५६२. जन्म र मृत्यु बीचको अन्तहिन यात्रा रहेछ जिन्दगी ।

जन्म र मृत्यु बीचको अन्तहिन यात्रा रहेछ जिन्दगी ।        

तस्बिर : हामी आमा छोरा 

आमाको उदर बाँस गर्भ प्रसव  पीडा बिर्सेर ।
कहिल्यै नमर्ने  अनित्य जस्तैः दम्भ लिएर ।।
जीजिविषा सँगसँगै जुझ्दै जाँदा अनायास ।
विजिगिषा कालसर्प झै स्वयंमा बेरिंदोरहेछ ।।
दु:ख शाश्वत सत्य भएको बुझ्दा बुझ्दै पनि ।
सुखको मृगतृष्णा खहरे जस्तैः उर्लदो रहेछ ।।
आखिर हात मुख जोर्नुको महान उद्देश्य भित्र ।
अनेकन व्यविचार र पाप गर्न पुग्दो रैछ मान्छे ।।
जाल झेल प्रपञ्चरुपि नाटक मञ्चन गर्दागर्दै ।
एउटा सिद्ध हस्त कलाकार पनि बन्दो रहेछ ।।
मपाइत्वको दलदलको भासमा भाँसिदै भाँसिदै ।
अस्ताचलमा पुगेको मलिन दिनहिन रवि जस्तैः ।।
संसारको भोग वासना अतृप्ति मोहपासमा परि ।
घुमिरहँदो रहेछ कहिल्यै नसकिने जञ्जाल भुमरी ।।
लुप्तगुप्त भै जीवनका संकल्पसहितका उद्देश्य ।
सरोबरका पानीका फोका उठदै र तक्षणमा फुटदै ।।
अनन्त यात्रा अन्तहिन जीवन नश्वर प्राण शरीर ।
अमृतत्व गुमाएर दानव लिला विषको घडा समाति ।।
चेतना भएर पनि प्रमाद र बिषय भोग वासना लिई ।
मानवता, सत्य, दया, धर्म  र परोपकार सुदृष्टि गुमाई ।।
जडता जञ्जिर यंत्रवत् कठपुतली घुमेर नाचे सरि ।
मातृत्व उदर वासमा आउँदै फ़ेरि जाँदै आउँदै घरी घरी ।।
महाजाल भित्रै क्रिडा सरि निर्जीव भै नाच्दा नाँच्दै ।।
कति समय बिते कति कति बित्दैछन् थाहै नपाई ।।
क्षणिक लघु दृष्टिकोण लि दिव्य दृष्टि परित्याग गरि ।
जन्म मृत्यु बीचको अन्तहिन यात्रा रहेछ जिन्दगी ।।

📝 वसन्तराज अधिकारी
स्वनिवास : घोराही १७ दाङ नेपाल
शुक्रवार, भदौ २२, २०८० शुभम् ।

Comments