एकपटक पुनः वाल्यकालको जीवन्त स्मरण भरे ।।
Me वसन्तराज अधिकारी with श्रीमती यशोदा अधिकारी
सानो बालक उहीँ घर गाउँको परिवेश ।
अल्लारे साथी भाइ छुल्याई र फटाई ।।
विद्यालय बङ्क गर्दै भागी भागि हिंडने ।
कुखुरा चोर्ने माछा मार्ने र गुच्चा खेल्ने ।।
पत्रे खोला मजगैं मजगाउँको सेरोफेरोमा ।।
फ़ेरि डर घर फर्कदा आमाको डाँट्फाँट ।
एक्कासि झसङ्ग व्युझिएँ दिउँसै स्वप्नावाट ।
उग्रगर्मीमा भाते निन्द्रा भुसुक्कै निदाईएछ ।।
यद्यपि सपना भए पनि जीवन्त अनुभव पाए ।।
राजर्षि जनकको अनुभुति जस्तो कस्तो२ ।
अष्टाबक्रगीता ज्ञान गुह्य अमृत पान जस्तो ।।
त्यसैले कवितात्मक भाव धारामा साझा गरे ।
स्वछ्न्द लयमा आफ्नै रचना अनुभुति वाचन गरे ।।
एकपटक पुनः वाल्यकालको जीवन्त स्मरण भरे ।।
स्मरण रचना :
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
बुधबार, जेठ २४, २०८० शुभम् ।
Comments
Post a Comment