संसार यो रंगमञ्च रहेछ ।
कठपुतली झैं नाच्दै जीवन ।।
Me वसन्तराज अधिकारी |
रुँदा रुँदै नश्वर जन्म पायौं ।
अनित्य संसारमा ।।
मोहजाल बिषय भोग लिप्सा ।
अल्झि दु:खी आत्मा ।।
अमरता पाए जस्तो लाग्दा ।
डुब्दै महाशुन्यतामा ।।
अज्ञानतामा वालपन वित्यो ।
मदहोसमा जवानी ।।
तृष्णा बढे सँगै बुढेसकालमा ।
डाँडा माथि घाम बनि ।।
होस् आइन् चेत क्यै आइन् ।
सत्य साँचो कुरा बुझ्ने ।।
अन्त्य बेला होस् खुलेर ।
खै के होला नि गर्ने ।।
इश्वर चिन्तन मानव सेवा ।
केहि बुझ्नै सकिएन ।।
आफ्नो स्वार्थ सर्वोपरि भै ।
अरु केहि देखिएन ।।
अन्धकारको भुमरीमा गुज्रिई ।
कालचक्र थाहा नपाई ।।
जन्म जन्म यसै गरि फ़ेरि फ़ेरि ।
सकियो जिन्दगी खेर गैइ ।।
संसार यो रंगमञ्च रहेछ ।
कठपुतली झै नाच्दै जीवन ।।
✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।
मंगलबार,मंसिर १२, २०८० शुभम् ।
Comments
Post a Comment