४१९. मनमा सन्तोष भए अर्थोक केहि पनि त चाहिँदैन ।

मनमा सन्तोष भए अर्थोक केहि पनि त चाहिँदैन ।         

✍️ वसन्तराज अधिकारी 
                        घोराही १७ पनौंरा, दाङ, नेपाल 

सपना जस्तैः व्यतीत आफ्नै  अतीत समय ।
सुखद क्षणहरु विस्मृत सबै अब भैदिए ।।
सम्झि ल्याउँदा आफ्नै जाग्रत सक्रिय अतित ।
अब खुल्ला ह्रदय  केबल छ गाउन गीत ।।१।।

हरेक दिन मास गरेर बर्षौं बर्ष व्यतीत दिन ।
विस्मृत भैसके रंगीन सदाबहार ति क्षण ।।
बाँकी रन्छ फगत रस बिहिन खोक्रा बोक्रा सरि ।
रस निचोरिएको कागतीको फ़ल जस्तैः गरि ।।२।।

बितेको समयले कसैलाई कहिल्यै नि पर्खन्न ।
उँधो बगेको खोला फ़ेरि कतै फर्कर्दै फर्कन्न ।।
आफुलाई सपार्ने र बिगार्ने पनि स्वयं आफै ।
अरुले बिगार्छ भन्नू केबल आफ्नै मुर्खाई बाबै ।।३।।

समयसँग रफ्तारमा हिंडन सकेन जानेन भने ।
बाटो बिराएर हराएको पथभ्रष्ट पथिक जस्तैः ।।
गन्तव्यसम्म पुग्न हुन्छ अवश्यमेव कठिन ।
सामर्थ्यबान लाई केहि पनि छैन जटिल ।।४।।

जीवनयात्रा दौडमा कति साथ छुटे कति भेटिए ।
कतिका इतिहास लेखिए र  कतिका सबै मेटिए  ।।
बिशाल आकाश माथी छ साक्षी धर्ती छ साथी ।
हिम्मत हो मानिसलाई सदा उचाल्ने माथी माथी ।।५।।

रुखासुखा खाईयाछ एकधरो पनि लाईयाछ ।
यै सौभाग्य पनि प्रारब्ध र बलबान भाग्यले पाईयाछ ।।
कति भय मानवलाई पुग्थ्यो होला त्यो था छैन ।
भो हजुर असन्तोष मन कहिल्यै चाहिया पनि छैन ।।६।।

हराउँछ यो मन बिगत सम्झी ल्याउँदा घरीघरी ।
कर्तव्यबोध कर्म सदाचार जीवन सौभाग्य सरि ।।
त्यसैले त तृष्णा पनि छैन अतृप्ति कहिल्यै भैन ।
मनमा सन्तोष भए अर्थोक केहि पनि त चाहिँदैन२ ।।७।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ दाङ, नेपाल
आइतबार, ५ असार २०७९ शुभम् ।

Comments