अझै कहाँ बोध छ र अनित्य यो मानव चोला ।
Me with My Dear श्रीमती यशोदा अधिकारी |
वर्तमान समय एकनास सधैंभरि रहिरहन्न ।
भविष्य द्रुत आउँछ जान्छ रोकिदै रोकिन्न ।।१।।
दिनरात जस्तैः त हो अनित्य यो जीन्दगानी ।
घडीको सुइँको वृत्तचित्र झै हाम्रो रामकहानी ।।२।।
आफैभित्र नाच्छन् सम्झना अनेक तरंग चित्र ।
भोगवादी यो संसार आखिर रैछ महा बिचित्र ।।३।।
कोपिलावाट उन्नत सुन्दर फुल फुटेर फक्र्यौं ।
त्यहीँ प्राकृतिक प्रयोगसिद्ध त हामीले पक्रेउ ।।४।।
वालकछँदा लाग्दैन थ्यो एक्दिन फ़ेरि वृद्ध हुँला ।
अझै कहाँ बोध छ र अनित्य यो मानव चोला ।।५।।
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ नेपाल बिहीबार, माघ १९, २०७९ शुभम् ।
Comments
Post a Comment