जीन्दगी खहरे खोला बग्ने उँधै उँधै सलल ।
✍️ वसन्तराज अधिकारी घोराही, दाङ, नेपाल |
जीन्दगी खहरे खोला बग्ने उँधै उँधै सलल ।
जन्मेको यश संसारमा फ़ेरि रुँदै रुँदै हरपल ।।
जन्म्यो एक्लै मर्ने पनि चारदिन रामछाया ।
किन्तु नातागोता आफन्तको हुने मोह माया ।।
दु:ख सुख कर्म भाग्य रोजाई हुन् आफ्नै ।
व्यतीत अतित जीवन्त घाम छाया जस्तैः ।।
आशा निरासाको चक्कर चक्र घुमिरहन्छ ।
जीवन गति भोग सञ्चित कर्म बनिरहन्छ ।।
ॠतु सरि परिदृश्य साक्षी स्थिर जगत सृष्टि ।
सूक्ष्म ज्ञान अभ्यन्तर चक्षु राख्नु दिव्य दृष्टि ।।
जस्तो रोप्यो त्यस्तै फल्छ कर्म सिद्धान्त भन्नू ।
पुरुषार्थ भन्दा ठूलो फ़ेरि किन भाग्यलाई मान्नु ।।
न क्यै थाहा छ पुर्नजन्म न मृत्युु पश्चातको गति ।
संसार एउटा दु:ख सागर भोग्नु पर्ने नै फजिती ।।
वालापनको याद आईरहन्छ आँखामा झल्झली ।
जवानीका रसरंग सब बिस्मृत स्मृति घरीघरी ।।
के लिएर आएको हो यहाँ आखिर के लिएर जानू ।
दु:खम् सुखम् सन्तोष मनले रुखो सुखो खानु ।।
फ़ेरि पनि हजुर मायाको भुलभुलैया यो संसार सागर ।
मै हुँ भन्ने अहम् गर्दा गर्दै जीन्दगी रित्तिन्छ आखिर ।।
जीन्दगी खहरे खोला झै बग्ने उँधै उँधै सलल ।
जन्मेको यश संसारमा फ़ेरि रुँदै रुँदै हरपल ।।
📝 वसन्तराज अधिकारी
स्वनिवास : घोराही १७ दाङ नेपाल
आइतबार, भदौ २४, २०८० शुभम् ।
Comments
Post a Comment