३३६. अन्तर्वार्ता (Interview) भनेको के हो ? यसमा सफलता प्राप्त गर्ने उपायहरू : एक अध्ययन

अन्तर्वार्ता (Interview) भनेको के हो ? यसमा सफलता प्राप्त गर्ने उपायहरू : एक अध्ययन            

✍️ वसन्तराज अधिकारी
                          पुर्व उपसचिव, नेेपाल सरकार  

१. अन्तर्वार्ता भनेको के हो ?

सरल भाषामा भन्ने हो भने अन्तर भनेको भित्र वा भिन्दै र वार्ता भनेको कुराकानी, विचार विमर्श अर्थात् अन्तर्वार्ता  एउटा औपचारिक भेटघाट गरी ज्ञान र अनुभवको आदान प्रदान गर्नु हो । यो मौखिक र मौलिक अभिव्यक्ति गरी दुई पक्षका विचमा हुने अन्र्तक्रिया (Interaction) हो । अन्तर्वार्ताको आशय व्यक्तिमा अन्तर्निहित लुकेको कुरा जुन बाह्यरूपमा प्रष्ट देखिन्न । सरल, जटिल र जिरह (Cross Question) आदि प्रविधिहरूको सहायताले व्यक्तिको यथार्थ व्यक्तित्व शारीरिक, मानसिक, बौद्धिक संवेगात्मक र व्यवस्थापकीय जस्ता गहनतम् गुणवत्ता (Potentialities) पत्ता लगाउने तरिका वा कला हो । सारमा जुन पद वा कामकालागि अन्तर्वार्ता लिईने हो सो पद प्रतिको अभिमूखिकरण, अभिरूची (Attitude), धारणा (Concepts), सक्षमता (Abilities) वा योगदान गर्न सक्ने क्षमता (Attributes) तथा व्यावसायिकता वा व्यवस्थापकीय क्षमता (Professionalism or Manageralism) का वारेमा समग्रमा (Holistic) जानकारी प्राप्त गर्ने अन्तिम (Final) परिक्षा हो ।

नेपाली बृहत शब्दकोष, नेपाल प्रज्ञा प्रतिष्ठान अनुसार —“कुनै पदमा योग्य व्यक्ति छान्नकानिम्ती सम्वन्धित अधिकारी तथा विशेषज्ञहरूद्वारा उम्मेदवारलाई प्रश्न सोधेर तिनवाट उत्तर प्राप्त गरिने कार्य वा त्यस्तो कुराकानी । विशिष्ट व्यक्ति र पत्रकारहरूका विचमा हुने सवाल जवाफ । व्यक्ति व्यक्तिका विच आपसमा भएको गुप्त कुराकानी हो । यस्तै OXFORD Advanced Learners Dictionary का अनुसार – a formal meeting at which sb is asked Questions to see if they suitable for a particular job or for a course of study at a college, University, etc. a job Interview to be called for (an) Interview. He has an Interview an next week for the manager’s job. A meeting (oftena public own) at which a journalist asked somebody questions inorder to findout their opinions a television/radio/ Newspapers Interview an Interview with the New Governor to give an Interview, to agree to answer, questions. Yesterday in an Interview on German Telivision, the Minister denied the reports. The Interview was Published in all the Papers. A private meeting between people when Questions are asked an answers.an Interview with the Carriers advisior.

अन्तर्वार्ताको सहायतावाट व्यक्तिको निम्नकुराहरूको परिक्षण गर्न सकिन्छ :

 Job and behavioral Capicity.

 Understanding.

 Intelligence.

 Special ability.

 Interest and aptitude.

 Personality.

 Temparament.

अन्तर्वार्ताको क्रममा कुनै पनि व्यक्तिको क्षमताको परीक्षण निम्न तथ्यहरूको जानकारी भएर गर्ने गरिन्छ :

a) Job factor

-Knowledge

-Information

-Experience

-Management Techniques

-Aptitude.

b) Psychological factors 

-Sense of Respect

-Assertiveness

-Comittment

-Sense of belongingness.

-Persuasion

-Motivation

-Sense of responsibility.

२.अन्तर्वार्ताको तयारी कसरी गर्ने ? 

कुनै पनि काम वाट राम्रो प्रतिफल लिनकालागि त्यसलाई व्यवस्थितरूपमा सम्पन्न गर्नुपर्दछ भने व्यवस्थित तरिकाले सम्पन्न गर्नकोलागि व्यवस्थितरूपमा कार्य प्रक्रिया पुरा गर्नु आवश्यकता पर्दछ । तसर्थ, अन्तर्वार्तावाट अपेक्षित प्रतिफल पाउनकोलागि पूर्व तयारी र प्रस्तुतीकरण जरूरी छ । यस टिपोटमा अन्तर्वार्ताका आवश्यक चरणहरूको (Stages) बारेमा छलफल गरी आत्मसात गर्नुपर्ने कुरा जाहेर गर्दछु । अन्तर्वार्ताका अवयवहरू निम्न रहेका छन् :

१) अन्तर्वार्ताको पूर्व तयारी (Pre Interview Phase)

२) अन्तर्वार्ताको प्रस्तुतीकरण (Facing an Interview) 

३) अन्तर्वार्ताको मूल्याङ्कन (Interview Evaluation)

१) अन्तर्वार्ताको पूर्वतयारी चरण :

यो चरण ज्यादै महत्वपूर्ण चरण हो । यस चरणमा उम्मेदवारले निम्न कुराहरूमा राम्रो तयारी गर्नुपर्दछ ।

 Knowledge Academic & Practical

 Job Contents

 Psychological  readyness

 Contemporary Issues

 Stress Management

 Assessing Strengths and Weakness

 Simulation

२) अन्तर्वार्तामा भाग लिने चरण :

उपरोक्त बमोजिम सम्पूर्ण तयारी पुरा गरेपछि उम्मेदवार अन्तर्वार्तामा भाग लिन सक्षम हुन्छ । निजले अन्तर्वार्तामा भाग लिदा निम्नकुरामा ध्यान दिनुपर्दछ :

1) Courtesy : Greeting and expression or Gratitude.

2) Introduction :

 Name

 IIdentification

 Age

 Qualification

 Work experience

 Area of Interest

 Vision & Mission of Life.

3) Response to Interviewer

4) Listening Needs

 Intelligence

 Verbal Competence

 Motivation

5) Listening Types

a.Marginal

b.Proactive

c.Sensitive.

6) Determining to the Listening Process

a. Lack of Interest : Unable to Concentrate

b. The ego : Unable to accept others.

c. Involved with the Self : Unable to Listen

d.Imperfection with the past and Present and Certainty with the Future Sele Sampathy.

e.Fear : Unable to Concentrate

f.precorceived Ideas and Notiations

g.The farmalitary trap : assured of Self.

h.Negative Stress ‘tension’, Lack of Attention.

7) Presentation

a.Positive attitude

b.Instiling Interest and enthusion

c. Attaning expertise

d.Emphasizing.

8) Purpose of Presentation

 To Uniform

 To Persuade

 To Influence

 To educate

 To emphathetic

 To Intertain.

9) Effective Presentation requires

 Preparation of the material

 Structuring

 Memorizing

 Control of the Audence

 Self Control

-Maintain eye Contrac

-Keep the feel firmly play on the ground

-Keep the Shoulders back and straight

10) Effective Presentation

•  Assertive rather than manipulative aggressive.

• Positive Self recognition

• Positive Attitude and Asertive Behavior

• Respect to others

• High Self Esteem

11) Stage of assertive Behaviour 

a. manner of Strating

b.Empathy

C.Good Posture

d.Voice

e.eye Contract

f.Confidence

g.welcoming comments and feedbacks

h.Creating Positive first Impression

12) Indicators of Assertive Behaviour

a. Sense of Responsibility

b. Commitment

c.Motivation

d. Keep Interest

e.Sincerity and Honesty

f.Perform to the best of one’s abilities.

13) Facing the Questions during Interview

Types of Questions

(1) The Concealed Objection/Questions

(2) The Test Questions

• Probing Knowledge, Skill and experience.

(3) The display question

• Recognizing the Question

• Show off from Interviewer

(4) The Challenge question

• Specifying the territory

(5) The defensive question

• Diverting the Issues.

14) Standard Rules for objection holding

(1) Do not get Defence

(2) Make the Objection Specific

(3) Put in Perspective

(4) Give the Compensation Benefits

15) How to Say “NO” 

• Provide reason and Logic , do not say no at the Start.

• Have Some thing else in the offing, do not give exeuse.

• Do not move in the domain of doughtful, accept or reject at the first instance with the logic.

• Be Open Minded.

16) Use of Positive gesture during an Interview

• Attentive Sitting Posture

• Open Palms

• Eye to eye Contracts

• Smiling and Pleasing.

अन्तर्वार्तामा कुनै प्रश्नको जवाफ नआउन सक्छ । यो स्वभाविक पनि हो । कसैलाई पनि सवै कुरा आउँदैन । यस्तो अवस्थामा सिधै आउँदैन भन्नु राम्रो होईन । आउँदैन भन्नै पर्दछ तर कारण पनि विर्सनु हुँदैन । अर्थात के कारणले आफूलाई त्यसको उत्तर आएन । मनासिव कारण दिन सक्नुपर्छ ।

३.अन्तर्वार्ता सफलताका केही सूत्रहरू 

३.१ प्रथमतः आफूले परीक्षाकोलागि तयारी गर्दा विभिन्न विषयवस्तुको वारेमा ज्ञानलाई अति संक्षिप्तरूपमा टिपोट गर्ने । महत्वपूर्ण कुरालाई याद (Memory) गर्ने ।

३.२ आफूले विश्वविद्यालयमा पढेका मूल विशिष्टिकरणका विषयका मुख्य मुख्य कुराहरू संक्षिप्तरूपमा स्मरण गर्ने, 

३.३ समसामयिक महत्वपूर्ण घटना र चर्चित व्यक्तित्वका बारेमा पर्याप्त जानकारी राख्ने,

३.४जुन पदको अन्तर्वार्ता दिने हो त्यस्को कार्यविवरण बारेमा पर्याप्त जानकारी राख्ने,

३.५नियुक्ति भएपछि काम गर्नु पर्ने कार्यालयको कार्यक्षेत्रको बारेमा सामान्य जानकारी राख्ने,

३.६अधिकृतस्तरको अन्तर्वार्तामा सम्मिलित हुने उम्मेदवारले पद र सेवा सम्वन्धि विद्यमान समस्या पहिचान र सुधारका कार्ययोजना समेत मौखिकरूपमा प्रस्तुत गर्नु राम्रो हुन्छ । 

३.७ अन्तर्वार्तामा सकभर सम्पूर्ण प्रश्नको उत्तर दिनु पर्छ केही गरी सवै प्रश्नहरूको उत्तर नआएपनि धेरै जसो प्रश्नको उत्तर दिन सक्नपर्छ नआउने प्रश्नको अन्टसन्ट उत्तर नदिई आउादैन भने यस विषयमा मलाई जानकारी भएन भनि स्पष्ट भन्दा राम्रो हुन्छ । 

३.८ अन्तर्वार्तामा सामान्यतया प्रश्नको उत्तर साथ साथै कसरी उत्तर दिईयो भन्ने पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । अन्तर्वार्तामा कस्तो व्यवहार कसरी गर्ने भन्ने कुरा ज्यादै महत्वपूर्ण हुन्छ किनकी अन्तर्वार्ता कुनै पनि व्यक्तिको समग्र व्यक्तित्व (Total Personality) साथ साथै मनोविज्ञानको पनि परीक्षण हो । 

३.९ अन्तर्वार्तामा सफलता पाउन उम्मेदवारले ज्यादै ख्याल गर्नु पर्ने कुरा आत्मविश्वासको राम्रो प्रस्तुती गर्न सकेमा सकारात्मक सोचाई राखेमा आत्मबल बृद्धि भई अन्तर्वार्तामा सफलता पाउन सकिन्छ ।

३.१० अन्तर्वार्ताको तयारी गर्दा आफूलाई कस्ता खालका प्रश्न सोधिन सक्छन् भन्ने कुरा ध्यान दिनुपर्छ र त्यस्ता प्रश्नहरू तयार गरेर उत्तर दिने अभ्यास पनि गर्नु पर्छ । अन्तर्वार्तामा सोधिने प्रश्नहरू खासगरी शैक्षिक योग्यता, चाहना र सोख तथा आफू उक्त पद तथा Job मा जान खोज्नुको उद्देश्य आदि संग सम्वन्धित हुन सक्छन् । 

३.११ अन्तर्वार्तामा उम्मेदवारको पोशाक तथा प्रस्तुत हुने तरिका तथा हाउभाउले नराम्रो प्रभाव पर्न सक्छ । त्यसकारण राम्रो खालको प्रभाव पर्ने किसिमको पोशाक प्रभाव पर्ने किसिमको पोशाक तथा Get up गरी राम्रो तरिकाले प्रस्तुत हुनुपर्छ । सरकारी जागीरमा राष्ट्रियता झल्कने जस्तो टोपी, कोट प्रयोग गर्नु औपचारिकता रहन्छ ।

३.१२ अन्तर्वार्ता दिंदा उम्मेदवारदले आत्मविश्वास राख्नुपर्छ । आत्मविश्वास सफलताको ह्रदय हो । पूर्ण आत्मविश्वास भएमा असम्भव वा असफलता कदापि अगाडि आउन सक्दैन । अन्तर्वार्ता दिने व्यक्तिले शिष्ट, सरल र विनम्रतापूवैक नम्र भाषाको प्रयोग गर्नु पर्छ । संस्कृत नीतिशतकमा भने झै “वचनम् किं दरिद्रता” अर्थात बोली वा भाषामा सङ्कुचन वा दरिद्रता भद्र व्यक्तित्वको लागि शोभा हुन सक्दैन । 

३.१३ अन्तर्वार्ता दिन जानु भन्दा ५–६ दिन अघि देखि तामसी भोजनलाई त्यागी सात्वीक भोजनलाई सात्वीक भोजनको (सात्वीक नभए राजसी) सेवन गर्नु पर्छ । भोजनले नै मन, मस्तिष्क, बुद्धि, विवेक, स्मरण लगायत संवेगात्मक पक्षमा प्रभाव पार्ने हुँदा भोजन छनौंटको विषय प्रमुख कुरा हो । 

३.१४ अन्तर्वार्ता दिन जानु भन्दा १ हप्ता अघि देखि अश्लिल किसिमको चित्र, फिल्म तथा यस्तै सस्ता मनोरञ्जन नगर्नु उत्तम हुन्छ । महान, दार्शनिक, विद्वान, विचारक, चिन्तक, व्यक्तित्वहरूका विचार, दिशा निर्देश र सिद्धान्तहरूलाई मनन, परिपालन गर्नु उपयोगी हुन्छ । 

३.१५ परिक्षार्थी वा उम्मेदवारले सफलता पाउनकालागि स्वास्थ्यको अहं भूमिका रहन्छ । त्यसकारण स्वस्थ्य रहनु शरिरलाई चाहिने पौष्टिक तत्व भएका खाने कुरा बढी खानु पर्छ । प्रशस्त पानी पिउनु पर्छ साथै नियमित योग अभ्यास गर्नु राम्रो हुन्छ । 

३.१६ अन्तर्वार्ताको मूल्याङ्कन उम्मेदवार आफैले गर्ने हो । सामान्यतः अन्तर्वार्ताप्रति आफू सन्तुष्ट भएमा त्यसको परिणाम अवश्य पनि राम्रो हुन्छ ।

(Self Satisfication is the core Indicator of the Successful Interview, Quality of Interview is Dependent Upon right Starting during their Interaction friendly termination and Natural Satisfication.”)

४.अन्तर्वार्ताको दिन ध्यान दिनु पर्ने कुराहरू

४.१ सामान्यतः तोकिएको समय भन्दा एक घण्टा अगाडि पुग्नु पर्छ ।

४.२ लिखित परीक्षामा जस्तो फूर्तिलो र तेजिलो भएर जानु पर्छ । 

४.३ एउटा अण्डाको भित्री पहेलो भाग एक घण्टा अघि खाने र अन्तर्वार्ता कोठामा छिर्नु अघि थोरै पानी पिएर जाने गरेमा अन्तर्वार्तामा यसले रामवाणको काम गर्दछ । (उद्धव रिजाल, हाल : उपसचिव, नेपाल सरकार)

४.४ सफा र सजिलो पोशाक लगाएर प्रसन्न मुद्रामा कोठा भित्र प्रवेश गर्नु पर्छ । 

४.५ नेपाली संस्कार अनुरूपको नमस्कार र आदर सम्मान व्यक्त गर्नु पर्छ । साथै निर्देशित वा अपेक्षित आसनमा आसन ग्रहण गर्नु पर्छ । 

४.६ सोधे अनुरूपको आफ्नो परिचय सकेसम्म संक्षिप्त र प्रष्टरूपमा प्रस्तुत गर्नु पर्छ ।

४.७ जुन प्रश्न जसरी सोधिन्छ त्यसको मात्र शिष्टतापूर्वक र नम्र भएर उत्तर दिनु राम्रो हुन्छ । 

४.८ आफूलाई धेरै जानकारी र राम्रो ज्ञान भएको विषयमा प्रश्न उठ्न सक्ने गरी उत्तर दिने चलाखी गर्नु पर्छ । यसले अन्तर्वार्ताकारहरूलाई त्यहि विषयमा अरू प्रतिप्रश्न (Cross Question) उठाउने वातावरण तयार हुन सक्छ भने आफूर्ला झन सजिलो महसुस हुँदै जानेछ । 

४.९ आफूलाई कम जानकारी भएको विषयमा प्रश्न आएमा संक्षिप्तरूपमा जवाफ दिई सकेसम्म प्रसंग बदल्ने कोशिश गर्नु पर्छ । 

४.१० अनुमान, कल्पना र न्यून तार्किक कुरा जोडेर उत्तर दिनुहँदैन । जानकारी नभएको विषय आएमा राम्रो जानकारी भएन भन्ने कारण सहित भन्नु बुद्धिमानी हुन्छ । 

४.११ कुनै पनि विषयको विवादास्पद कुरामा आफू तटस्थ रहि छिटो उत्तर टुङ्गाउने प्रयत्न गर्नु पर्छ । विवादको घेरामा आफू फँस्नु कदापि राम्रो होईन । 

४.१२ अघिल्लो दिनको रातमा अनिदो नबनि पूर्ण निद्रा पु¥याई सुत्ने र शारीरिक, मानसिक, बौद्धिकरूपमा फ्रेस बन्नुपर्छ । 

४.१३ अन्तर्वार्ता दिन जाने दिन सम्भव भए सम्म सम्पूर्ण शरीर नुहाउने अन्यथा टाउको मात्र भए पनि नुहाई हल्का स्वच्छ हुनुपर्छ । 

४.१४ परीक्षा केन्द्रमा प्रवेश गरेपछि सवै भन्दा जान्ने आफूलाई महसुस गर्ने, म पास हुन्छु भनेर मनले आत्मविश्वास सुदृढ गर्ने ।  म अवश्य पास हुन्छु भनेर मनले पूर्ण आत्मविश्वास पूर्वक Auto Suggestion गरी सुदृढ बन्ने ।

४.१५ अन्तर्वार्ताकारले परिचय माग्दा वा नमागेपनि वातावरण उपयुक्त अवस्थामा नाम र काम अर्थात नाम, ठेगाना, योग्यता र काम भन्नुपर्छ । योग्यता अर्थात शैक्षिक योग्यता भन्दा बी.ए., एम.ए. सम्म भन्नु हुन्छ तर विशिष्ट श्रेणी, प्रथम श्रेणी भन्नु शोभनीय मानिदैंन तर, कामको विशेषज्ञता भन्नै पर्छ ।

५.अन्त्यमा —

सामान्यतः लिखित परीक्षा (Written Exam) पश्चात् मौखिक परीक्षा वा अन्तर्वार्ता (Interview) हुने गर्छ । स्थायी जागीर खान होस् वा कुनै पद वा कार्य क्षमताको परीक्षामा परीक्षामा मौखिक परीक्षा वा अन्तर्वार्ता उत्तिर्ण हुनै पर्छ । कतिपय व्यक्तिहरू लिखित परीक्षामा नडराउनेहरू अन्तर्वार्ता भने पछि डराउने पनि हुन्छन् । तसर्थ, अन्तर्वार्ता दिंदा निम्नकुराहरूमा ध्यान पुर्याएमा अन्तर्वार्तामा डराईहाल्नु चाहि पर्दैन । अन्तर्वार्तामा सम्मिलित हुने व्यक्तिले स्मरणमा राखिनु पर्ने चार सूत्र हुन् पहिरन, आत्मविश्वास, सामान्य ज्ञान र शिष्टाचार हुन । यि चार तत्वहरूको संक्षिप्तमा निम्नानुसार उल्लेख गरिन्छ : 

(१) पहिरन : 

पहिरन भन्नाले कुनै पनि व्यक्तीले लगाएके भेषभूषा वा पोशाक भन्ने बुझिन्छ । व्यक्तिको व्यक्तित्व पोशाकवाट झल्किन्छ । त्यसैले भनिन्छ पहिरननै व्यक्तिको पहिले परिचय हुन्छ । तसर्थ, अपरिचित व्यक्ति संग पनि प्रथम भेटमा पहिरनवाट सामान्य बाह्य मूल्यांकन गर्न सकिन्छ । त्यसैले अन्तर्वार्ताको समयमा फेसनको पछाडि लागेर बेढङ्गी बन्नु खतरनाक हुन्छ । अन्तर्वार्तामा “सादा जीवन, उच्च विचार” सुकिलो, उछितो (जाँगरिलो) भद्र एवम् शालिन व्यक्तित्व दर्शिने खालको पहिरन र पोशाक लगाउनु बुद्धिमानी हुन्छ ।

आत्मविश्वास (Self-Confedence): 

अन्तर्वार्तामा नभईनहुने अति आवश्यक तत्व मध्ये प्रमुख तत्व आत्मविश्वास हो । आत्मविश्वास साथ विचलित नभई आफ्नो उत्तरमा अडान लिन सक्नुपर्छ । कुनै प्रश्न नबुझेमा निशंकोच माफी मागेर प्रश्न दोहोराउन लगाउनु पर्छ । जुन प्रतियोगिताकालागि अन्तर्वार्तामा जानु पर्छ त्यस संग सम्वन्धित मुख्य कुराहरूमा अध्ययन गरी तयार गर्नु पर्दछ । अन्तर्वार्ताको क्रममा आफ्नो भाषा सकभर सरल र मर्यादितरूपले प्रस्तुत गर्नुपर्छ । अन्तर्वार्ताका कक्षमा आत्मविश्वासका साथ प्रवेश गरी सवैलाई ध्यानपूर्वक अभिवादन गर्नुपर्दछ । यस क्रममा स्वाभाविकरूपले बसी यताउता हेर्ने वा झुकेर बस्ने वा दहरो भएर बस्ने गर्नु हुँदैन । हडबडाउने, भूँईमा हेर्ने वा यताउता हेर्ने गरेमा आत्मविश्वास हराई जानेको उत्तर पनि लरखराउन सक्छ । अन्तर्वार्तामा जानु भन्दा पहिले कुनै व्यक्तिले आत्मविश्वासलाई बलियो बनाएर मात्र जानु पर्छ । 

आत्मविश्वास व्यक्तित्वमा हुनुपर्ने नैसर्गिक एवं आन्तरिक सदगुण हो । आत्मविश्वासी व्यक्ति निर्भय रहनु पर्दछ किनभने डरले व्यक्तिको व्यवहार विग्रन्छ । डरको भूतले समाएमा आत्मविश्वास गुम्दछ । “नबिराउनु, नडराउनु” भन्ने सिद्धान्तलाई मनन गर्दै गम्भीर, निडर र साहसी व्यक्तित्वकोरूपमा अन्तर्वार्ताकार समक्ष उपस्थित हुनुपर्दछ । अन्तर्वार्ताकार समक्ष दयनिय, टिठलाग्दो पारामा उपस्थित हुनुहुँदैन । हरेक प्रश्नको उत्तर दिदा दहरो आत्मविश्वास साथ दृढतापूर्वक दिनुपर्दछ । प्रश्नको उत्तर दिंदा अस्वाभाविकता प्रकट गर्नु हुँदैन स्वाभाविकरूपमा प्रश्नको उत्तर दिनु पर्छ ।

सामान्य ज्ञान (General Knowledge): 

स्तरीय दैनिक पत्रपत्रिकाका साथै आफूले अन्तर्वार्ता दिने विषयसंग सम्वन्धित विषयको अध्ययन निरन्तररूपमा गरिरहनुपर्दछ । राष्ट्रियस्तरीय पत्रपत्रिका नियमित अध्ययन गर्ने र समसामयिक सामान्य ज्ञानको जानकारी राखेको हुनुपर्छ, गहन र जटिल विषय भन्दा सामान्य तर महत्वपूर्ण विषयमा जानकारी राख्नु त्यस सम्वन्धमा आफ्नो स्पष्ट विचार र ठोस जानकारी नै सामान्य ज्ञान हो । अन्तर्वार्तामा सम्मिलित हुने व्यक्तिमा सामान्य ज्ञानको जानकारी अति आवश्यक छ ।

४.शिष्टाचार : 

शिष्टाचारको अर्थ शिष्ट वा नरम र आचार भन्नाले व्यवहार वा बानी भन्ने बुझिन्छ । यसरी शिष्टाचार भनेको राम्रो, सभ्य व्यवहार हो । अन्तर्वार्ताको समयमा शिष्टाचारको अन्त्यन्तै आवश्यक छ । यस समयमा दाँत कोट्याउनु, नङ टोक्नु, कलम अथवा साँचौले मेचमा ट्वाक, ट्वाक गर्नु, आँखाद्वारा हाउभाउ गर्नु अशिष्ट व्यवहार हुन् । अन्तर्वार्ताको बेला बेमतलवका प्रश्न सोधिन्छन् भन्ने धारणा राख्नु हुँदैन । आफूलाई नआउने प्रश्न सुनेर डराउने, लाज मान्ने, अड्केर र भकभकाएर बोल्नु आत्महिनताको बोध हुनेछ । प्रश्नको उत्तर दिंदा सटिकरूपमा अन्तर्वार्ताकारले सोधेको वा प्रश्नको उत्तर खोजेको जति मात्र दिनु पर्छ । आवश्यक भन्दा बढी बोलेर धाक जमाउन खोज्दा प्रतिकूल प्रभाव पर्न सक्छ । त्यसैले अन्तर्वार्तामा सदैभ आफ्नो अनुकूल प्रभाव पार्नु पर्छ । 

अन्तर्वार्ता दिंदा अन्तर्वार्ता दिने व्यक्तित्व एकदमै ठिक समयमा अन्तर्वार्ताकार समक्ष उपस्थित हुनुपर्दछ । यदि अन्तर्वार्ता दिने व्यक्तिको नाम, रो.नं.बोलाईएका बखत उपस्थीत नभएमा त्यस्ताको मूल्यांकन स्वतः न्यून हुन पुग्दछ ।

• मौखिक परीक्षाको बेला सरसफाई र सादा जीवनशैलीले राम्रो प्रभाव पार्दछ । तडक, भडक पोशाक अत्तरादिको बासनायुक्त चिजको प्रयोग नगर्नु नै सफलताको कसी मानिन्छ ।

• अन्तर्वार्ताको बेला घोसे, मुन्टो लगाउने, उदास तथा हैरानीले दिक्क भए जस्तो अनुहार पार्ने तथा सोधेका कुरामा राम्रो ध्यान नदिने हो भने त्यस्ताले परीक्षामा सामेल भएको केही अर्थ हुँदैन ।

• अन्तर्वार्तामा सोधिएका प्रश्नहरूको छोटो जवाफ दिन जान्नु पर्छ । बढी जानेको छ वा जान्दै जानेको छैन भने असन्तुष्ट ढंगवाट प्रवचन दिने शैलीमा प्रस्तुत हुने गर्नु हुन्न ।

• अन्तर्वार्ताका बेला जवाफ दिंदा काम गर्न उद्धत तथा सिक्नकालागि सदा तत्पर हुने शैलीमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ ।

• जुन संस्थामा जुन कामकालागि मौखिक परीक्षा दिने हो, त्यस संस्थाका बारे सम्पूर्ण ज्ञान पहिले संकलन गरी तयार अवस्थामा हुनुपर्छ । उदाहरणकालागि त्यस संस्थाको उद्देश्य नियम, कामको प्रकृति, संस्थाका बरिष्ठ व्यक्ति, संस्थाको जनशक्ति र आय व्यय आदि कुराको जानकारी लिएर त्यसलाई सुधार गर्ने उपयुक्त सुझाव पनि आफूले तयार गरेर राख्नु अति राम्रो हुन्छ ।

• निजी कम्पनीमा अन्तर्वार्ता दिनेले आफू जुन परीक्षाकालागि अन्तर्वार्ता परीक्षा दिन जाने हो त्यस पदका व्यक्तिले कति वेतन लिने गरेका छन् सो को पनि जानकारी लिन भुल्नु हुन्न । पछि तपाईलाई वेतनका वारेमा सोधियो भने त्यहाँको भन्दा बढी वेतन माग गर्ने प्रयाश भुलेर पनि नगर्नु होला ।

• अन्तर्वार्ता दिन जाँदा आफ्ना सक्कल प्रमाणपत्रहरू क्रमिकरूपमा मिलाएको अवस्थामा पेश गर्ने, परीक्षा कोठामा प्रवेश गर्ने वित्तिकै सामूहिक नमस्कार गर्ने र परीक्षा दिईसकेपछि पनि धन्यवाद भनेर नमस्कार गर्न नभुल्ने ।

सफलताको शिखरमा चढने व्यक्तित्व विकासको ३२ फर्मूला (२०+१२)

१.तपाई यति शक्तिशाली बन्नुहोस् कि तपाईको मनको शान्तिलाई कुनै कुराले खलबल नपारोस् ।

२.जो संग भेटदा पनि सुख, शान्ति, संम्बृद्धिको मात्र चर्चा गर्नुस् । 

२.हरेक कुरालाई त्यसको उज्यालो पक्षवाट हेर्ने गर्नुहोस र आफूलाई पूर्ण आशावादी बनाउनु होस् । 

३. हरेक कुरालाई त्यसको उज्यालो पक्षवाट हेर्ने गर्नुहोस् र आफूलाई पूणृ आशावादी बनाउनुहोस् । 

४.वितेका जमानाका भूलहरूलाई विर्सनोस् र भविश्यमा पाउन सक्ने उपलब्धिकालागि अगाडि बढ्नोस । 

५.सधै प्रफुल्ल रहनुहोस र प्रत्येक व्यक्तिलाई भेट्दा मुस्कानले स्वागत गर्नुहोस् । 

६.तपाई आफ्नो आत्मोन्नतीमा यति लगनशिल बन्नुहोस कि तपाईलाई अरूको आलोचना गर्ने फुर्सदै नहोस् ।

७.तपाई यति सबल बन्नुहोस् कि तपाईलाई चिन्ताले छुँदै नछोवस अर्थात तपाई यति भद्र बन्नुहोस् कि तपाईलाई क्रोध आउँदै नआवस ।

८.तपाई यति बलियो बन्नुहोस कि तपाईलाई डर लाग्दै नलागोस् । तपाई यति सुखी अनुभव गर्नुहोस कि तपाईको सामुन्ने समस्या नहोस् । 

९.तपाई अरूलाई जस्तो व्यवहार गर्नुहुन्छ उ वाट पनि त्यस्तै किसिमको व्यवहार पाउनुहुन्छ । त्यसकारण अरूवाट जस्तो किसिमको व्यवहारको अपेक्षा गर्नुहुन्छ अरूलाई पनि त्यस्तै व्यवहार गर्नुहोस् । 

१०.असम्भव शब्द मनैवाट टाढा राख्नुहोस् र अमूल्य समयको ख्याल गरी मेहनती बन्नुहोस् । साथै कुने पनि रचनात्मक काम गर्दा आत्मविश्वास बढाउनुहोस् । 

११.सधै मित्रहरू बनाउनुहोस् तर घमण्ड गर्ने काम नगर्नुहोस् तर गल्ती भएमा माफ माग्ने बानी बसाली आफ्नो शक्ति र सामथ्र्य बाहिरको कुरा नगर्नुहोस् । 

१२.जीवनको मूल्य र मान्यतालाई ख्याल गरी असफल भएमा निराश नभई पुनः प्रयाश गर्नुहोस् । अवश्यपनि आफ्नो लक्ष्यमा पुग्नु हुनेछ, तपाईको जीन्दगीको सफलता ।

१३.कसैसित पनि नचाहिदो प्रश्न नगर्नु । वैदिक दर्शनले सत्यं वद, पृयं वद र धर्मम् चर भनेझै सत्य कुरा बोल्नु, सवैलाई पृयलाग्ने कुरा बोल्नु र धर्म अनुकूलको कुरा बोल्नुपर्छ । अपृयश्चपथ्यस्य वक्ता श्रोताचदुर्लभ (भावार्थ : अपृय तर प्यारो कुरा नवक्ता न श्रोता पाउन दुर्लभ छ ।) 

१४.अरूको कुरा सुनि सकेपछि मात्र आफ्नो कुरा भन्नु “किनभने भगवान वा माता पिताले हामीलाई सुन्न मात्र दुई कान दिएका छन् जबकी खान र बोल्न दुई कामकोलागि एउटा मात्र मुख” यसको अर्थ धेरै सुन्नु कम बोल्नु । आवश्यक कुरा मात्र बोल्नु हो । 

१५.कसैले तोते बोलेको, कुरा शब्द अकमकिएर वा भकभकाएर बोलेको छ भने ति मित्रहरूलाई नजिस्काउने र खिल्ली नउडाउने । धैर्यपूर्वक उनको कुरा सुनेर आफ्नो राय सल्लाह वा विचार दिने । 

१६. बिना काम कसैको पनि योग्यता,उमेर, तलव, जहान, आर्थिक वा वित्तिय अवस्था वा यस्तै बैयक्तिक गोप्यताका कुराहरू नसोध्ने । (Qualification, Family Background and Financial Conditions are Secret of any Individual)

१७.अरू कहाँ जाँदा पुस्तक वा कागजपत्र पल्टाएर आफ्नो अशिष्टता नदेखाउनु । शिष्ट र भद्र व्यवहार आकर्षक र सर्वलाई मन पर्ने हुन्छ । 

१८. छेउ न टुप्पोको नजान्दा कुरो नगर्नु । हिन्दीमा एउटा कहावत छ लालबुझक्कड हात्ति हिडेको पदचाँपलाई “लाल समझगए रे, अबनासमझे कोही पयरमे चक्की बाँधके हिरण कुदा होई” भने जस्तो गरी बोल्नु उपयुक्त हुँदैन । विषयवस्तुको बारेमा आफूलाई पूर्ण ज्ञान छैन भने त्यस विषयमा जो संग पनि विनम्रतापूर्वक जिज्ञासा राख्नु बुद्धिमानी हुन्छ । 

१९. विना काम अरूको जात, काम, साथीहरूको ठेगाना नसोध्नु, सोधे पनि खिल्ली नउडाउनु । यस सन्दर्भमा एउटा अंग्रेजीको भनाई छ – Great Persons deals Ideas, Normal Person deals Events and General Persons deals Persons.

२०. विना सूचना, विना काम अरूलाई भेट्ने कोशीश नगर्नु । यसको तात्पर्य अरू पनि के कति काममा व्यस्त हुन्छ भन्ने कुरा मनन गर्नु पर्छ । केवल आफ्नो स्वार्थ भन्दा अरूको क्षेमकुशल हितभलोकालागि सम्वन्ध कायम राख्नु उचित हो । 

मानिसले जन्म लिए पछि एक दिन अवश्य मर्नु पर्छ । त्यसै मानिसलाई मरणशील प्राणी भनिएको हो । कोही म¥यो भनेर दुःख मनाउ र शोक गरेर सत्यलाइै टाल्न र छेल्न सकिन्न । जीवन मरण प्राकृतिक नियम वा ईश्वरको लिला हो । त्यसैले जति दिन सम्म बाँचिन्छ, त्यति समयसम्म आदर्श, कर्मवीर र मानविय गुणयुक्त व्यक्ति बन्नु मानव जीवनको सार्थकता हो । 

जीवनलाई सार्थक बनाउने व्यक्तित्व बन्नाकालागि निम्न सूत्र अवलम्वन गर्नु अति जरूरी भएकाले यो लेख प्रस्तुत गरिएको छ । 

१) इष्याको धुनवाट सधै बच्ने : 

जसरी मके तथा गहुा भित्र घुन पसेपछि भित्रको गदी नास हुन्छ । त्यस्तै मानिस भित्रको घुन भनेको इष्या हो । इष्याले मानिसलाई खोक्रो बनाई दिन्छ । त्यसैले व्यक्तित्व विकास गर्न चाहने व्यक्तिले कहिल्यै पनि इष्या गर्दैनन्, गर्नु हुन्न । 

(२) धर्म संस्कृतिको अवलम्वन गर्ने : 

प्रत्येक समाजमा आ—हाफ्ना धर्म र संस्कृति हुन्छन् । कुनै पनि धर्म र संस्कृतिको मूल उद्देश्य समाजको उत्थान र हित गनुृमा अडेको हुँदा तिनीहरूका संरक्षण र परिवारवाट सवैको भलो हुन्छ । यहाँ धर्म, संस्कृति भन्नाले अनुशासन र सत्कर्मलाई लिएको बुझ्नुपर्दछ । 

(३) समयको सदुपयोग गरी अध्ययन कर्ममा लाग्नु : 

बरालिनु, कुलत र कुसंगतमा लाग्नाले बेकारमा समय नष्ट हुनछ । समय नष्ट गर्नु भनेको पतनको बाटो समाउनु हो । यसैले समयानुसारको शिक्षा र ज्ञानमा उद्धत भई सुकर्ममा अघि बढनाले व्यक्तित्वको विकास हुन्छ । 

(४) काममा संयमी बन्नु : 

जसले संयम वा धैर्य लिएर काम गर्ने गर्छ उसको जीवनले असफलता भोग्नु पर्दैन । धैर्य भनेको जीवनको साँचो हो । धैर्यको फल मिठो हुन्छ भने संयम संग दिएको काम सफल हुन्छ ।

५) अर्काको दोष भन्दा गुण खोज्नु : 

कोही पनि गुणै गुणले भरिएको हुँदैन, सवैमा केही न केही दोष अवश्य हुन्छ । त्यसैले तपाई कसैवाट केही सिक्न चाहनुहुन्छ भने उसका दोषलाई नखोतली उस संग भएको गुणलाई चिनेर ती गुण ग्रहण गर्ने नीति अवलम्वन गर्ने गर्नुहोस् ।

(६) गल्तीलाई दोहोरिन नदिनु : सके सम्म गल्ती हुने काम नगर्नु यदि कुनै असावधानीका कारणले गल्ती भयो भने गल्ती काम गर्नेवाट हुन्छ, काम नगर्नेको हुँदैन भनेर सोँचेर काममा सधै अग्रसर भई रहने र पहिलेका जस्ता गल्तीहरू दोहोरिन नदिन सदैभ सचेत र सतर्क रहने ।

(७) आफ्नोमा सन्तोष गर्ने बानी गर्नु : “जो हाथ, सो साथ”भनेझै आफूसंग जे जस्तो छ तयसैलाई सुधारेर परिस्कृत गर्दै चित्त बुझाउन सक्ने जति सुखी र सन्तोषी अरू कोही हुँदैन अर्थात् आफ्नो ह्युति अनुसारको आशा, अकाक्षां राखी लगनशिल बन्ने सुखी हुन्छन् । 

(८) थोरै बोल्ने, धेरै सुन्ने : पटर पटर बोलिरहनेलाई हल्कारूपमा हेरिन्छ त्यस्ताको बोलीको विश्वास पनि कम हुने र तर्क शक्ति पनि फितलो हुने हुँदा आवश्यकता भन्दा बढी बोल्न उचित हुादेन । साथै, अर्काले भनेका समस्या र समाधानका वारेमा ध्यान दिएर सुन्ने गर्नुपर्दछ । 

(९) गल्ती स्वीकार्दा सानो भईदैन : यदि अञ्जान र अविवेकसाथ कुनै गल्ती हुन गयो भने त्यसलाई तत्काल स्वीकारेर “माफ गर्नु होस्” भन्न नचुक्नु भनेको व्यक्तित्वमा आँच होईन, शान बढाउनु हो । 

(१०) शिष्ट मर्यादा अनुसार कुरा गर्नु : सवै संग शिष्ट र मिठास शेलीमा बोल्दा अरूको मन जित्न सकिन्छ । यो व्यक्तित्व विकासमा अभेद्य सहयोगी बन्ने उपाय भित्र पर्दछ । 

(११) राम्राको प्रशंसक बन्नु : कसैले कुनै राम्रो काम गरेको छ भने त्यसको प्रशंम्सा गर्ने बानी बसाल्नु पर्छ । राम्रो काम गर्नेको प्रशंसावाट उसलाई अरू राम्रा राम्रा काम गर्न मनोबल बढ्छ । 

(१२) अहंकारी नबन्नु : जीवनको सवैभन्दा ठूलो शत्रु अहंकार हो । यो सम्पत्ति, पद, ज्ञान, रूप र अधिकारवाट उब्जन्छ । यी सवलाई सदुपयोग गर्न नजान्दा पतन हुन पुगिन्छ । 


मननिय अभिव्यक्तिहरू : 


(१) ”पापको कमाई छोडेर मेहनत र मजदूरीको कमाईमा विश्वास गरौं ।” —अथर्ववेद 

(२) “कुनै पनि विद्वान त्यो हो जस्ले आफ्नो बल आफै चिन्दछ, न त कहिल्यै भयभीत हुन्छ, न त आफ्ना कमजोरी लुकाउँछ र आफूले गर्न नसक्ने काम कहिल्यै आँटदैन यसकारण उसलाई कहिल्यै पनि असफलताको सामना गर्नु पर्दैन ।” —सत्यवाणी                                                                                                                                                                                                                        ✍️   बसन्तराज अधिकारी                                                      पुर्व उपसचिव, नेपाल सरकार 

(शाखा अधिकृत तयारीको क्रममा वि.सं.२०६० साल तिर अध्ययनको क्रममा संकलन गरेका विभिन्न स्रोत सामग्रीको आधारमा तयार गरिएको लेख/रचना सान्दर्भिक मानि पुन:Share गरेको छु । साथीहरुलाई उपयोगी भएमा मेहनत साकार भएको ठान्नेछु ।  -धन्यवाद)                                                                                                                                        अतिरिक्त सान्दर्भ स्रोत सामाग्री                                                                                                                                १. सामाजिक सञ्जाल फेसबुकमा साझा गरिएको                 २. जागीरे यात्रा सिर्जनात्मक सङ्गालोवाट आफ्नै लेख थप परिस्कृत सहित प्रस्तुति

३. स्थानीय राष्ट्रियस्तरका हाम्रो भावना समेतका पत्रिकामार्फत र अनलाइनवाट प्रकाशित

४. My autobiography.of श्री वसन्तराज अधिकारी Page 

५. www.bulletbro.blogspot.com

✍️ लेखक बसन्तराज अधिकारी
पुर्व उपसचिव, नेपाल सरकार
स्थायी ठेगाना :  घोराही उपमहानगरपालिका, दाङ ।
[मंगलबार २२ भाद्र २०७८ तदनुसार 07/09/2078]

Comments