृहस्पतिः)
धर्मसिन्धुः सुधाविवृति ८५४,८५५
ध०सि०हेम-९०९-९१०
(बार्नू भनेका कुरा नबार्दा जति दोष लाग्दछ ,नबार्नू भनेका कुरा बार्दा त्यति नै दोष लाग्दछ।)
ॐ हरये नमः।। तोयराज नेपालको वालबाट साभार सबैको जानकारी र प्रचारप्रसार को लागि अरुकुनै प्रयोजनकोलागि हैन । सबैलाई चेतना भया।

Comments
Post a Comment