५२६. हाम्रो वैवाहिक बर्ष गाँठ, २०८० को अवसरमा चार कविता

हाम्रो ३१ वैवाहिक बर्ष गाँठको अवसरमा चार कविता 
                       
श्री अम्बिकेश्वरी मन्दिरवाट आउँदा  घोराही उपमहानगरपालिका वार्ड नं. १८ रझेना, दाङमा आमासँग हामी 


पहिलो कविता 

१. वैवाहिक जीवनको एकतीसौं बर्षगाँठ, २०८०

घर छोडेउ संघीय राजधानी शहर बस्यौ किन्तु घर बिर्सिएनौं ।
अविचलित भै दु:ख संघर्ष भोगेउ तथापि स्वकर्तव्य बिर्सिएनौं ।।
देव पितृ मातृगुरुजनको शुभआशीर्वाद सदा सर्वदा पाईरहेऊ ।
ईश्वर संरक्षकत्व स्वजनको आभार  कृतज्ञता गान गाईरहेऊ ।।
                                 ।।१।।
पौरखको अथक  बलमा मेहनतको मलमा जीवन धन्य भयो ।
ब्रह्मचर्य गृहस्थ जीवन विताई अब पुनः  बानप्रस्थमा होमियौं ।।
दु:ख सुख सारा भोगियो सब तर सब यो सांसारिक प्रपञ्च हो ।
नाटकमा कठपुतली सरि त हौं हामी एउटा पर्दा मञ्चन भयो ।।
                                  ।।२।।
एकतीस बर्ष भयो दाम्पत्य सहचार्य जीवनमा हामी दुई बिचको । 
जागीर वृत्ति निवृत्त सन्तान दायित्व पूरा तमाम भयो कामको ।।
सन्तानलाई शिक्षा दीक्षा दिई सक्षम बनाई कर्म पथमा लगाई ।
घर व्यवहार सब तारतम्य मिलाई बानप्रस्थ झै जीवन विताई ।।
                                  ।।३।।
✍️ वसन्तराज अधिकारी
घोराही, दाङ । 
शनिबार, बैशाख १६, २०८० शुभम् ।

 दोस्रो कविता 

२. हाम्रो ३१ औं वैवाहित बर्ष गाँठ २०८०

पहिला जन्म, शिक्षा
कर्म, बिबाह र निधन 
अनिवार्य शाश्वत धर्म 
रहेछ मानव जीवन ।
बिबाह बन्धन जीवनयात्रा 
एउटा बन्छ मुल पथ 
रमाइलो  सुरुआत हुन्छ 
हिंड्नु दुवै साथसाथ ।।१।।

आरोह अवरोहहरु झेल्दै 
कठिन दु:ख - सुख 
सम्झौतामा चल्नुपर्छ 
आफ्नो जीवनसाथी शीत ।
धेरै धेरै स्वयं हार्नु पनि पर्छ 
थोरै थोरै जित्नु पनि पर्छ ।
यति भए मात्र घर व्यवहार 
सब सहजतासाथ चल्छ  ।।२।।

बिबाह पश्चात् शुरु हुन्छ 
पुनः वास्तविक जीवन 
घर खर्च बचत र व्यवहार 
व्यहोर्दै सारा ॠण धन ।
सन्तानको जन्म पश्चात्  
बाबुआमा स्वयं भएपछि  मात्र 
गृहस्थ जीवन हुन्छ सुरुआत 
आउँछ स्पष्ट मानचित्र ।।३।।

आय आम्दानीका गोरेटोलाई 
सकिनसकि मुलबाटो बनाउँदै 
बढदो असीमित खर्चहरुका 
स्रोतहरु सीमितमा झार्दै ।
दिनरात एकसमान ठानी 
ईमान मेहनत र परिश्रम गर्दै 
अब्बल प्रतिस्पर्धी बनी 
अग्रगामी पाईला सार्दै ।।४।।

जिजिविषा "बाच्ने इच्छा" 
सदैव डोर्याउँछ फेरि 
बिजिगिषी ठूलो बन्ने इच्छा 
लगातार आउँछ वरिपरि ।
साथीभाइ कहाँ कहाँ  पुगे 
फेरि के के गरि सके 
हुन पुगेछु कि म त हजुर पछि 
कि त भए सबैभन्दा अल्छि ! ।।५।।

ठुला ठुला काला पहाड जत्रा 
बिधि व्यवहारका ढिक्का 
पालन हुनुपर्छ सदा सत्य 
जीवन कर्तव्यमा निष्ठा ।
सुखमा आफन्त सबै साथीभाइ 
दु:खमा एक्लै एक्लै हुन्छ 
आफू हाँस्दा संसार हाँस्छ 
परन्तु रुँदा एक्लै रुनुपर्छ ।।६।।

मेहनत र  परिश्रमले हजुर 
अवश्य धन कमाउनु पर्छ 
थोरै धेरै जति कमाएनी 
व्यवहार सोही रुपले टर्छ ।
त्यसैले त कोही धनी मानी 
कोहि निर्धन गरीबी छन् 
समाजमा विभेदका खाडलहरु 
कहिल्यै पनि पुरिदैनन् ।।७।।

पहिला दु:ख मिहिनेत गर्न सके 
पछि फ़ेरि मिल्दो रैछ सुख ।
शिखर चढन ससाना पदचाप 
चाल्दै अघि बढनु पर्छ ।
आफ्नै भरले उठन सके मात्र 
आत्मसन्तुष्टि आउँछ स्वाभिमान ।
काम सानो ठूलो जे जस्तो होस् 
उद्देश्यमा भैईन्छ महान ।।८।।

आफ्नो शिक्षा वृत्ति पथ बढोत्तरी
घर गृहस्थ कर्म कर्तव्य सबै गरि 
सन्तानको उच्च शिक्षा दीक्षा 
बसेर घरदेखि टाढा संघर्षरत यात्रा ।
राजा रामको आदर्श र मर्यादा 
सदैव हरतरहले गरि सुरापूरा 
अब उप्रान्त एउटा अध्याय पनि 
भैसक्यो राज्यको जिम्मेवारी पूरा ।।९।।

यस्तै यस्तै जीवन कथा 
व्यतीत भए  सुखद क्षण 
तीसौं बर्ष व्यतीत भए 
हाम्रो वैवाहित जीवन ।
दुई हजार उन्चास साल 
बैशाख २३ मंगलबार दिन  
हाम्रो वैवाहित जीवन 
सुरुआतको रमाइलो पल ।।१०।।   

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल 
रचना मिति : शुक्रबार २३ बैशाख २०७९ शुभम् पुनः परिमार्जन 

तेस्रो कविता 

३. प्रिय् जीवनसाथी 

धर्मपत्नी, श्रीमतीजी, अर्धाङ्गिनी, प्रिय् जीवनसाथी । 
माया प्रेम सद्भाव सुमधुर सम्बन्धमा, सधैं तिमी माथी ।।१।।
जन्मदिने आमा बाबू कर्म दिने शिक्षा, साथ दिने तिमी ।
तिमी बिना हरियाली परिपुर्ण हुँदैनथ्यो, यो जीन्दगानी ।।२।।
एकतीस बर्ष पुरा भयो तिम्रो साथ, हाँसी खुशीसाथ व्यतीत ।
सम्झना रहन्छ ताजा स्मृतिमा प्रेमिल, सुन्दर ति अतीत ।।३।।
यशोदाजी आज हाम्रो एकतिसौं बर्षगाँठ मनाउँदा खेरी ।
हाम्रा संघर्षरत अतीत आउँछन् याद, नयन भर घुमिफिरी ।।४।।
हामी र हाम्रा निकटतमलाई सम्झिरहेछौं यश शुभ घडीमा ।
सदैव अटल रहोस् माया प्रेम जीवन जीवनान्तर सम्ममा ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।
रचना मिति : मंगलबार, २४ फागुन २०७८ पुनःपरिमार्जन 

चौथो  कविता 

४. श्रीमतीजी जीवनसाथी

जवानीको सुन्दर  रसरंग उमंगमा 
तिमी बहार भै आयौ मेरो जीवनमा ।
एक्लो यात्री थिए जीवन यात्राको 
सुखद साथ पाएँ सहयात्रा तिम्रो ।।
               ।।१।।
दुःख सुख को अनन्य साथी भइ 
माया प्रेम सद्भाव  सुखद कहानी ।
गृहस्थ धर्मको पुर्ण परि पालनामा 
सदैव मेरो घनिष्ठ साथ रहेउ तिमी ।।
                 ।।२।।
घरमा रहँदा वा टाढा जागीरमा छँदा 
छोराछोरीलाई जन्माउँदा हुर्काउँदा ।
सन्तानको यथोचित लालनपालन गर्दा र
शिक्षादिक्षा दिई सबल सक्षम बनाउँदा ।।
                   ।।३।।
कहिले जीवनसाथीको कर्तव्यमा 
आमा दिदीबहिनीको भुमिकामा ।
कठिनतम्  दु:खदायी दिनमा पनि 
फ़ेरि पनि खुशी र सुखद क्षणमा ।।
                  ।।४।।
अध्ययन र वृत्तिपथका संघर्षमा 
घर गृहस्थ जीवन व्यवहारमा ।
सुगम र दुर्गम विभिन्न स्थानमा 
एक्लो हुँदा र सबको साथमा ।।
                 ।।५।।
तिमीसँगको जीवन सह सम्बन्धले 
कर्म बाबुआमा र घर पनि पाए ।
सासू ससुरा र साला सालीहरु 
निकटतम आफन्त परिवार सञ्जाल ।।
                   ।।६।।
दु:खका कठिन घडीमा मिठो बोलेर 
अत्यन्तै खुशीको क्षणमा दिल खोलेर ।
अन्तरंग परम सह्रदयी सहधर्मी मित्र 
आफ्नै ह्रदय भित्रको यथार्थ स्वचित्र ।।
                    ।।७।।
सल्यान,  डोटी दिपायल र दार्चुला 
काठमाडौ उपत्यका शहर कीर्तिपुर ।
डडेल्धुरा बाँके बर्दिया गृह जिल्ला दाङ 
जागीरे यात्रामा वितायौं रमणीय क्षण ।।
                     ।।८।।
तिम्रो सामिप्यता सदगुणले समेटदा 
कर्तव्यबोध कर्म जिम्मेवार भै बोक्दा ।
असफ़ल पछि अन्ततः सफ़लता चुमेका 
सयौं दृष्टान्त लि सुखद घाम झुल्केका ।।
                      ।।९।।
सरकारी निजामती सेवाको निवृत्त 
साथ साथ सन्तानको दाम्पत्य जीवन ।
गृहस्थ धर्मको अनिवार्य कर्तव्य पालन 
निष्काम कर्तव्य कर्म व्यतीत हुँदैछन् ।।
                     ।।१०।।
म एक बाट तिमीलाई पाई दुई भए 
दुईवाट छोराछोरी भै चार भयौं ।
जुवाँई र बुहारी पाई छ जना भयौं 
दोब्बर भै बढदैछ सृष्टि क्रम निरन्तर ।।
                     ।।११।।
प्रेम ममता सहनशीलता नारीका सत्गुण 
व्यवहारपयोगी शिक्षाको गुरु हौ तिमी ।
एकल तप निष्ठा अथक मेहनत र संघर्ष 
वृत्ति पथका चट्टानी पदचाप थिए मेरा ।।
                      ।।१२।।
सन्तानलाई माया प्रेम दिएर हुर्कायौं 
शिक्षा दीक्षाको मार्गनिर्देशन दिए मैले ।
एकहातले मात्र त ताली कहाँ बज्छ र ?
दुवै हात जोड्यौं कर्म गोरेटो खन्नमा ।।
                      ।।१३।।
कल्याणकारी शिव बाबा हजुरको सुदृष्टि 
पाईरहौं सदा सर्वदा सुख सन्तोष शान्ति ।
अविचलित रहोस् ईश्वर भक्तिमा तन्मन 
व्यतीत होस् सदा रमेर नश्वर यो जीवन ।।
                      ।।१४।।
जन्म  संस्कार सुकर्म फ़ल प्रारब्धको 
संयमित अनुशासन जीवन भोगलिई ।
अतृप्ति तृष्णा  भोग अस्थाई जीवन 
ईश्वरसँगको रहेछ लेखान्त करार ।।
                   ।।१५।।
आमा बाबुले हाम्लाई हुर्काए बढाए 
हाम्ले पनि सोही पदचाप पछ्याउँदै ।
फरक त आखिर केही छैन फ़ेरि पनि 
बाबुआमाको चाहना सन्तानको सुख खुशी ।।
                    ।।१६।।
सन्तान आफू भन्दा धेरै अगाडि बढोस् 
आफू भन्दा सुखी जीवन व्यतीत गरोस् ।
यो उच्च बिचार पितामा जति हुन्छ गाढा 
शायद अरुमा बिरलै हुन्छ यो सदिच्छा ।।
                      ।।१७।।
आमा प्रेम माया ममताकि प्रतिमुर्ति 
बाबू कर्तव्य कर्म जीवन वृत्ति पथ ।
सत्य माता पिता ज्ञानं धर्मो भ्राता दया सखा 
शान्ति पत्नी क्षमा पुत्र षड्ते मम बान्धवा ।।
                     ।।१८।।
उर्वर बैंशमा व्यतीत सुन्दर तिलस्मी क्षण 
ठाक्ठुक कहिल्यै क्यै नभको पनि कहाँ हो र ?
रचनात्मक सुधारका लागि द्वन्द्व स्वाभाविक 
अन्ततः परिणाम प्रतिफल सुखद रह्यो ।।
                      ।।१९।।
श्रीमतीजी तिमी मेरो सहायात्री मात्र हैन 
सल्लाहकार बिज्ञ र प्रशिक्षक पनि हौ ।
मसँग सैद्धान्तिक ज्ञान तत्व थियो भने 
व्यवहारमा खुब कसी तिमीले लगाउँथ्यौ ।। 
                       ।।२०।।
छोरा मान्छे कन्जुस्याइँ हुनु हुँदैन भन्छन् 
कृपण नहुँदा नहुँदै पनि फजुल खर्ची बनी ।
व्यवहारमा रुमल्लिँदा कुशल अर्थमन्त्री तिमी 
गृहमन्त्री हुँदै हो म त नाम मात्रको प्रधानमन्त्री ।।
                       ।।२१।।
राजधानीमा बर्षौ बर्ष बस्यौ खुला हात गरेउ 
सादा जीवन शैली अपनाई दुनियाँलाई कत्तिपनि ।
कहिल्यै सहयोगको याचना र दु:ख देखाएनौ 
अत्यन्तै संयमित भै जीवन रथ याहाँ सम्म ल्यायौं ।।
                       ।।२२।।
मैले घर बाहिर बाह्र घण्टा सम्म पनि खटिदा 
तिमी ससानो व्यवसाय गरि घर सम्हाल्यौं ।
आफ्नै मान्छे पनि असहज स्थितिमा टाढिदा 
तिमीले धैर्यबान बनी आत्मीय सद्भाव देखायौ ।।
                        ।।२३।।
उच्च शिक्षा र वृत्तिपथ निजामती सेवामा 
अतुलनीय कठिन प्रतिस्पर्धाका घडीमा ।
तिमीले सत्साहस मनोबल र उर्जा छरिरह्यौ 
कहिल्यै पछाडि नफर्किई साथ दिई रह्यौ ।।
                           ।।२४।।
सरल ह्रदय  बलिष्ठ काँध र सशक्त मस्तिष्क 
इमानदारी जिम्मेवारी र समझदारी भरिरह्यौ ।
दिग्बिजित अतीत सम्झन्छु आनन्द मनले 
सन्तुष्टि दिन्छ व्यतीत ती हिजोका दिन्ले ।।
                           ।।२५।।
मेरो जीवनको तीनदशक टेक्न लाग्दै गर्दा 
आधाको उकालो पार भैसकेको छ अब ।
अब अगाडिका उप्रान्त आसन्न दिनहरूमा 
अझै परिपक्व पाईला बढने छ अपेक्षा ।।
                            ।।२६।।
जवानीमा सोचिन्थ्यो रोमान्स हो जीवन 
प्रौढतामा फ़ेरि सोचियो कर्तव्यबोध रैछ ।
अब बुढेसकालमा अध्यात्मिक र संयमता 
आफन्त स्वजनको हित रक्षा शुभेच्छा ।।
                           ।।२७।।
जन्म जन्मान्तरको साथ हो भनिए पनि 
बिष्णुको माया बोलेको हो जस्तो लाग्छ ।
अटुट प्रेम बन्धन र सफ़ल गृहस्थ बन्न 
यथार्थमा करारीय अघोषित सम्झौता रैछ ।।
                          ।।२८।।
हुन् त सबैले देखेकै छन् भोगेका छन् ।
मैले शब्द कवितामा के नयाँ भनुँला र ! ।।
तर फरक छ एउटा शब्दको भाव बुझे ।
हजुर अवश्यम्भावी  कवि  बन्नुहुनेछ ।।
                        ।।२९।।
अम्बिकेश्वरी देवी मन्दिर आमा भवानी ।
ह्रदयमा निवासीनी आराध्य सुखदायीनी ।।
सदा आशीर्वाद पाईरहुँ हजुरको कृपादृष्टि ।
ग्राम कुलदेवता क्षेत्रपाल माता विन्ध्यवासिनी ।। 

एकैक्षण मनमुटाव  भएपनि फ़ेरि 
सुखद प्रेम मिलन बाहुपासमा ।
तिमी सहयात्री भएकोे मेरो जीवनमा 
थाहै नपाई एकतीस बर्ष व्यतीत भएछ ।।

मेरो साथमा मेरो श्रीमतीजी यशोदा अधिकारी  ❤️❤️

📝 वसन्तराज अधिकारी 
Me Basanta Raj Adhikari  साथमा श्रीमती  Ashoda Adhikari  स्थायी निवास : घोराही उपमहानगरपालिका -१७ पनौंरा, दाङ, नेपाल ।
मिति: ३१ औं वैवाहिक बर्ष गाँठ बि.सं. २०८०
समयावधि : बि.सं.२०४९ बैशाख २३ मंगलबार देखि बि.सं.२०८० बैशाख २३ शनिबार शुभम् ।

Comments