५८६. सन्दर्भ नागपञ्चमी नाग जन्मोत्सव : नागपञ्चमी पुजन विधि र मन्त्र समेत

सन्दर्भ  नागपञ्चमी नाग जन्मोत्सव : नागपञ्चमी पूजन विधि र मन्त्र समेत 🕉️

स्वनिवास गृहमा नाग टाँस गर्दै 
                 ✍️ वसन्तराज अधिकारी

नाग पञ्चमीको सन्दर्भमा मेरो ब्लगमा समावेश र गुरू वाणि र अन्य विभिन्न स्रोत सामाग्रीहरु संकलन गरि तयार गरिएको  अत्यन्तउ पयोगी समसामयिक भएकोले सम्पुर्ण सवैको जानकारीका लागि साझा गरेको व्यहोरा सहर्ष जानकारी गराउँदछु । - धन्यवाद


यश बर्ष बि.सं. 2081 श्रावण महिनाको 25 गते शुक्रबार तदनुसार August 09, 2024 को शुक्ल पक्षको पञ्चमीको शुभ दिनमा नागपञ्चमी परेको छ । यश महत्वपूर्ण शुभ दिनमा हिन्दु धर्मावलम्बीले  सांस्कृतिक एवम् सांकेतिक  रूपमा नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ ।

यश ब्रह्माण्डमा जति पनि विषालु पदार्थहरु छन् ति पदार्थहरुको अवशोषण गर्ने (शरीरमा प्राकृतिक रूपमा धारण गर्ने) अर्थात् हामी बसोबास गरेको धराधर्तीमा स्वच्छ, स्वस्थ्य, विषरहित अमृतमयी पर्यावरण कायम राख्न सक्षम जीव नाग, सरिसर्प, विच्छि र किरा समेत हुन् । सनातन हिन्दु धर्मावलम्बीले नागको पूजा गर्ने मूल्य मान्यता एवम् धार्मिक संस्कृति अझै विशिष्ट रहेको छ । ब्रह्माण्डमा जति पनि प्राणिहरु अस्तित्वमा छन् तिनीहरूका एक एक देवता अधिपति छन् । मानव जातिसँग अत्यन्तै सन्निकट नाग सर्प जाति र अन्य सबै प्राणिको संरक्षण गर्नु मानवको परम कर्तव्य हुन्छ । तसर्थ यो नागसँग पारस्परिक आत्मीय सम्बन्ध कायम गर्नु - "वसुधैव कुटुम्बकम्" को वैदिक सिद्धान्त पनि हो । मानव मात्रले पृथ्वीमा निवास गर्ने सबै प्राणिसँग भ्रातृत्व भगिनित्वको सम्बन्ध कायम राखि संरक्षण गर्नुपर्दछ । मानव देखि मातहतका पशुहरुमा यो नियम लागु हुँदैन । गौमाताले पनि आफ्ना आस्रित बाछाबाछीलाई नदिएर आफै आहार खान्छिन् । अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु पशुत्व हो भने मानव धर्म सहभाव हो ।

महाभारतका पाण्डव पुत्र धनुर्धारी अर्जुनका नाति महाराज परिक्षितलाई तक्षक नागले डसे पछि परिक्षितका पुत्र जन्मेजयले सम्पुर्ण नागबंश जातिलाई सर्प यज्ञको माध्यमवाट नष्ट गर्न थाल्दा तक्षक इन्द्रको शरणमा गएको र ईन्द्रलाई पनि ॠषिहरुको हवनले ध्वस्त गर्न थाल्दा स्वयं प्रजापति ब्रह्माजीले हरेक जीवको सृष्टिमा अस्तित्व रहेको संस्मरण गराउँदै संरक्षण गर्नुभएको सन्दर्भ श्रीमद्भागवतमा संकेत र देवीभागवत कथामा यथेष्ट पाईन्छ । यस्तै सर्प माता कश्यप पत्नी कद्रुवाट नागहरु जन्मभएको र विनिताको तपस्या र वालखिल्य ॠषिहरुको आशीर्वादले अरुण र गरुड जन्मेका र गरुडले आफ्नो आमा विनितालाई नागमाताको दासत्ववाट मुक्त गरेका धेरै पौराणिक रहस्यमय धार्मिक सत्य कथाहरू छन् ।

वातावरण, पर्यावरण, धार्मिक, सांस्कृतिक समेतको उद्देश्यले नाग सर्पजातिको रक्षा गर्नु, सुरक्षा गर्नु, जीव हिंसा नगर्नु हामी मानव  परम धर्म र कर्तव्य हो । अरु जीव आउँदा थाहा हुन्छ तर सर्प आउँदा थाहा हुँदैन नाग, सर्पलाई हामी देवताको रूपमा पुज्दछौं । यस दिनमा  सबै किसिमका नागका पूजा गर्ने गरिन्छ । नागका बंश कुलहरु अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजकै दिन गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पवित्र पर्व हो । यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान देवाधिदेव महादेव  भोलेनाथको पनि पूजा आराधना गर्ने गरिन्छ।

नागको पुजा किन  गरिन्छ ?

एक प्रख्यात किंवदन्ती अनुसार आदिकालमा एक किसानले आफ्नो खेत खनिरहेका बेला भेट्टाएका नागका तीन वटा बच्चा मारिदिए । त्यसबाट क्रोधित भएकी नागिनीले किसानलाई पनि तत्कालै मारीदिइन् । त्यति गर्दा पनि रीस नमरेपछि उनले किसानको घरमा गएर किसानकी श्रीमती एवं दुई छोरालाई पनि मारिदिइन् । परन्तु किसानकी छोरी घरबाहिर रहेकीले बाँच्न सफल भइन् ।

किसानकी छोरीले जब घरमा आएर सबै कुरा थाहाँ पाइन् तब उनले अनेक प्रकारले याचना गर्दै नागिनीको पूजा गर्न थालिन । शुद्ध मनले पूजा गर्दै उनले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले उनको जीवन दान दिनुको साथै एउटा वर दिने पनि बचन दिइन् । मौका मिल्नासाथ किसानकी छोरीले आफ्ना मातापिता र भाइको जीवन मागिन् । नागिनीले तथास्तु भनी किसानको परिवारलाई आजकै दिन बचाइदिइन् । यसरी आफ्नै सन्तान मार्नेलाई समेत जीवनदान दिन सक्ने अत्यन्तै  दयालू जीव नागलाई उच्च सम्मान गर्दै श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन नागपूजा गरी घरमा टाँस्ने चलन चलेको हो ।

त्यस्तै एक अर्को भनाइ अनुसार एकपटक गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र बर्ष सम्म तपस्या गर्नुभयो । गुरुले यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएर ल्याइयो । आफ्ना गुरु आएको देखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा उल्लेख गरिएको पाईन्छ । वराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले आजै श्रावण शुक्ल पञ्चमी अर्थात् आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ ।

नागपूजाको विधि

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरि अष्टनागको चित्र टाँस्नाले उक्त घरमा दैवीप्रकोप जस्ता चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता समेत रहेको छ । भनिन्छ नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्ने सेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य (कार्य) गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।

नाग पञ्चमी व्रतको विधि

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।

मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा

नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको मूल द्वार (ढोका)मा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ ।  नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ । नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ ।

नागस्तोत्र यश प्रकार रहेको छ :

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा ।१।
इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा ।२।
कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा ।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा ।३।
इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा ।४।
सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता ।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा ।५।
मलये चैव ये सर्पा: कर्कोटक प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा ।६।
प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित ।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा ।७।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता ।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा ।८।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च ।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा ।९।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा ।१०।
रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा ।११।

नागमन्त्र पाठ गर्न असम्भव भए

ॐ कुरुकुल्ये हुँ फट स्वाहा मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।

नाग गायत्रीको मन्त्र

ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात् को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ ।

के नाग पूजा गर्नाले सर्प भय हुदैन त ?

यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प, बिच्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो । हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने मान्यता सत्य होस् अथवा नहोस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही बैज्ञानिक कारणहरू छन् । बर्षायाममा घर वरपर ठुला ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जीवहरू घरमा भित्रिने धेरै सम्भावना रहन्छ, अर्को कुरा साउन, भदौ तिर भारी बर्षा हुने र घाम पनि निकै टन्टलापुर लाग्छ । यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवस्थामा घर वरपर जङ्गल भएमा सर्पहरू सोझै घरमा पस्न आउँछन् । मानिसहरू चाडपर्वमा घरको अन्य कामकाज छोडेर भए पनि आफ्नो घरआँगन सफा गर्छन् । यसरी घरआँगन सफा भएर घर वरपर सफा भयो भने सर्पहरूको डर कम हुने भयो । यस कारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्छ ।

नाग जन्मोत्सव र नागपञ्चमी

हिन्दु धर्ममा नागलाई देवता भनेर पुजिन्छ । नाग सर्प प्रजातिको परन्तु पवित्र र देवतासंगै बस्न चाहने देवत्व गुणधारी जीव हो तसर्थ,  यसको अत्यन्त महत्व रहेको छ । भगवान विष्णुले शेष नागलाई शैया बनाएर शयन गर्ने, शिवको कण्ठमा नागदेवता निवास गर्ने, भगवान कृष्णसंग पनि कालीदमन र नागसंग जोडिएका प्रशस्त प्रसंगहरु रहेको पाईन्छ ।

नागलाई आह्वान गर्ने मन्त्र यस प्रकार छ –

अस्तीकस्यमुनेमातज्जगदानन्दकारिणी । ऐहहिमानसादेवीनागमार्तनमोस्तुते ।।

वास्तवमा नागपुजन आदिकालदेखिनै प्रचलनमा रहि आएको छ । प्राकृतिक अवस्थादेखि नै मानवजाती र नागको विच घनिष्ट सम्वन्ध कायम रहेको र सांस्कृतिक, धार्मिक, सामाजिक, पर्यायवरण एवं वातावरणीयरुपमा रहेको छ । मत्स्य पुराणमा प्राचिन पर्वतीय जातीहरुमा नाग, गन्धर्व, किन्नर, राक्षस, पिशाच, किम्पुरुष, खस आदि को साथ नाग जातीको बर्णन पाईन्छ । नागको सम्वन्ध शिवसंग र गरुड विष्णुसंग रहेको छ । हिन्दु, बुद्ध धर्ममा नागलाई देवताको स्वरुपमा लिईन्छ । नाग देउता लागेमा ससाना वालवालिकालाई झारफुक गर्ने प्रचलन पनि छ ।

प्राचिनकालमा नेपाललाई बासुकी क्षेत्र भनिन्थ्यो । विष्णु पुराण र श्रीमदभागवत अनुसार वासुदेवको कुलमा उत्पन्न भएका विष्णुको अवतार श्रीकृष्ण स्वर्गारोहण भएपछि मानिसहरु पापमा रमाउन थाले त्यसैबेला देखि कलियूगको प्रारम्भ नागपञ्चमीको दिन भएकोले पात्रोमा कल्की जयन्ती भनि लेखेको पाईन्छ । धार्मिक कर्मकाण्डमा जम्बूद्वीपे भरत खण्डे, हिपवत्पादे, बासुकी क्षेत्रे श्री नेपाल देशे भनि संकल्प पढने प्रचलन विक्रमको चौधौ र पन्धौ शताब्दीदेखि प्रचलनमा रहेको पाईन्छ ।

नाग भनेको सर्प मात्र नभई मानवकै एक जातीकोरुपमा लिईन्छ । घरमा नागको तस्वीर टाँस्नाले दैवी शक्तिवाट हुने विपत्तीवाट जोगीने लोकोक्ति रहेको यसवाट बर्ष दिन भरीमा हुने भय, त्राश र विपत्तीवाट जोगिने विश्वास रहेको छ । सृष्टिकर्ता ब्रम्हाजीले नागपञ्चमीका दिन नागको पुजा गर्नाले अनिष्टको निवारण र ऐश्वर्यको प्राप्ती हुने कुरा अभिव्यक्त गरेको विश्वास रहेको छ । जहाँ नाग रहन्छन त्यहाँ पानी हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । संस्कृतिविदहरुको अनुसार सवै पोखरी, दह, कुण्ड लगायतका पानी जम्मा हुने ठाउँलाई नागको प्रतिककोरुपमा लिईन्छ यस्तै भक्तपुर लगायत विभिन्न ठाउँमा नागपोखरी रहेका छन् । नागलाई देवी देवताका अवतार मानिन्छ । प्रारम्भमा आर्यहरु नागपूजक नभएको पछि स्थानीय आदिवासी जातजातीहरुको प्रभाव र संगतका फलस्वरुप नागपञ्चमी वा श्रावण शुक्ल पञ्चमीका दिन नागको पुजा गर्ने, यस दिनलाई नागको जन्मोत्सवकोरुपमा मनाउने प्रचलन चलेको हो ।

वास्तवमा नागपुजन आदिकालदेखि नै प्रचलनमा रहि आएको छ । प्राकृतिक अवस्थादेखि नै मानवजाती र नागको विच घनिष्ट सम्वन्ध कायम रहेको र सांस्कृतिक, धार्मिक, सामाजिक, पर्यायवरण एवं वातावरणीयरुपमा रहेको छ ।

नागको सम्वन्ध ॠषि कश्यप र माता कर्दुका पुत्र वासुकी नाग शिवसंग र वासुकीका दाजु शेष नाग श्रीविष्णुसंग रहेको र ॠषि कश्यप र विनिताका पुत्र गरुड् भगवान् नारायण श्री बिष्णुको बाहन भएको कुरा शास्त्रमा बर्णित छ । हिन्दु, बुद्ध धर्ममा नागलाई देवताको स्वरुपमा लिईन्छ । नाग देउता लागो लागेमा ससाना वालवालिकाहरुलाई झारफुक गर्ने प्रचलन रहेको छ ।

संस्कृतिविदहरुको अनुसार सवै पोखरी, दह, कुण्ड लगायतका पानी जम्मा हुने ठाउँलाई नागको प्रतिककोरुपमा लिईन्छ यस्तै भक्तपुर लगायत विभिन्न ठाउँमा नागपोखरी रहेका छन् । नागलाई देवी देवताका अवतार मानिन्छ । प्रारम्भमा आर्यहरु नागपूजक नभएको पछि स्थानीय आदिवासी जातजातीहरुको प्रभाव र संगतका फलस्वरुप नागपञ्चमी वा श्रावण शुक्ल पञ्चमीका दिन नागको पुजा गर्ने, यस दिनलाई नागको जन्मोत्सवकोरुपमा मनाउने प्रचलन चलेको हो । मूलत: घरघरमा पुजा, अर्चना गरी दुधको धारा, चन्दन, द्रव्य आदि चढाई श्रद्धापूर्व अष्टकुलिक नागलाई मन्त्रोच्चारण गरी पुजा गरिन्छ ।

मूलत: घरघरमा पुजा, अर्चना गरी दुधको धारा, चन्दन, द्रव्य आदि चढाई श्रद्धापूर्व अष्टकुलिक नागलाई मन्त्रोच्चारण गरी पुजा गरिन्छ । नाग पुजनको मन्त्र यसप्रकार रहेको छ :-

ॐ  अगस्तश्चै पुलस्तत्सश्च बैशम्पायन एवच ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते बज्रवारका: ।।

मुनै कल्याण मित्रस्य जैमिनिधास्य कृतनात ।
बिद्युदग्नी भयं नास्ति लिखितं गृहमण्डले ।।

यत्राहिसामी भगबान यत्रास्ते हरिरिश्वर: ।
भङगो भवति बज्रस्य तत्र शुलस्यका कथा ।।
कपिल: कलियोनन्तो वासुकीस्तक्षकशस्तथा । पञ्चैतान स्मरेतनित्यं
बिष बाधा नजायते ।।
सर्पाSपसर्प गच्छन्ते दूर गच्छ विषाशन: ।
जन्मेजयश्च वचनं आश्रति वचनंसृत ।।
अस्तीकस्यमुनेमातज्जगदानन्दकारिणी ।
 ऐहहिमानसादेवीनागमार्तनमोस्तुते : ।।

अनन्तवासुकीपद्ममहापद्मश्चतक्षक : ।
कुली र कर्कटशंखौ चाष्टौ नागाप्रक्रितिता : ।। अस्तु 

स्रोत संकलन तथा लेखन


१. आफ्नै ब्लगमा पुर्व प्रकाशित सान्दर्भिक आफ्नै लेख परिमार्जन
२. गुगल ईन्टरनेट र
३. कर्मकाण्ड प्रशिक्षक गुरुवर ।


✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
शुक्रबार श्रावण 25, 2081 बि.सं. August 9, 2024 A.D.

Comments