५९१. होलीका पर्व : होलिका दहन विशेष शास्त्रोक्त जानकारी

होलीका पर्व : होलिका दहन ग्रहण विशेष सतर्कता शास्त्रोक्त  जानकारी

होलिका अर्थात् होलिकोत्सव मुलतः प्रत्येक बर्ष फाल्गुन शुक्ल पुर्णिामाको दिन मनाईन्छ । शास्त्रीय वचन अनुसार - "सायंमे होलिका कुर्यात्……। होलिका दहन साझमा गर्नुपर्छ । भद्रामा होलिका दहन निषेध छ यश अवस्थामा होलिकोत्सव गरे गाउँ, नगर, राष्ट्र जल्ने हुन्छ ।

होलिकादहने पुजने च मन्त्रविचार-

प्रतिपद् भूतभद्रासु याSर्चिता होलिका दिवा ।
संवत्सरं च तद् राष्ट्रं पुरं दहति साद्भुतम् ।।
भद्रायां दीपिता होली राष्ट्रभङ्गं करोतिवै ।
नगरस्य च नैवेष्टा तस्मात्तां परिवर्जयेत् ।।
भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा ।
श्रावणी नृपतिं हन्ति ग्रामं दहती फाल्गुनी ।।
यश बर्ष २०८१ सालमा चैत्र सक्रान्ती र होलिपुर्णिमा एकै दिन परेको छ । १० बजेर ३२ मिनेट पश्चात् पुर्णिामा व्रत शुरु ११ बजेर ४ मिनेट पछि चिर दाह । चिर बस्त्र दहन गर्ने फागु पुर्णिामा अर्को दिन तराईमा होली ।
प्रतिपदा भूत भद्राशु………।
भद्रामा चिर दाह गर्नु हुँदैन । भद्रा सकिएपछि मात्र गर्नुपर्दछ । पुर्णिामा तिथिमा मनाईने - उत्सव मनाउनु पर्ने अर्को दिन । होलिका दहन उत्सव - पुर्णिमाकै दिन गर्ने चलन छ । हाम्रोमा होलीकाको चिरदाह रातीमा गरिन्छ दीनमा पूजा गर्नु हुँदैन ।

पुर्णिामाको पुर्वाद्धमा भद्रा हुन्छन् । भद्राको मुख छोडेर - पृच्छ निर्णय - सर्पिणी । भद्राको पुर्वाद्ध - मुख । भद्राको उत्तरार्द्ध - पृच्छ । पुर्णिामा तिथिमा पुर्वाद्धमा भद्रा हुन्छन् ।

होलिकाको सन्दर्भमा - भद्रा मुखलाई छोडेर पुर्व दिनमा गर्नुपर्दछ ।
पुर्णिमा- सायंन्न ग्राहिणी याश्च……।
चतुर्दशी - गोक्रिडा - गोरुहरुलाई जुझाउने । भूत - भद्रासु
भद्राको मुखलाई परित्याग पुर्वभद्रा - पुर्णिमामा पुर्वाद्धमा हुने हुँदा चतुर्दशी सिद्धिएको नहुनु प्रतिपदा पनि नहुनु ।

२०८१ चैत्र १ गते ११ बजेर ४४ मिनेट सम्म मात्र । रात्रि १० बजेर ३२ मिनेटदेखि भद्रा हुन्छ तसर्थ ११ बजेर ४४ मिनेट पश्चात् मात्र भद्रान्तमा चिरदाह गर्नुपर्यो ।
होलिकाको रात बाल बच्चाहरुलाई विशेष संरक्षण गर्नुपर्दछ । श्रावणी, दुर्गानवमी - हुतासैनी पुर्णिामा । पुर्वविद्वा छोडेर उत्तर विद्वा । आधादिन देखि परवाट पुर्णिमा प्रारम्भ भएपछि रातीमा गर्ने । आधा पुर्णिामा भद्रा सिद्धिएपछी होलिका ।
यसपालि फाल्गुन २९ गते राति गर्ने । ११:४। +१५ = ११।१९ / ११:३० तिर दाङमा  होलिका दहन गर्ने । तिथि क्षय सुर्योदयमा पुर्णिामा नभएको अवस्थामा साझमा सुर्यास्त भन्दा अगाडि अघिल्लो दिन साझ प्रदोष कालमा पुर्णिामा रातभर पुर्णिामा अर्कोदिन सन्ध्याकालसम्म पुर्णिामा छैनन् भने त्यस्तो अवस्थामा न त अघिल्लो न पछिल्लो दिनमा गर्न नमिल्ने अवस्थामा प्रतिपदामा होलिका दहन गर्ने ।  समय सार्द्धयाम त्रयं वास्यां ३.५ याम (प्रहर सम्म पुर्णिामा रहेका छन् भने प्रतिपदा बढेर अर्कोदिन सम्म गएको छ भने त्यस दिन प्रतिपदा भए पनि होलिका दहन गर्न मिल्दछ । बन्नौ - वन्ही - होलिकामा प्रतिपदा वर्जन । भिन्न विषयमा वर्जित हुँदैन । भद्राको मुखलाई छोडेर पुच्छ भागमा परेको अवस्थामा गर्ने । दिउँसोमा पुच्छर रातीमा गर्ने । ३ घडी - ७२ घण्टा भित्र पुर्णिामामा ग्रहण पर्यो भने - अर्वाण निशि - रात्री भन्दा अगाडि - भद्रा नभएको पुर्णिामामा होलिका दहन नगर्ने । साझमा - चतुर्थ याममा ३- ३५- ४ बजे । चन्द्रग्रहणमा गर्न नहुने । ग्रहण सिद्धिएपछी प्रतिपदा निषेध अगाडि गर्ने । दिउँसो प्रतिपदामा नगर्ने । भद्राको पुच्छ हेरेर ९ घण्टा पछि ३ घडी भित्र गर्नुपर्यो ।यदि अर्कोदिन साझसम्म पुर्णिामा छन् भने चतुर्थ यामादी पकाएको अन्न नखाने । काचो अन्न खान मिल्छ ।
पुजा मन्त्र :
 'ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्'
अहकूटा भयत्रस्तैः कृता त्वं होलि बालिशैः। अतस्वां पूजयिष्यामि भूति-भूति प्रदायिनीम्। ओम जय नरसिंह हरे, प्रभु जय नरसिंह हरे।
ॐ होलिकायै नम: और गंध-अक्षत इत्यादि चढाउनु पर्दछ 'ॐ प्रह्लादाय नम:' भनेर फ़ेरि  गंध अक्षत चढ़ाउनु पर्दछ । 'ॐ नृसिंहाय नम:' बोलेर गंध अक्षत चढ़ाउनु पर्दछ । यश पश्चात् 7 पटक  होलिकामा बेह्रेर र आफ्नो मनोकामना मन  मनै भन्नू पर्दछ । पूजा गरिसकेपछि तमग्नी त्रिं परिक्रमा - आगो चिरदाहको अग्निलाई तीनपल्ट परिक्रमा गरेर नाच गान गर्ने हाँस्ने जे पायो त्यही बोल्ने । मानिसहरूले आफ्नो इच्छाले जे पायो त्यही बोल्ने ।
होलि दहन काष्ठ चोरेर ल्याउने कृष्ण पक्षको पञ्चमी उता १० दिनमा चोरी ल्याएमा ज्यादै पुण्यदायी १० दिन राम्रा काठ चोर्न हुन्छ । चाण्डाल सुतिकाको घरबाट शिशु हरण गर्ने आगो पनि त्यही वाट चोरेर ल्याउने र पुर्णिामाको दिन त्यो काठ जलाउने । गाउँ भन्दा बाहिर र बिचमा राजाले स्नान गरेर, शुद्ध भएर स्वस्ती वाचन गरेर अनेक प्रशस्त दान गरेर होकिकाको दाउरामा होलिकालाई जलाउने । चितालाई पायस (दूध) र आज्य (घिउ), नारीयल, प्रशस्त, बिज भएका फल सबैलाई बाँडने रातभर नाच गान गर्ने । लिडा र योनिका फ़ोहोर शब्द उच्चारणले होलिका राक्षसी खुशी हुन्छे ।होलिका दिन र त्यसको अर्को दिनमा शुभ कार्य नगर्ने । शुभ वर्ज्यम् । सर्वतोभद्रामा पुतना (पापराक्षसी) को पूजा - अपक्रामन्तु भुतानि पिशाचा य च राक्षसा । सर्वेषां अभिरोदने सर्वारम्भ समारभे । भुत, प्रेत, पिशाचाय, डाकिनी, शाकिनी, क्षेत्रपालाय परिवार या जुन बेलामा जस्को पूजा गर्दा सन्तुष्ट हुन्छन् त्यसको पूजा गर्नुपर्छ । होलिका - चिरदाह - रसरंग - काष्ठ चोरी - चाण्डाल र सुतिका (प्रसुती महिला) जे पायो त्यही बोल्ने । चैत्र शुक्ल प्रतिपदा निमका पात चपाउने निम्ब प्राशन र तैलाभ्यङ्य गर्नुपर्दछ । आँपको मुजुरा खाने । वत्सलादौ वसन्तादौ (वसन्तॠतौ शुरुमा चैत्र १) वलिराज्य तथैव च (यम पञ्चकमा) तैलाभ्यङ्य मकुर्वानो नरकं प्रगच्छति (तेल लगाएर स्नान गरेन भने नरक जानू पर्दछ । शुद्ध हुन स्नान गर्नुपर्दछ । निमका, आँमका पात चपाउनु पर्दछ । प्राशन (चाट्ने) - चपाउने निल्ने स्वास्थ्यमा फाईदा हुन्छ ।

साभार : प्राथमिक तह कर्मकाण्ड कक्षा प्रशिक्षण सामग्रीवाट साभार 


फागु पुर्णिामा 2081 अर्थात् होली पर्व, 2025 A.D. को हार्दिक मंगलमय  शुभकामना ! 

ॠतु राज वसन्त आगमनको यस बर्षमा तपाईको जीवनमा सुख, शान्ति र समृद्धिका साथै होलीको रंङ्गको जस्तै तपाईंको जीवन पनि रंगियोस !!

अन्याय विरुद्ध न्याय र अविवेक माथी बिबेकको, असहिष्णुता माथी सदभाव सहिष्णुताको, पाशविक बर्बर र जंगली शासन माथी सभ्यता र संस्कारको सदा विजय हुने, आफ्नै विरुध्द पनि {जस्को कोही हुँदैन उस्को ईश्वर वा "नर उत्तम 'नारायण" हुनुहुन्छ भन्ने शाश्वत सन्देश बोकेर आएको दार्शनिक, नैतिक, मांगलिक, धार्मिक, सांस्कृतिक, ऎतिहासिक पर्व हो होली ।

यश पर्वका बिशिष्ट ऎसिहासिक पौराणिक पात्र/राजा हिरण्यकशिपु र उनकी दानवी स्वभावकि सहोदर बहिनी होलिका र राजाका आफ्नै पुत्र तथा होलिकाका सहोदर भतिज 'बिष्णुभक्त प्रह्लाद' बिचको घमाशान द्वन्द्व र युध्दमा अन्ततः भक्त प्रह्लादको बिजय र राजा हिरण्यकशिपु र उनकी पुत्री होलिकाको अवसान/पतनको ह्रदयस्पर्शी मार्मिक धार्मिक सन्देश बोकेको} छ यस पर्वमा । साथै फागु पुर्णिामा समेतका अ-आफ्नै धार्मिक, सांस्कृतिक, सामाजिक प्रथा परम्परागत प्रचलन विद्यमान रहेको पाईन्छ ।

समस्त हिन्दु लगायत अन्य धर्मावलम्बीहरुले समेत साथ साथै र तराई/पहाड र हिमालबासीले समेत मनाउने यस बर्ष मिति २०८१ फाल्गुन २९ गते फागु पुर्णिामा गुरुवार  हिमाली,  पहाडी जिल्लाहरु र उपत्यका समेत र  चैत्र १ गते शुक्रबार  (तराईका जिल्लामा) होलीका दहन गरि होली/फागु पर्वको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको  अवस्था छ ।

समस्त बुबा/आमा, सङ्गी/साथी,दाज्यु/भाइ तथा दिदी बहिनीहरु जो स्वदेश र बिदेश/ प्रवासमा रहनु भएका सम्पुर्ण सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, भ्रातृत्व भगिनीत्व रुपमा मनायौं । सरकारी निर्देशनको परिपालन गर्दै अत्यन्तै प्रेमवत रुपमा सम्पुर्ण सबमा पुनः फागु पुर्णिमा "होली" को हार्दिक शुभकामना !!!

होली पर्वको महिमा, २०८१

होली हाम्रो सांस्कृतिक बिरासत ठुलो,  सन्दर्भ पौराणिक ।
होलिका प्रह्लाद हिरण्यकशिपु वीच, चित्रण गरि मार्मिक ।।
भागवत भक्तिभाव र मदमस्त रितको, सत्ता र शक्ति बीच ।
कालजयी छ कथा हरेक युगमा चल्दैछ, नित्य क्रमसित ।।
                                ।।१।।
पारिवारिक देखिने रहस्यमय  रोचक छ, बर्णन कथा ।
अध्यात्मिक ज्ञान र भौतिक द्वन्द्व, सँगको मतान्धता ।।
हिरण्यकशिपु एक पात्र हुन् शासन र सत्ता भित्रका ।
होलीका उनकी बहिनी पनि छन्, शक्तिका साथमा ।।
                                  ।।२।।
बिष्णुभक्त प्रह्लाद छन् बालक समान, इश्वरीय गुणमा ।
बाबू छोरा विचको संघर्ष द्वन्द्व हुन्छ, चरम उत्कर्षमा ।।
नारद देवर्षी हुन् जसले नारायण बिष्णु,  गुणगान गरि ।
उनकै नाम र कीर्तन लाग्छन् फिजाउन, त्रिलोक भरी ।।
                                    ।।३।।
अन्ततः आगोमा कहिल्यै नडढने, फुपू होलिकाको कपट ।
स्वयं जल्छीन् उनि बिष्णु भक्त प्रल्हाद, छन् स्फटिक ।।
देवासुर संग्राम यश रितको तिलस्मी, दर्शन नीति कथा ।
लुकेका मर्म छन्  सत्ता संघर्ष र सोच मानव चिन्तनका ।।
                                    ।।४।।
शिक्षा एउटै त्रेतायुग निरन्तर मानवताविरोधी, हुन् झुटा ।
धर्म न्याय सत्य विवेक युक्त सामाजिक, मानवता कथा ।।
आफै स्वयं इश्वर ठान्ने हिरण्यकशिपु पनि, हुन्छन् अन्त्य ।
सबैमा प्रेम सद्भावना चरीत्र  देव ॠषि, मनुष्य गुणवत्ता ।।
                                  ।।५।।                                                     
✍️ रचनाकार : बसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल ।
[गुरुवार २९ फाल्गुन  २०८१ शुभम्]

Comments