२९२. आधुनिक गद्य संस्मरणात्मक आत्म कविता रहर कि कहर

आधुनिक गद्य संस्मरणात्मक आत्म कविता रहर कि कहर

✍️ वसन्तराज अधिकारी 
घोराही उपमहानगरपालिका, दाङ, नेेपाल
रहर कि कहर इच्छा वा चाहना हो अथवा आकाक्षाँ भनौं । सारमा प्राप्तिको भोक परन्तु ! जीवन्त अभिलाषा ।।१।। जन्म पश्चात्  शैशवावस्था आमाको दुध चुस्ने (खाने) रहर ।। आमा घरायसी कामधन्दामा व्यस्त हुँदा रहर उप्रान्त भोकले सीमा नाघ्दा कहर छुटेर अथाह अरण्य रोदन ।।२।। बिस्मृतिका प्रतिबिम्बित गर्भगृहका सुषुप्त  रहरहरु । अपत्यारिलो सत्य निरपेक्ष भाव परन्तु तितो यथार्थ ।।३।। शैशवाबस्था गाउँको घरमा समय समाज सापेक्ष लट्ठी, साइकलका चक्का गुलेली र माटाको मट्याङ्ग्राहरु संकलन गर्ने र खेल्ने  अनौठो रहरहरु ।।४।। गाउँका वालसखा ध्रुर्वे ठकुरी, क्षेत्री, पप्पु श्रीवास्तव र चौधरी दाजु भाइहरु । थारु गाउँको सिरान भयाँर "भुत्वा" देउथान नजिक गाउँको ठूलो बरकोरुख काजीसापको मिल नजिक ।। रुखमा छुत खेल्ने उग्र रहर ।।५।। ठूलो अग्लो बरको रुखवाट ड्याम पछारिए पछि घण्टौं सम्म बेहोस भएको र धेरै बेर पश्चात्  होस खुलेपछि । झोक्राउँदै एक्लै लुरुलुरु घरतिर रुखवाट लडेको आमासंग नभने पनि पीडामा दु:खी रन्थ्यो ढाड तर तीन दिन पछि नुहाउँदा मात्र थाहा भो आमालाई । ढाडमा ठूलो चोट चहारायो घाउ चिसो पानीले ।।६।। एक हप्ता पछि मात्र भयो छुल्याहा र फटाह साथीभाइसँग भेट । कुनै दु:ख खेद बिना उनिहरु सोध्दै तँ अझै ज्युदै छस यार । हामी त मरिस्  होला भनेर तेरो घरको बाटो पनि तीन दिन भैसक्यो हिंड्न छोडेको पनि ।।७।। पहिलो अनौपचारिक पाठशाला घरमै गुरु आमा महतारी । शास्त्र ठूलो बर्णमाला घोकन्ते पुरानो शिक्षा दुईहजार अठ्ठाईस साल पुर्वोत्तर पढाई ।।८।। बुझाई कम घोकाई बढी पढ्नु भन्दा घाँस काटनु वा घरायसी कामधन्दा गर्नु वा आफू भन्दा बडेमान पाँच केजी तौल बढी भाकी ढ्याउसे बैनी बोक्ने रहर ।।९।। औपचारिक पाठशाला प्राईमिरी दुधरास स्कुल धर्म बैरागी, प्रताप नारायण "थाप्ले" सर स्कुलमा गुच्चे साथी  थिए सारै छुच्चे साथी म कहिल्यै नखेल्ने तर हारनेसँग भाग नास्ती क्षतिपूर्ति  उठाउने परन्तु ! जित्नेवाट भने कहिल्यै पनि सुका मोहर नपाउने ।।१०।। दुधरास  स्कुल प्राथमिक तह पत्रे खोलो तरेर पारिपट्टी । बाढी भेल आए तर्न गाह्रो सबभन्दा सानो म  साथीहरू हरामी । मलाई छोडेर दगुर्ने भुत प्रेत बोक्सी आयो भनेर मलाई खुब डराउन दिनी ।।११।। दुधरास स्कुलको पछाडी ढड्डी खर र घाँस । मध्यान्तरमा बयर खान भाग्ने हरामी साथीहरू खुप दगुर्नी । अन्तन्त: मैले झोला कापी किताब सिलोट खरी हराउनी । घरमा आमाको  गाली पाउनी बाबाले जति पनि किनीदिनी । बुबाको माया आमाको भन्दा धेरै गरनी तर पनि आमा भन्दा बुबाकै डर हुनि ।।१२।। मीठो खाजा घरवाट अर्नी मैले लिएर जाने । साथीहरू ले कहिल्यै नलैजाने मामाको धन फुबुको श्राद्द । झै गरि मेरै मीठो२ खाजा सबैले हुरीले उडाएझै उडाईदिने ।।१३।। स्कुलवाट भाग्ने खोलामा  खेल्ने बिरामी पर्ने आमालाई सताउने । आमा बुबाले गुरुवा पाती बसाल्ने मजगाउँको थारुगाउँको भयाँरमा ।। दूध चढाउने र सञ्चो पनि हुने ।।१४।। बाहुन काठा क्षेत्री र ठकुरीको गाली बोली पिच्छे "गाठे" र आमा चकारेर गाली । रै छ यिनको यो मीठो कुराउनी झोला भिरेर स्कुल पाठशाला जाँदा ।। गुरुको पाठ याद नहुनी तर ! अफशोच 😭 दुर्वाच्य गाली गलोच छिटो याद हुनि ।।१५।। घरमा त्यही गाली गलोच भाइबहिनीहरुलाई प्रयोग हुँदा । आमाले गाला च्यातदिनी तदुप्रान्त त्यो गाली छुट्यो तत्काली र रुदै आमासँग माफ मागनी पुनः मेरो सोधनी तिनेरुले गाली  गर्दा मैले के भन्ने त ? ।।१६ ।। बाहुनलाई "काठा" भने ठकुरीलाई "कुसुण्डा" गुण्डा क्षत्रीलाई "खस्या" थारुलाई "मुसा" दलितलाई 'डुम" । ठुलाले पिटे भने "डाको" छोडी रुम ।।१७।। तथापि, रमाईला थिए ती दिन रहर हो सपना भए पचास बर्ष पुर्वका बाल्यकालका संस्मरण ।।१७।। रचनाकार ✍️ बसन्तराज अधिकारी रचना मिति : २०७३/०६।१३ गुरुवार पुनः परिमार्जन मिति २०७७\०९\०६ सोमबार शुभम् । स्थान : बाँके, नेपालगन्ज । हाल : राजापुर, बर्दिया ।

Comments