जति बर्ष बाँचिन्छ यश भुतल मर्त्यमण्डलमा ।
त्यहीँ नै त जीवनको वास्तविक भोग रहेछ ।।
सानो बालक छँदा स्वप्ना देख्थे दुरुस्त ।
व्युँझदा खेरि फ़ेरि विर्सन्थे भुसुक्क ।।
जवान हुँदै जाँदा देखिने सपनालाई ।
साकार पार्न खोजे रंगमञ्च विपनामा ।।
प्रौढता आउँदा यथार्थका जीवन्त थिए ।
ऎनाका आकृति स्पष्ट प्रतिविम्बित जस्तैः ।।
अब फ़ेरि बुढेसकालका परिवर्तित सपना ।
अनायास बिस्मृत हुँदै जाँदैछन् व्युझदा ।।
साँच्चिकै जीन्दगीसँग सपनाहरू पनि ।
फ़ेरिदै जाँदा रैछन् परिवर्तनशिल बनि ।।
तसर्थ हाम्रो जीन्दगी सपना जस्तैः रैछ ।
जाग्रत, स्वप्न र सुषुप्तता स्वप्नामा नि उस्तै ।।
नित्य निरन्तर सुर्योदय पश्चात् दिन बन्छ ।
सन्ध्या व्यतीत भै सुर्यास्त पश्चात् रात हुन्छ ।।
दिन र रातमा जीवन चक्र परिवर्तित भैरहेछ ।।
जति बर्ष बाँचिन्छ यस् भुतल मर्त्यमण्डलमा ।
त्यहीँ नै त जीवनमा वास्तविक भोग रहेछ ।।२
🙏 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ, नेपाल
बिबाह पञ्चमी आइतबार, १२ मंसिर २०७९ शुभम् ।
शाश्वत 🙏
ReplyDelete