४५५. साधारण भिक्षु र बुद्ध मुक्तात्मा

साधारण भिक्षु र बुद्ध  मुक्तात्मा

🕉️ बुद्ध भगवान 
             

बुद्धकालिन समयमा बुद्ध भिक्षुहरु हजारौंको संख्यामा बुद्ध शिक्षा ग्रहण गरि प्रवर बन्दथे । किनभने त्यतिबेला महात्मा मुक्तात्माहरुको अभ्युदय भएको समय हो । महात्मा मुक्तात्माहरु केहि नबोले पनि केहि नगरे पनि उनीहरुको साथमा सयौं साधारण मानिसहरूको आकर्षण हुन्छ । यद्यपि व्यक्तिगत रुपमा सिद्धहरु कसैलाई केहि पनि गर्दैनन् र केहि पनि भन्दैनन् । न केहि दिन्छन् न त माग्छन् तर साधारण मानवहरु उनिप्रति अत्यन्त श्रद्धा र भक्तिका साथ आकर्षित हुन्छन् । यहि नै हो साधारण मनुष्य र सिद्ध वा मुक्तात्मा बिचको भिन्नता । एकदिन एउटा दुर्गम गाउँमा रहेकोे एउटा सानो बिहारमा एकजना साधारण भिक्षु बस्दा रहेछन् । त्यसै समयमा त्यहाँ एकजना सिद्ध मुक्तात्मा आईपुगेछन् । उनको दैवी आकर्षण र विलक्षण स्वभाव वा व्यक्तित्वको प्रभाव स्वरुप त्यहाँ स्थानीय मानिसहरू एकवाट दुई दुईवाट चार र चार वाट सोह्र हुँदै गुणात्मकरुपमा बढोत्तरी भएर मुक्तात्माको दर्शन हेतु जम्मा भएछन् । ती मानिसहरूलाई मुक्तात्माले न त केहि गरे न केही दिए । मुक्तात्माले संसारिक दु:ख र निवारण बारे ज्ञानको उपदेश गरे । मानिसहरूले श्रद्धाले फलफूल, भेटी चढाएर सेवा गरे र बेलुका मिष्टान्न भोजनको प्रवन्ध गरिदिए । भोजन पश्चात् भिक्षुहरु गृहस्थको घरमा बास नबस्ने हुँदा नजीकको बुद्ध बिहारमा बस्ने व्यवस्थाका साथ भोलिपल्ट बिहानको भोजनको सहर्ष निमन्त्रणा पनि गरे ।

स्थानीय बुद्ध बिहारमा एकजना साधारण भिक्षु बस्दथे । उनले रातभर सोच्न थाले म बसेको कति समय व्यतीत भयो तर यतिका मानिस कहिल्यै आएनन् । कहिल्यै बिहारमा नटेक्ने मानिस पनि आज यो भिक्षु कहाँ आए । यहि चिन्ताले साधारण भिक्षु रातभर निदाउन पनि सकेन । वास्तवमा भिक्षु, योगीहरु घर व्यवहार काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य त्याग गरेर बिहार वा गुम्बामा जान्छन् । त्यहाँ पुगे पछि उनीहरुले आफू एक्लो केवल ईश्वर चिन्तन गर्न तर्फ मात्र ध्यान दिनुपर्नेमा सांसारिक संस्कार सँगसँगै आउने भएका कारण उनीहरु दिग्भ्रमित हुन्छन् । सिद्ध मुक्तात्माहरु धेरैसंग बोल्दैनन् । साथी वा समूह बनाउँदैनन् यस्वाट उनिहरुमा सांसारिक प्रेम मोह उत्पन्न हुँदैन । यसको बिपरित ति साधारण भिक्षुमा कुण्ठा, जलन र तनाव उत्पन्न भएको फलस्वरूप भोलिपल्ट बिहानै उठेर नसुनिने गरि सुस्तरी ढोका ढक ढक्याएर आमन्त्रण गरिएको भोजन गर्ने ठाउँमा आफू एक्लै गए र त्यहाँका स्थानीय मानिसहरूले सोद्दा कस्तो भिक्षु आएको रहेछ हिजो मस्तले खाएर अहिलेसम्म सुतिरहेको छ । त्यो ज्ञानी पनि होईन ढोगी हो भनेर कुरा सिकेर आफुले एक्लै खाएर आउँदा बुद्ध मुक्तात्माको भागको खिर र मिठा मिठा परिकारहरु बिहारमै लगिदिनुहोस् भनेर दिए ।

साधारण भिक्षुले खिर र मिठा परिकार लिएर आउँदा सोच्न थाले कि त्यस्लाई यति मीठो मीठो परिकार बसि बसि खान दिएमा त्यो सदाका लागि यहि बस्छ कहिँ पनि जादैन त्यसैले त्यस्लाई खान नदिई लखटने भन्ने दुर्बुध्दीले त्यो मीठो परिकार नदीमा बगाउ भने मानिसहरू देख्लान फोहर फाल्नेमा फाले पनि देखेर म माथि शंका गर्लान् तसर्थ आगोमा डढाउने जुक्ति निकाली त्यसै गरेर मुक्तात्मा बुद्ध पुरुष सयन गरेको कक्षमा हेर्न जाँदा त्यहाँ ती भिक्षुलाई देखेनन् र चारैतिर खोज्दा पनि भेटेनन् ति बुद्ध मुक्तात्मा थिए  अदृश्यरुपमा अन्यत्र गैसके । त्यसपछि त्यो साधारण भिक्षुले एकैरातमा गैहाल्ने भिक्षुलाई किन त्यति बिधि पाप गरे भनि चिन्तामा पर्न थाले अझै स्थानीयहरुले ति मुक्तात्मा सिद्ध थिए भनेपछि त त्यो साधारण भिक्षुलाई अत्यन्त चिन्ता र ग्लानी हुन थाल्यो किनभने उनको सबै पाप कर्म ति सिद्ध महात्माले थाहा पाईसके । यस्तै चिन्तामा ति साधारण भिक्षु एकदिन विरामी भए अन्ततः मरे ।फ़ेरि पुर्नजन्म हुँदा अत्यन्तै दु:खी, गरिब र बिपन्न कुलमा जन्मिए । यस्तै गरि उनले धेरै जन्म जन्मान्तर सम्म आफ्नो पाप कर्मको परिणामत: दु:ख भोग्दै रहे । बुद्धकालिन समयमा अत्यन्तै गरिब दु:खीको रुपमा यिनको जन्मभयो । सिद्ध महात्मा मुक्तात्मा बुद्धलाई खानवाट बञ्चित गरि अन्न डढाई कुकर्मको संस्कार छुटन सकेन । महात्मा बुद्धको समयमा गरिब, दु:खी भै समाजवाट त्याज्य भै अत्यन्त दु:खद अवस्थामा यिनको उध्दार गरि बिहारमा ल्याईयो । त्यहाँ यिनले संसारको माया मोह त्याग कठोर साधनामा तल्लीन भएपछि स्वयं भगवान् बुद्ध वाट प्रवज्याभै बुद्धत्व सिद्ध प्राप्त गरे जुन सारिपुत्र थिए ।

साथमा श्रीमती एशोदा अधिकारी 

✍️ वसन्तराज अधिकारी

घोराही, दाङ ।
🕉️ डा. योगी बिकासानन्दको प्रवचन रेडियो मध्यपश्चिम, दाङ, घोराहीवाट सुनेको आधारमा  हुबहु उतार्न नसके पनि यथासम्भव आफनै मौलिकतामा टिपोट गरेको छु । आशा छ यश नीति कथाले हामीमा केहि न केहि भए पनि सत्पेरणा जागरण हुने छ ।

Comments