५६७. राजधानी शहरदेखि घर गाउँसम्म । लाखौंलाख आउँदैछन् दशै तिहार मान्न ।।

राजधानी शहरदेखि घर गाउँसम्म ।                  लाखौंलाख आउँदैछन् दशै तिहार मान्न ।।        

छोरा बुहारी साथमा हामी ।
बडा दशै सन्दर्भ घुमघाम ।।

दशै आयो सर्वत्र राम रमिता छायो ।
घर आँगनमा खुशीयाली भरिई आयो ।।
घरदेश र परदेश टाढा टाढा गएकाहरु ।
घर सम्झिएर  बाँस गुडमा फर्कदै छन् ।।
जागीरे व्यवसायीहरु पनि घरसम्झेर ।
स्वप्नाको शहर देखि शिघ्र आउँदैछन् ।।
जे जस्तो परिस्थिति भए पनि आखिर ।
घर ! घरै हो !! परदेश परदेश !!

लाहुरेका सन्तती विश्वभर चिरपरिचीत ।
हामी नेपाली जातिको लाहुरे नियति ।
रुप परिवर्तन भएनि सारमा फ़ेरिन सकेन ।।
वीर गोर्खाली पुर्वज परन्तु सन्तति भने ।
पलायन भै जाँदैछन् युरोप अमेरिका तिर ।।
हामी नेपालीको नियति  भनौ वा दुर्भाग्य ।।

गन्तव्यहिन मृग मरिचिका कस्तुरी - दुर्नियति ।।
अथक दौडिरहेका विश्वभर सुख सुविधा खोज्दै ।
जकड कर्म बन्धनको परिवेश पराकाष्ठा भोग्दै ।।
संसार भर सर्वत्र  छरिएका छन् नेपाली जाति ।
विदेशमा जतिसुकै सुख वा सुविधा भए नि ।।
अन्ततः मातृभूमि  घर नसम्झेर कहाँ सुख छ र !!
जन्मिएको संरक्षित  पालित भूमि जन्मभूमि ।।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।।

शहर बजार खाली हुँदैछन् अब ।
गाउँ घर बस्ति भने भरिदैछन् ।।
पढ्न गएका, कमाउन गएका ।
रहर र कहरले शहर बजार पसेका ।।
आफ्नो जन्मस्थल गौरव साथ फर्किदा ।
रमाएका छन् घर गाउँ रस्ती बस्तीहरु ।।
बर्षमा एकपटक भएपनि गाउँको ।
रौनक भाग्य ढकमक्क फुलेको छ ।।
अब मखमली र सयपत्रीले साथ दिन्छ ।।

चालिसौ बर्षसम्म घरदेशमा बसियो ।
धन्न ! परदेशको नियति भने भोगिएन ।।
अब घर फर्किएपछि स्वर्ग सरि गौरव ।
सौभाग्य आनन्द सुख रहेछ आफ्नै घर  ।।
निजत्व गौरव उत्तम आत्म - स्वाभिमान ।
स्वान्त सुख अनन्त सम्प्रभुताको मीठो स्वाद ।।
घट्ट्स्थापना देखि विद्यार्थी जागीरे कर्मचारी ।
बर्षमा एकपटक झुल्कीन्छन् राजनेता सरि ।।
राजधानी शहरदेखि घर गाउँसम्म ।
लाखौंलाख आउँदैछन् दशै तिहार मान्न ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।
फुलपाती २०८० शुभम् ।

Comments