सुर्यको एकदिन रैछ जीवन ।
✍️ वसन्तराज अधिकारी घोराही, दाङ |
कालो रातको निष्पट अँध्यारो
चिर्दै उषाको लालित्यमा ।
सुर्योदयको रंगीन बिहान्
आउँछ हाम्रो स्वर्णिम वालपन ।।
नित्य भास्कर देवको गति
बढदै धर्ती भर उज्यालो छरी ।
आहाराको खोजीमा लागे जीव
कार्यव्यस्ततासँगै व्यतीत प्रभात फ़ेरि ।।
मध्याह्नको उर्वर बैंश जस्तैः
उमेर ढल्कदै जान्छ फ़ेरि ।
धर्तीमा अपरान्ह आउँदा खेरि
मानव प्रौढताको सङ्घार टेकि ।।
सन्ध्याकालिन समय गतिक्रम
पश्चिम दिशा रवि ढल्कदै पलायन ।
जब रात्री प्रहर हुन्छ याहाँ
मृत्यु काल सरि मानव जीवनयापन ।।
भन्न त चारदिने जीन्दगी भन्छन्
एक दिन जन्मनु अर्को दुईदिन भोग ।
बाँकी एक्दिन फ़ेरि हुन्छ मृत्युु
के यी सबै हुन् त केवल संयोग ।।
पुनर्जन्म अवश्य हुन्छ मानवको
संस्कार परिवर्तन हुन्छ फ़ेरि ।
हिन्दु धर्म र बुद्ध धर्म संस्कारमा
केहि भिन्न पनि छ यहीँ नेरि ।।
चौरासी लाख यौनी हुन्छ रे
यश भौतिक नरचोला दुर्लभ ।
जलचर स्थलचर नभचर उभयचर
बनस्पति कीटाणु अमिवा चराचर ।।
गर्छन् मान्छे पाप खोज्छन् स्वर्ग
परन्तु जान्दैनन् कर्मको गति ।
रिट्ठाको बोट रोपेर पछि कहाँ ?
फ़ल्छन् र स्वादिलो फ़ल कागती ।।
बिहान्को उषा जति फ़ेरि
सन्ध्या कहाँ हुन्छ र उर्वर ।
मान्छे नश्वर जीव यो जगत्मा
केवल एकै ईश्वरको छ भर ।।
रात्मा सुतेर दिनमा जाग्दछ
आफ्नै कर्मले मान्छे बाँच्दछ ।
दु:ख सुख घाम र छाया सरि
विधाताको हिसाबमा सबै बराबरी ।।
म ठूलो म सब जान्ने अहंभावले
बाँचेको छ जीव सदा दुर्भावले ।
शाश्वत शुद्धबुद्ध जीवन बाँचेर यहाँ
ईश्वरत्व हाँसिल हुनेछ सत्कर्म स्वभावतः ।।
।। समाप्त ।।
Comments
Post a Comment