५३१. समसामयिक व्यङ्ग्य कविता

समसामयिक व्यङ्ग्य कविता
भ्रष्टाचारको साम्राज्य ढाल्नुपर्ने जनमतको इच्छा ।।

✍️ वसन्तराज अधिकारी

निरंकुश पारिवारिक तानाशाही  राणातन्त्र फाल्यौ ।
निर्दलीय पञ्चायत राजतन्त्र व्यवस्था ढाल्यौ ।।
सार्वभौमसत्ता सम्पन्न हामी जनताको अपार शक्ति ।
संविधानवाद बाट राजनीतिक दल जन्मायौ ।।१।।

मक्किएका ठुलो  दल भित्र धमिरा पसेका छन् ।
स्वार्थान्धता भ्रष्ट दलदलमा नराम्ररी फसेका छन् ।।
जनताको भरोसा बिश्वास साथ दलले तोडेका छन् ।
नातावाद परिवारवाद फरियावाद बनेका छन्२ ।।२।।

लोकतान्त्रिक राज्य शासनका नियन्ता अधिपति ।
प्रधानमन्त्री गृहमन्त्री जस्ता उच्च सम्मानित पद ।।
जनआस्था र भरोसायुक्त  गरिमामय हुनुपर्नेमा ।
विडम्बना ऎले मानव तस्कर जन्मिएका छन्  ।।३।।

लुटेरा बिदेशी दलाल र भ्रष्टाचारका हिमायती ।
यिन्का लाल किल्ला ध्वस्त गरि नतोडेसम्म ।।
बुढा थोत्रा जर्जर राजनीतिक दल शुद्ध नगरि ।
काँ पाउँछन् नागरिकले अमनचयन र शान्ति ?२ ।।४।।

कर्मचारीतन्त्रका उच्चतम मर्यादित सचिव पद ।
अब भ्रष्टाचारको महाजालमा चुर्लुम्म डुबेपछि ।।
कसको किन आश भरोसा गर्नु र अब जनताले ।
राष्ट्रघाती भ्रष्टहरु  लाई किमार्थ  छोडनु हुँदैन२ ।।५।।

अनुसन्धानवाट सत्यतथ्य यथार्थ छानबिन गरेर ।
अपराधीलाई कडा भन्दा कडा कठोर सजाय गरेर ।।
नेपाल आमाको मुहारमा खुशी ल्याउनुपर्ने अवस्था छ ।
विदेशीदासताको धुन्धुकारी साम्राज्य ढाल्नुपर्छ ।।६।।

भ्रष्ट र विदेशी दलाल मानव तस्करहरु समयक्रममा ।
नयाँ नयाँ अवतार लिएर याहाँ अवतरण गर्दैछन् ।।
आफू जन्मेको हुर्केको पढेको राष्ट्रलाई धिक्कार्दै ।
अर्काको पुच्छर जान जन्ता किन लालायित छन् ?२ ।।७।।

आफ्नो पन गरिमा राष्ट्र भक्ति प्रेम केहि पनि छैन ।
द्रव्यदासहरुलाई द्रव्यपिशाचले गुमराह गरेका छन् ।।
कस्तो सन्तति जन्मदैछन् यश पवित्र पावन भुमिमा ।
म्लेच्छ्को जुठो पुरोमा बाँच्न गौरव र गरिमा ठान्ने२ ।।८।।

देशभक्ति राष्ट्रप्रेम धुलिसात हुँदैछ अभागी पुस्ता ।
वैदेशिक मोहमा अन्ध बन्नलाई अर्काको कुत्ता ।।
यहीलाई अवसर ठाने भ्रष्ट पतित सत्ता सञ्चालक ।
पातकीहरु आत्महत्या गरि स्वयं मर्नुपर्ने होईन र ! ।।९।।

एनजीओको शिक्षा र होलिवाईनको पराकाष्ठा दीक्षा ।
अन्धभक्त कर्मचारीतन्त्रका छिटो कमाउ धन्धा ।।
लोकतान्त्रिक शुद्धीकरण आफैवाट हुनुपर्ने सदिच्छा ।
भ्रष्टाचारको साम्राज्य ढाल्नुपर्ने जनमतको इच्छा ।।१०।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ
शनिबार, ३० बैशाख २०८० शुभम् ।

Comments